एनआरएनए अमेरिकाको १३ औं साधारण सभा तथा ज्ञान सम्मेलन भोलिदेखि मेरिल्याण्डमा


प्रकाशित मिति : असार २८, २०८१ शुक्रबार

एनआरएनए अमेरिकाको १३ औं साधारण सभा तथा ज्ञान सम्मेलन भोलिदेखि मेरिल्याण्डमा सुरु हुँदैछ । जुलाई १३ र १४ मा हुने सम्मेलनको तयारी पूरा भएको कन्भेनर तथा बरिष्ठ उपाध्यक्ष विकास उप्रेतीले जानकारी दिए । शनिबार बिहान ९ बजे कार्यक्रमको उद्घाटन हुनेछ र दुई घण्टामा उद्घाटन कार्यक्रम सकाउने योजना बनाइएको छ ।

उद्घाटन लगत्तैको समय साईन्स एण्ड टेक्नोलोजीका कार्यक्रमहरुमा दिनभर छलफल र परामर्श हुने पनि संयोजक उप्रेतीले जानकारी दिए । आईतबारको दिन वन्द सत्रको लागि छुट्याईएको पनि उप्रेतीले बताए ।

कार्यक्रम भव्य र सभ्य माहौलमा सम्पन्न हुने पनि उनले बताए । यो पटकको साधारण सभामा अहिलेसम्म कै धेरै प्रतिनिधिहरु उपस्थित हुने उनले विश्वास व्यक्त गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“हामीले यो पटक केही दुरगामी प्रभाव पार्ने बिषयहरुमा पनि छलफल गर्ने छौं ।” बरिष्ठ उपाध्यक्ष समेत रहेका उप्रेतीले भने, “हामी कार्यक्रमको आवरणमा कस्तो बनाउनेभन्दा पनि बिषयवस्तु के के बनाउने भन्नेमा बढि केन्द्रित भएका छौं ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com