अमेरिकामा क्रिकेटको टी-२० विश्वकपको ‘हाइप’ किन कम छ?


प्रकाशित मिति : जेष्ठ २०, २०८१ आईतबार

United States’ Aaron Jones hits the ball for six runs during the men’s T20 World Cup cricket match between the United States and Canada at Grand Prairie Stadium, in Grand Prairie, Texas, Saturday, June 1, 2024. (AP Photo/Julio Cortez)

अमेरिकामा टी-२० क्रिकेटको विश्वकपको बारेमा प्रचार क्रिकेट प्रमुख खेल भएका अन्य देशहरूमा जति छैन । अमेरिकाका मिडियाहरुले पनि टी २० विश्वकपलाई खासै प्राथमिकता दिएका छैनन् । अमेरिकन मिडियाहरुमा यतिबेला आगामी राष्ट्रपति चुनावको विषय नै प्रमुख रहेका छन् ।

विश्वकपका बारेमा आयोजना गरिएका पत्रकार सम्मेलनहरुमा पनि निकै कममात्र मिडियाका पत्रकारहरु सहभागी हुने गरेका छन् । अमेरिका र क्यानडा बीचको उद्घाटन खेल अघि प्रिम्याच प्रेस सम्मेलनमा जम्मा ५ जना पत्रकारहरुको उपस्थिति थियो जबकी त्यतिबेला नेपालबाट आएका ८ जना मान्यता प्राप्त पत्रकारहरू ग्रान्ड प्रेरीको ठीक बाहिर नेपाली टोलिको तालिम भइरहेको स्थानमा थिए।


क्रिकेटले अमेरिकामा धेरै उत्साह उत्पन्न गर्न नसक्नुका विभिन्न कारणहरु रहेका छन् । अमेरिकामा परम्परागत अमेरिकी खेलहरू जस्तै फुटबल, बेसबल, र बास्केटबलले खेल संस्कृतिमा प्रभुत्व जमाएको छ, जसले क्रिकेटको लागि खुट्टा राख्नु चुनौतीपूर्ण बनाउँछ।

एक सर्वेक्षणले पत्ता लगाए अदनुशार १० प्रतिशत अमेरिकीहरूलाई मात्र मेजर लिग क्रिकेटबारे थाहा थियो । अझ थोरैलाई क्रिकेटको विश्वकपबारे थाहा छ । यद्यपि विशेष गरी युवाहरुमा क्रिकेटबारेको चासो भने बढ्दो नै पाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

(Photo by Andrew Caballero-Reynolds / AFP)

क्रिकेट कुनै समय अमेरिकामा लोकप्रिय थियो, तर यसको लोकप्रियता गृहयुद्ध पछि घट्यो किनभने बेसबलले राष्ट्रिय खेलको रूप लियो। अर्कोतर्फ अमेरिकाले अझै पनि आफ्नो क्रिकेट पूर्वाधार विकास गरिरहेको छ, जुन खेललाई व्यावसायिक स्तरमा समर्थन र प्रवर्द्धन गर्न आवश्यक छ।

२०२१ मा,अन्तर्राष्ट्रिय खेलको सबैभन्दा छोटो ढाँचा क्रिकेटको ट्वान्टी २० विश्वकपको यस संस्करणको लागि संयुक्त आयोजकको रूपमा अमेरिकालाई जिम्मा दिइएको थियो। ५५ खेलहरू मध्ये १६ वटा अमेरिकामा आयोजना हुनेछन्, जुन फ्लोरिडा, न्यूयोर्क र टेक्सासमा हुनेछन् ।

टेक्सासको ग्रान्ड प्रेरीमा शनिबार भएको खेलमा क्यानडालाई ७ विकेटले पराजित गर्दै अमेरिकाले टी–२० विश्वकपको उद्घाटन गरेको छ । जुन २९ को फाइनल लगायतका खेलहरू क्रिकेट राष्ट्र वेस्ट इन्डिजको मैदानमा खेलाइनेछन्। टी–२० क्रिकेटको आगमनले खेलको लागि अमेरिकामा नयाँ व्यावसायिक क्षितिज खोलेको छ ।

(Photo by Andrew Caballero-Reynolds / AFP)

अमेरिकामा विश्वको सबैभन्दा ठूलो आप्रवासी जनसंख्या भएकाले र भारतीहरुको संख्या ठूलो भएकाले क्रिकेटका फ्यानहरु अमेरिकामा पनि छन् । तर सर्वेक्षण अनुशार अहिलेको टी–२० विश्वकपबारे ६ प्रतिशत अमेरिकीहरुलाईमात्र थाहा छ । पाँच मध्ये एकले प्रतियोगितामा रुचि देखाएको सर्वेक्षणले देखाएको छ । १८ देखि ३४ बर्षकाहरुले बढी रुची देखाएका छन् ।

क्रिकेटमा चासो राख्ने ६२ प्रतिशतलेमात्र अमेरिकाको क्रिकेट टोलीलाई समर्थन गर्छन् । किनभने क्रिकेटमा चासो राख्नेहरुको ठूलो संख्या क्रिकेट मुख्य खेल भएका देशबाट अमेरिका बसाई सराई गरेका आप्रवासीहरुको रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com