त्रिशूलीमा हराएको चुम्बक भेटियो , बस अझै भेटिएनन


प्रकाशित मिति : श्रावण १३, २०८१ आईतबार

बस खोज्न प्रयोग भएको चुम्बक फेला परेको छ । गत असार २८ गतेदेखि हराइरहेको दुईवटा यात्रुवाहक बस खोज्न त्रिशूलीमा चुम्बक प्रयोग भएको थियो । चितवनको काभ्रेघाटस्थित नारायणी नदीमा चुम्बक र ट्युब फेला परेका हुन ।

बस खोज्न प्रयोग गरिएको चुम्बक र ट्युब नै हराएको थियो । लाइफ ब्वाई ट्युब पानीमा मानिस डुबेको बेला उद्धारको लागि प्रयोग गरिन्छ ।

नदीभित्र हालेर बस खोज्न प्रयोग भएको १९ किलोको चुम्बक हराएको थियो । बस खोज्न भारतबाट दुइटा चुम्बक ल्याइएको थियो ।

१९ किलो र १४ किलोको दुइवटा चुम्बक पानीमा खसालेर बेपत्ता बसको खोजी सुरू गरिएको थियो । त्यस क्रममा चुम्बकसँगै लाइफ ब्वाई ट्युब समेत पानीले बगाएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हराएको चुम्बक र ट्युब सोमबार भेटिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराउनु भयो ।

त्रिशूली नदीमा हराइरहेको बस खोज्न भारतबाट आएको उद्धार टोली भने आइतबार नै फर्किसकेको छ । नेपाली सुरक्षाकर्मीले भने खोजतलास जारी राखेका छन्।

असार २८ गते बिहान साढे ३ बजेतिर त्रिशूली नदीमा दुईवटा बस खसेपछि दुइटा बसमा ६५ जना यात्रु बेपत्ता भएका थिए । उनीहरूमध्ये हालसम्म १९ जनाको शव फेला परेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com