न्युयोर्कबासीले फायर हाइड्रेन्ट खोल्न लगाएर गर्मीमा शीतलता र मनोरञ्जन पाउनसक्ने


प्रकाशित मिति : असार ७, २०८१ शुक्रबार

के तपाईलाई थाहा छ ? तपाईले न्युयोर्क सिटीमा फायर हाइड्रेन्टहरू गर्मी मौषममा शीतलता र मनोरञ्जनका लागि समेत प्रयोग गर्न सक्नुहुन्छ । तर त्यसका लागि तपाईले स्थानीय फायरहाउसमा सम्पर्क गरेर फायर हाइड्रेन्टहरु खोल्न र स्प्रेक्याप लगाउन अनुरोध गर्नुपर्छ ।

गर्मीको लहरले न्युयोर्क सिटीका बासिन्दालाई प्रभावित पारिरहेको बेला तातो दिनमा फायर हाइड्रेन्ट खोल्नु निकै फाइदाजनक हुनसक्छ । तपाईले कानुनी रूपमा फायर हाइड्रेन्ट खोल्न लगाएर तुरुन्तै ब्लकमा चिसो पानी बगाउन सक्नुहुनेछ । तर तपाईले त्यसका लागि नजिकको फायरहाउसमा गएर अनुरोध गर्नुपर्छ ।

फायर हाइड्रन्ट स्प्रे तातोमा शितलताका लागि एउटा रमाइलो तरिका भएको तर आफैले हाइड्रन्ट खोल्नु सुरक्षित नभएको फायर डिपार्टमेन्टको आधिकारिक सामाजिक सञ्जालमा उल्लेख गरिएको छ । यदि तपाईंको घर नजिकको फायर हाइड्रेन्टमा स्प्रे क्याप छैन भने तपाईंले नजिकैको फायरहाउसमा गएर माग्न सक्नुहुन्छ।

आफैले हाइड्रोन्ट भल्भ खोल्ने प्रयास गर्दा पानीको उपलब्धता कम हुने र यसले पानीको चाप कम गर्ने भएकाले आगलागी भएमा आगो निभाउने प्रयासलाई जटिल बनाउनसक्छ । त्यसैले न्युयोर्कवासीहरूले स्थानीय फायरहाउसहरूमा स्प्रे क्याप प्राप्त गर्न र फायर हाइड्रेन्ट मनोरञ्जनको लागि खोल्न अनुरोध गर्न सक्छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१८ वर्षभन्दा माथिको व्यक्तिले यस्तो अनुरोध गर्नसक्छन् । परिचयपत्र देखाएर फारम भरेपछि फायर हाइड्रेन्ट खुला हुनेछ । अनुरोध गरिसकेपछि फायरहाउसले हाइड्रन्ट खोल्ने र बन्द गर्ने समय निर्धारण गर्नेछ। समयहरू सामान्यतया विहान १० बजे देखि राती ९ बजेको बीचमा हुन्छन्।

यो नक्सामा क्लीक गरेर फायर हाउसमा टिक लगाएपछि नजिकको फायर हाउस पत्ता लगाउन सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com