न्युयोर्कमा भोलि जुलाई ४ को फायरवर्क्स दशकपछि हडसनबाट, कहाँ कहाँबाट कसरी हेर्ने?


प्रकाशित मिति : असार १९, २०८१ बुधबार

red fireworks display

जुलाई ४ बिहिबार न्युयोर्कमा हुने फायरवर्क्समा हेर्नका लागि तयार हुनुहुन्छ ? लामो समय इस्ट रिभरबाट गरिदै आएको यो फायरवर्क्स यस वर्ष म्यानहट्टनको हडसन रिभर साइडमा फर्किँदैछ । यसपटक म्यानहट्टनमा वेष्ट १४ देखि वेष्ट ३४ सम्ममात्र नभई न्यु जर्सीबाट समेत फायरवर्क्स हेर्ने अवसर प्रदान गर्दै हडसन नदीको छेउमा अवस्थित बार्जहरूबाट फायरवर्क्स सुरु हुनेछ।

यस वर्षको फायरवर्क्स प्रदर्शनले एक दशकभन्दा बढी समयमा पहिलो पटक हडसन नदीबाट देशभक्तिको रङ, प्रकाश र ध्वनिको प्रेरणादायी दृष्य प्रक्षेपण गर्नेछ । गत वर्ष त्यस्तो प्रकारको पहिलो ड्रोन प्रदर्शन पछि टोलीले यो बर्ष दर्शकहरुलाई आश्चर्यचकित गर्ने र खुसी पार्न नयाँ तरिकाहरू विकास गर्न कडा मेहनत गरेका छन् । यस वर्ष न्यु जर्सी पनि फेरि अग्रपंक्तिबाट फायरवर्क्स अवलोकनमा प्रवेश गर्नेछ।

कैयन बर्षमा पहिलो पटक मेसीको ४ जुलाईको फायरवर्क्सले हडसन नदीमाथि न्युजर्सीको आकाशलाई पनि उज्यालो पार्नेछ। वार्षिक फायरवर्क्स प्रदर्शन सन् १९७६ देखि न्यूयोर्क शहर परम्परा भएको छ।

कहाँ कहाँबाट कसरी हेर्ने?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फायरवर्क्सका लागि न्युयोर्क मेयर एरिक आडम्सले १० हजार टिकट निशुल्क उपलब्ध गराएका छन् । टिकट भएकाहरुले हडसन रिभर पार्कको पियर ४५ वा पियर ८४ बाट फायरवर्क्स हेर्न सक्नेछन् । टिकटहरु जुन २६ र जुन २७ मा खोलिएको थियो भने एकघण्टामा सकिएका थिए । प्रत्येक व्यक्तिले दुईवटा टिकट दावी गर्न सक्ने प्रावधान रहेकोमा टिकट प्रदान गर्ने वेवसाइटमा एकैपटक १० लाख व्यक्ति प्रवेश गरेका थिए ।

टिकट लिएकाहरुका लागि बेलुका ६ बजेदेखि प्रवेश सुरु हुनेछ भने बेलुका ९ बजेर २५ मिनेटमा फायरवर्क्स सुरु हुनेछ । त्यहाँ पानीका स्टेशनहरू उपलब्ध हुनेछन्। भर्नको लागि पुन प्रयोगयोग्य पानीको बोतल ल्याउन सुझाव दिइएको छ । कार्यक्रम स्थलमा लैजान निषेधित वस्तुहरूमा रक्सी, ब्याकप्याकहरू, ड्रोन, डफेल झोला, ईसिगरेट, ग्लास कन्टेनरहरू, होभर क्यामेराहरू, अवैध लागु पदार्थ, ठूला झोलाहरू, ठूला र हार्ड साइडेड कूलरहरू, ठूला प्याकेजहरू, लन कुर्सीहरू, मोटर स्कुटर वा सवारी साधन, पिकनिक कम्बलहरू, धुम्रपान, स्केटबोर्डहरू, पाल, छाताहरू र हतियार रहेका छन् ।

तर टिकट नभएकाहरूले पनि वेष्ट साइड हाइवेबाट फायरवर्क्सको मजा लिन सक्छन्। फायरवर्क्स हेर्नको लागि प्रवेश बिन्दुहरू क्रिस्टोफर स्ट्रीट र वाशिंगटन स्ट्रीट, वेष्ट ११ औं स्ट्रीट र वाशिंगटन स्ट्रिट, वेष्ट १२ औं स्ट्रीट र वाशिंगटन स्ट्रीट, वेष्ट २९ औं स्ट्रीट र ११ औं एभिन्यू, वेष्ट ४० औं स्ट्रीट र ११ औं एभिन्यू हो। अपांगता भएकाहरुका लागि पहुँचयोग्य स्थानहरू क्रिस्टोफर स्ट्रीट र वाशिंगटन स्ट्रीट तथा वेस्ट ४१ औं स्ट्रीट र ११ औं एभिन्यूमा हुनेछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com