न्युयोर्कमा जुलाई ४ को फायरवर्क्स एक दशकमा पहिलो पटक हडसनबाट सुरु हुने


प्रकाशित मिति : जेष्ठ २१, २०८१ सोमबार

a group of people watching fireworks in the sky

आगामी जुलाई ४ मा न्युयोर्कमा हुने फायरवर्क्स लामो समय इस्ट रिभरबाट गरिदै आएकोमा यस वर्ष म्यानहट्टनको हडसन रिभर साइडमा फर्किँदैछ । जसका कारण अमेरिकाको सबैभन्दा ठूलो स्वतन्त्रता दिवस उत्सव हेर्नको लागि यो बर्ष नयाँ स्थानहरु खुल्ने भएका छन् ।

यसपटक म्यानहट्टनमा वेष्ट १४ देखि वेष्ट ३४ सम्ममात्र नभई न्यु जर्सीबाट समेत फायरवर्क्स हेर्ने अवसर प्रदान गर्दै हडसन नदीको छेउमा अवस्थित बार्जहरूबाट फायरवर्क्स सुरु हुनेछ। यस वर्षको फायरवर्क्स प्रदर्शनले एक दशकभन्दा बढी समयमा पहिलो पटक हडसन नदीबाट देशभक्तिको रङ, प्रकाश र ध्वनिको प्रेरणादायी दृष्य प्रक्षेपण गर्ने मेसीको ४ जुलाई फायरवर्क्सका कार्यकारी निर्माता विल कोसले एक प्रेस विज्ञप्तिमा बताएका छन् ।

fireworks are lit up in the night sky over a city
Photo by Olga Subach on Unsplash

गत वर्ष त्यस्तो प्रकारको पहिलो ड्रोन प्रदर्शन पछि टोलीले यो बर्ष दर्शकहरुलाई आश्चर्यचकित गर्ने र खुसी पार्न नयाँ तरिकाहरू विकास गर्न कडा मेहनत गरेको जनाइएको छ । यस वर्ष न्यु जर्सीले पनि फेरि प्राइम आतिशबाजी अवलोकनमा प्रवेश गर्नेछ।

न्यु जर्सी हडसन भरिका छिमेकीहरूसँगको सहकार्यमा योजनाबद्ध फायरवर्क्सको चम्किलो प्रदर्शनको साथ यस वर्षको स्वतन्त्रता दिवस मनाउन पाउँदा गर्व गर्ने न्युजर्सीका गभर्नर फिल मर्फीले बताएका छन् । कैयन बर्षमा पहिलो पटक मेसीको ४ जुलाईको फायरवर्क्सले हडसन नदीमाथि न्युजर्सीको आकाशलाई पनि उज्यालो पार्नेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वार्षिक फायरवर्क्स प्रदर्शन सन् १९७६ देखि न्यूयोर्क शहर परम्परा भएको छ। यस वर्षको शो बारे थप विवरणहरू, हेर्ने स्थानहरू र समय सहितका विवरण आगामी हप्ताहरूमा घोषणा गरिने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com