‘अनकम्पा’ गीति एल्वम र ‘आफ्नापराया’ गीति संग्रह वजारमा


प्रकाशित मिति : भाद्र २४, २०७३ शुक्रबार

लामो समय देखि अमेरिकाको क्यालिफोर्निया स्थित सान पाब्लो सहरमा स-सपरिवार सहित बस्दै आएका गीतकार भगिरथ दाहालको एकल रचना रहेको आधुनिक गीति एल्वम ‘अनुकम्पा’ र दाहालकै लेखन रहेको गीति संग्रह ‘आफ्ना पराया’ को नेपाल पछि अमेरिकाको बर्क्ली सहरमा समेत एक बिशेष कार्यक्रमको समारोहमा दुवै संग्रह एकै पटक सार्वजनिक गरिएको छ ।

कार्यक्रममा वोल्दै गीतकार भगीरथ दाहालले भन्नुभयो “गीतकार दाहालले गिती एल्वम र गीती संग्रहको विक्रीवाट आएको रक़म मध्ये २५% रक़म नेपालका अति विपन्न चेपागं जातीका वालवालिकाको प्रारम्भिक शिक्षाको लागि सहयोग गरिनेछ । प्रस्तुत गित मघ्ये अन्जु पन्त द्वारा गाईएको अतिलोकपृय गित ‘ म रूदा हास्ने यहा हज़ार देखे’ को म्यूज़िक भिंडियों सहित युटुपमा हेर्न सक्नु हुनेछ ।”

नेपालमा कलाकार मदनकृष्ण श्रेष्ठ, गायक रामेश श्रेष्ठ, गीतकार केशवराज राजभण्डारी र संगीतकार राजु सिंहले कृति सार्वजनिक गर्नुभएको थियो ।    सार्वजनिक गरिएको एल्वममा सुरेन्द्र श्रेष्ठको संगीत रहेको छ । एल्बममा अन्जु पन्त, रामकृष्ण ढकाल, प्रमोद खरेल, बेनुका राई, दिपा महर्जन तथा सुरेन्द्र श्रेष्ठले स्वर रहेको छ । सोही एल्वम अमेरिकाको क्यालिफोर्निया स्थित वर्कलि सहरमा डा टिका लम्साल, डा बिनोध न्यौपाने, गीतकाररसाहित्यकार बासु ढकाल, मणि दहाल, बिष्णु गुरुङ एकता लगायत अन्य साहित्यकारहरुले संयुक्त रुपमा गीति एल्बम अनुकम्पा तथा गीति सङ्ग्रह आफ्ना पराया सार्बजनिक गरिएका थिए ।

गीतकार दाहालले आफ्नो “म रुँदा हाँस्ने “ बोलको गीतको भिडियो समेत सार्बजनिक भईसकेको र निकै लोकप्रिय हुदै गरेको जानकारी दिएका थिए। कार्यक्रममा बोल्दै डा टिका लम्सालले प्रतिनिधी मुलक केहि गीतकार दाहालका गीति कविताको बाचन गर्नु भएको थियो भने पुस्तकमा देश प्रेम देखि बिदेशमा भोगेका घटनाहरुलाई राम्रो सैलिमा प्रस्तुत गरेको जानकारी गराउनु भएको थियो। दाहाल लगायत धेरै साहित्यकारहरु विदेशमा बसेर पनि नेपाली भाषा साहित्य र संगीतलाई जगेर्ना गर्न योगदान पुर्याकोमा सबै सर्जकहरुको प्रसंसा गर्नु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसै गरि गीतकार दाहालले आफ्नो एउटा कविता “सडक को समेत बाचन गरेका थिए भने अन्य कबिता बाचन गर्नेहरुमा बाशु ढकाल, मणि दहाल। बिष्णु गुरुङ एकता र कार्यक्रमको अन्तमा सबैको आग्रहमा ध्रुव थापाले पनि “ फेसबुक सम्बन्धि कविता बाचन गरेका थिए। कार्यक्रम साझको ६ बजे प्रारम्भ भई करिब ९ बजे सम्पन भएको थियो। सम्भवत पहिलो पल्ट होला उपस्थित श्रोतार दर्शकले एति लामो समयसम्म साहित्यिक कार्यक्रम हुदा समेत घर जान हतार नगरी अझै साहित्यक बिचार , रचनाहरु र कबिता सुन्ने चासो देखाएका थिए।

