९ महिनादेखि जारी इजरायली आक्रमणले गाजाको ९० प्रतिशत जनसङ्ख्या विस्थापित


प्रकाशित मिति : असार २०, २०८१ बिहीबार

Israel Palestinians

संयुक्त राष्ट्रसङ्घका अधिकारीले नौ महिनादेखि जारी इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीको ९० जनसङ्ख्या कम्तिमा एक पटक विस्थापित भएको पुष्टि गरेका छन् ।

कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) का प्रमुख एन्ड्रिया डे डोमेनिकोले गाजामा जनसङ्ख्या २१ लाख रहेको अनुमान गरिएको पत्रकार सम्मेलनमा बताउनुभयो ।

यस समयमा, गाजा पट्टीमा प्रत्येक दसमध्ये नौ जना कम्तिमा एक पटक आन्तरिकरूपमा विस्थापित भएको उहाँले बताउनुभएको छ ।

उहाँले सन् २०२३ अक्टोबरदेखि ३७ हजारले ज्यान गुमाएको जानकारी दिनुभयो । उहाँका अनुसार ११ लाख नागरिकले गाजा पट्टी छाडेको र उत्तरी गाजामा अझै पनि तीन लाखदेखि तीन लाख ५० हजार मानिस दक्षिणमा सर्न नसक्ने अवस्थामा रहेको उहाँले बताउनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रसङ्घका अधिकारीले गाजा पट्टीको दक्षिणमा रहेको खान युनुस खाली गर्ने इजराइली कब्जामा रहेका क्षेत्रहरू खाली गर्ने आदेशपछि विगत दुई दिनमा विस्थापित भएका व्यक्तिहरूलाई विस्थापितको सङ्ख्यामा जोडिनु आवश्यक नभएको बताएका छन् । उनीहरूमध्ये प्रायः सबै विस्थापितको गणनामा परिसकेका छन् ।

मध्यपूर्वका लागि प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य निकाय (युएनआरडब्लुए) ले करिब दुई लाख ५० हजार प्यालेस्टिनीे खान युनुसबाट फेरि भाग्न बाध्य हुने अनुमान गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com