मंगलबारदेखि अत्याधिक गर्मी हुने भएपछि न्युयोर्क सिटीका अधिकारीद्वारा आपतकालिन योजना सकृय


प्रकाशित मिति : असार ३, २०८१ सोमबार

a fire hydrant spraying water on a city street

न्युयोर्क सिटीको तापक्रम मंगलबारदेखि झण्डै १ सय डिग्री फरेनहाइटको हाराहारीमा पुग्ने अनुमानसँगै न्युयोर्क सिटीको स्थानीय सरकारले यो बर्ष पहिलो पटक आपतकालीन योजना सक्रिय बनाउने भएको छ । गर्मी आपतकालीन योजना सोमबार बिहान ११ बजेबाट सक्रिय गरिएको छ । अत्याधिक गर्मीका कारण कूलिङ सेन्टरहरू मंगलबारदेखि खुला हुने भएका छन् ।

बिहीबार र शुक्रबार पारा अनुमानित ९९ डिग्रीसम्म पुग्नु अघि मंगलबार र बुधबार न्यूनतम ९० को दशकमा तापक्रम सुरु हुनेछ। मंगलबार जुन १८ देखि उच्च गर्मी हुने सम्भावना भएकाले न्युयोर्कवासीहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ। न्युयोर्क शहरको आपतकालीन व्यवस्थापन विभाग र स्वास्थ्य तथा मानसिक स्वच्छता विभागले राष्ट्रिय मौसम सेवाको पूर्वानुमानलाई उद्धृत गर्दै यो चेतावनी जारी गरेको हो ।

यो सिजनको पहिलो गर्मीको लहर हो । ताप सूचकांक एक वा बढी दिनको लागि १ सय डिग्री नाघेमा वा लगातार दुई वा बढी दिनहरूका लागि ९५ डिग्री नाघेमा न्युयोर्क सिटीले अत्यधिक गर्मी रूपमा परिभाषित गर्दै आएको छ ।

सिजनको पहिलो गर्मीको लहरलाई सामना गर्न न्युयोर्क सिटीसँग योजना रहेको मेयर एरिक आडम्सले बताएका छन् । सबै न्युयोर्कवासीहरूलाई गर्मीमा सावधान रहने योजना बनाउन उनले आग्रह गरेका छन् । तयार नभएको खण्डमा तातो लहर असहज भन्दा बढी हुन सक्ने तथा यो घातक र जीवनलाई खतरा हुन सक्ने मेयर आडम्सले चेतावनी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

buildings near body of water landscape photography

तिर्खा नलागेपनि लगातार पानी पिउन र घरपालुवा जनावरहरूलाई हाइड्रेटेड राख्नको लागि जाँच गर्न प्रोत्साहन गरिएको छ । यस वर्ष न्युयोर्क सिटीले जनताका लागि उपलब्ध कूलिङ सेन्टरहरू संख्या पनि विस्तार गरेको छ । कूलिङ सेन्टरहरू मंगलबार बिहानदेखि बिहीबारसम्म खुला रहनेछन्। नजिकको कूलिङ सेन्टरहरू फेला पार्न यहाँ क्लीक गर्नुहोला वा ३११ मा फोन गर्नुहोला ।

उच्च गर्मीले सबैभन्दा कमजोर स्वास्थ्य भएका बासिन्दाहरूलाई खतरा उत्पन्न गर्दछ । ६० वर्ष माथिकाहरू, साना बालबालिकाहरू, र पहिले नै स्वास्थ्य समस्याहरु भएकाहरु बढी जोखिममा हुन्छन् । हृदय रोग, मधुमेह, मानसिक स्वास्थ्य समस्या भएकाहरु बढी जोखिममा हुन्छन् ।

बाहिर तातो हुँदा सुरक्षित र स्वस्थ रहनको लागि एयर कन्डिशनर चलाउनु उत्तम तरिका हो । तर जोखिममा रहेका केही व्यक्तिहरूले एयर कन्डिशनर प्रयोग गर्दैनन् वा खोल्दैनन्। एयर कन्डिशनर नभएका मानिसहरूले शितल राख्न अन्य विकल्पहरू पहिचान गर्नुपर्छ । एयर कन्डिशनर भएका पुस्तकालयहरू, मलहरू र संग्रहालयहरू जनताका लागि खुला छन्।

मंगलबारदेखि मध्यान्हदेखि बेलुका ८ बजेसम्म तापक्रम उच्च हुने अनुमान गरिएको छ । यद्यपि साँझमा थोरै राहत हुनेछ। राष्ट्रिय मौसम सेवाले बिहीबार र शुक्रबार गर्मीको चेतावनीहरु जारी गर्ने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com