राम्री देखिन हर्मोन सेवन गर्दै आएका तेस्रोलिंगी विपिनको मृत्यु, हर्मोन थेरापीबारे प्रश्न


प्रकाशित मिति : जेष्ठ ३२, २०८१ शुक्रबार

विपिन धिमालले केही दिनअघि सामाजिक सञ्जालमा लेखे, ‘म अहिले केएमसी अस्पतालमा गम्भीर अवस्थामा मृत्यु र जीवनसँग लड्दै छु। म थाइराइडको अन्तिम चरणमा छु। मेरो परिवारको वित्तीय अवस्था कमजोर भएको कारण वायुसञ्चारमा बसेर हजुरहरूलाई सानो, सक्दो सहयोगका लागि बिन्ती गर्दछु।’

सामाजिक सञ्जालमार्फत गरेको यो अनुनयले विपिनलाई बचाउन सकेन। बिहीबार उपचारकै क्रममा निधन भयो। विपिनले राम्री देखिन हर्मोन सेवन गर्थे। ‘दुई महिना अघि मात्रै उनले अब म बाच्दिन होला भनेका थिए,’उनका साथी तेस्रो लिङ्गीले  भने,’हर्मोन लिनुहुँदैन भनेर सल्लाह दिने कोही भएनन्,उक्साउने मात्रै भए।’

उनले अहिले हर्मोन लिइरहेको र केही समय पछि लिङ्ग परिवर्तन गरेर केटी बन्ने समेत बताएको उनका साथी तेस्रो लिङ्गीहरूले बताए। ‘हर्मोन सेवन गर्दा थाइराइड भएर एक जना साथी गुमाउनु पर्‍यो,’तेस्रो लिङ्गीहरूले भने,’ज्यानै लिने हर्मोनकै प्रचार गर्नेहरूले किन नसोचेका होलान्?’

विपिन तेस्रो लिङ्गी महिला थिए। केही गैरसरकारी संस्थाले दातृ निकायको सहयोगमा गर्ने कार्यक्रममा विपिनलाई बोलाउने गर्थे। यी संस्थाले हर्मोन सेवन गर्न उक्साउने र समस्या परे ‘हामी छौँ नि’ भन्ने गरेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यले बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अस्पताल भर्ना भएको चार दिनमै निधन भएका विपिन जीविकोपार्जनका लागि सडकमा उभिन विवश थिए। उनलाई सही सल्लाह दिने कोही भएन। ‘लिङ्ग परिवर्तनका लागि उक्साउनेहरूका कारण उनी प्रेसरमा रहेछन्,’उनका तेस्रो लिङ्गी साथीहरूले भने ।

व्यक्तिलाई जे हो, त्यही पहिचानमा अधिकार दिलाउन लाग्नुको सट्टा हर्मोन थेरापी र लिङ्ग परिवर्तन गर्न उक्साइरहेका छन् केही गैरसरकारी संस्था । हर्मोन थेरापीमा रहेका र यौन अङ्ग शल्यक्रिया गरेका दुई जनाको गत वर्ष मृत्यु भएको छ। आत्महत्या गर्नेको यकिन तथ्याङ्क समेत छैन। केही गैरसरकारी  संस्था हर्मोन थेरापी र यौन अङ्ग प्रत्यारोपण गर्दा विभेद तथा लाञ्छना कम भएको प्रचारमा समेत छन्।

उनीहरू हर्मोन थेरापी र लिङ्ग परिवर्तनलाई वैधानिकता दिन लागेका छन्। ‘पहिला खाऊ भनेर उक्साउने, पछि त्यसैलाई समस्या भनेर डोनरबाट फन्ड ल्याउने गर्छन्,’समुदायका सदस्यले भने,’उनीहरूलाई कोही मरोस् कि बाचोस् मतलब छैन।’

दक्षिण एसियामा पहिलो समलिङ्गी विवाह दर्ताका गरेका सुरेन्द्र पाण्डेले हर्मोन थेरापी, लिङ्ग परिवर्तन जस्ता कुरा गम्भीर विषय भएको बताएका छन्। पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा ‘यसका राम्रा नराम्रा पक्ष दुवै छन्। राम्रो कुरा मात्र गरेर हुन्न, गम्भीर साइड इफेक्टहरुको बारेमा पनि जिम्मेवार संस्थाहरूले खुलेर कुरा गर्नु पर्छ’,लेखेका छन्।

उनले २७ वर्षको कलिलो उमेरमा थप एक जनाको ज्यान गएको लेखेका छन्। ‘उसको परिवार र हाम्रो समुदायले पनि एक व्यक्ति गुमाउनु पर्‍यो,उनले लेखेका छन्,ट्रान्सफोबिक भनेर गाली गर्ने २,४ जना निस्किने छन् फेरी, तर त्यसरी समाधान निस्किँदैन। सबैको सल्लाह र समझदारीबाट समाधान निस्कन सक्छ।’

पहिचानबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com