टी २० विश्वकप क्रिकेट: नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुरु


प्रकाशित मिति : जेष्ठ २२, २०८१ मंगलबार

आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत केहीबेरमा नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुरु भएको छ ।  अमेरिकाको डलासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा स्थानीय समय अनुशार विहान ११ बजे खेल सुरु भएको हो ।

डलासमा रातभर भारी वर्षा भएकाले टस केहीबेर ढिलो भएको हो । वर्षा रोकिएपनि मैदान भिजेकाले अम्पायरहरू ग्राउन्ड स्टाफलाई तयारीका लागि अलि बढी समय दिन चाहेकाले खेल ढिलो भएको हो ।

सन् २०१४ मा बंगलादेशमा भएको टी २० विश्वकपमा नेपालले डेब्यू गरेको थियो । त्यसकारण मंगलबार नेपाल भिड्दा १० वर्षपछि विश्वकपमा फर्कनेछ ।समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । सुपर ८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित निकै आवश्यक छ ।

समूह डी को पहिलो खेलमा श्रीलंकालाई दक्षिण अफ्रिकाले ६ विकेटले हराएको छ । ग्राण्ड प्रेरीमा जारी टी २० विश्वकपमा नेपाल र नेदरल्यान्ड्सबीच दोस्रो खेल हुँदैछ । यसअघि क्यानडा र अमेरिकाबीचको पहिलो खेल भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्राण्ड प्रेरी ब्याटिङ सहयोगी हुँदा नेपाल लक्ष्य पछ्याउन खोज्नेछ । नेपालका दीपेन्द्रसिंह ऐरी प्रमुख अलराउण्डर हुन् । दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा सानदार प्रदर्शन गर्दै आएका छन् ।

दीपेन्द्रलाई अन्य खेलाडीले साथ दिनुपर्ने हुन्छ । शीर्षक्रमको ब्याटिङ नचल्नु नेपालको कमजोरी देखिदै आएको छ । डालास क्षेत्रमा नेपाली समुदायको बस्ती रहेकाले ग्रान्ड प्रियरी मैदानमा नेपालका हजारौं समर्थक आउने अनुमान गरिएको छ।

नेदरल्यान्ड्स ७ महिनाअघि भारतमा भएको एकदिवसीय विश्वकप खेल्ने एक्लो एसोसिएट टोली हो । दुई वर्षअघि उसले टी २० विश्वकप पनि खेलेको थियो । तीन महिनाअघि नेदरल्यान्ड्स, नेपाल र नामिबियाले कीर्तिपुरस्थित त्रिवि मैदानमा टी २० सिरिज र लिग २ अन्तर्गतको एकदिवसीय सिरिज खेलेका थिए ।

नेदरल्याण्ड्सका प्रशिक्षक रयान कुकले वर्तमान समयमा नेपाल राम्रो टिम भएको बताउँदै विश्वकपका हरेक खेल ठुलो र महत्वपुर्ण खेल हुने बताएका छन् । नेपालका कप्तान रोहित पौडेलले नेदरल्यान्ड्सविरूद्धको खेलका लागि नेपाली टोली पूर्ण फिट रहेको पनि बताएका छन ।

नेपाल र नेदरल्यान्ड्सबीच टी २० आईमा १२ खेल भएका छन् । नेपाल ५ खेलमा विजयी, ६ खेलमा पराजित र १ खेल नतिजाविहीन भएको थियो । नेपालले जितेका ५ मध्ये ३ खेल घरेलु मैदान टीयुमा छन् ।

रोहित पौडेल (कप्तान) , आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल, कमलसिंह ऐरी ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com