गीतकारर कवि ध्रुव थापाले संचालन गरेको उक्त कार्यक्रममा उत्तरी क्यालिफोर्नियामा रहेका साहित्यकारहरु , बिभिन्न संघ संस्थाको प्रतिनिधिहरु, पत्रकार तथा स्थानीय नेपाली रेडियो कार्यक्रम हाम्रो चौतारीका प्रस्तोताहरु लगायत साहित्यमा रुचि राख्ने नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम संचालक थापाले उपस्थित सबैलाई कार्यक्रमका बिसिस्ट अतिथि भएको र यहाँ कोहि ठुलो सानो नभई सबै भाषा, साहित्य र समाजको प्रतिनिधीगर्नु हुने भएकोले सबैलाई संयुक्त रुपमा बिसिस्ट अतिथिको रुपमा यथा स्थानमै आसण ग्रहण गराई फरक र रोचक तरिकामा कार्यक्रम संचालन गरेका थिए।

आफनो मन्तव्यको क्रममा उपस्थित धेरैले नेपाली भाषा साहित्य र संस्कृतिलाई प्रबर्धन गर्न बिशेष अनुरोध गर्दै बे एरियामा अन्य थुप्रै संघ सस्थाको कार्यक्रम भएता पनि साहित्यिक कार्यक्रम भने थोरै हुने गरेको र यसलाई समेत निरन्तर रुपमा गर्नु पर्ने धारणा व्यक्त गरिएको थियो। सोहि कार्यक्रममा उपस्थित सबैको चाहना अनुरुप साहित्य कार्यक्रमलाई निरन्तरता दिन साहित्य समाजकोआवस्यकता रहेको समेत अभिव्यक्ति दिएका थिए।

सोहि अनुरुप २००६ सालमै स्थापना भएको अन्तरास्ट्रिय नेपाली साहित्य समाज उत्तरी क्यालिफोर्निया निकायलाई पुन कार्यसिल गराउदै साहित्य सेवामा लाग्न सबैलाई अनुरोध गर्दै यस समाजका सस्थापक अध्यक्ष ध्रुव थापाले नया कार्यसमिति गठन गर्न तीन सदसिय निर्वाचन समितिको समेत घोषण गरेका थिए जसमा , प्रमुख आयुक्त मणि दहाल र अन्य दुइ सदस्यमा भगिरथ दाहाल र निर्मल फुयेललाई जिम्मेवारी सुम्पेका थिए। साहित्य समाजका संस्थापक महासचिव बाशु ढकालले अन्तरास्ट्रिय साहित्य समाजको बारेमा जानकारी गराउदै बिगदमा यस संस्थाले गरेको विभिन्न साहित्यिक कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो।

आज फेरि यस क्षेत्रमा साहित्यकारहरुको बाक्लो उपस्थिति देखिएकोले र जान चासो बढेकोले यस संस्थालाई जिम्मेवारी पुर्वक आफ्नो काममा अघि बढ्न नया कार्यसमिति गठन गर्नु पर्ने आवस्यकता रहेको जानकारी गराउदै सबै साहित्यकार मित्रहरुलाई यस समाजमा आबद्ध हुन आग्रह समेत गर्नु भयो।

कार्यक्रममा धेरैले गीति एल्बम र पुस्तकलाई किनेर गीतकार दाहाललाई हौसला प्रदान गरेका थिए भने कार्यक्रममा आयोजकको तर्फबाट रात्रि भोजनको आयोजना पनि गरिएको थियो । अन्जु उप्रेती दाहालको प्रस्तुतिमा निस्किएको उक्त पुस्तक र एल्बमको बारेमा बोल्दै सबैलाई छोटो समयमा र आफ्नो व्यस्तताको बावजुद पनि समय मिलाएर कार्यक्रममा उपस्थित भई दिएकोमा धन्यबाद व्यक्त गरेकी थिइन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com