विधायकी प्रक्रियामा नेपाली समुदायको सहभागिता बढाउन न्युयोर्क संसद भवनमा नेपाली कम्युनिटी डे


प्रकाशित मिति : जेष्ठ १६, २०८१ बुधबार

न्युयोर्क राज्य संसदमा प्रतिनिधित्व गर्ने सांसद स्टिभन रागाले सांसदहरु सरहाना श्रेष्ठ र जेनिफर राजकुमारसँगको सहकार्यमा तथा नेपालको महावाणिज्य दूतावास र न्युयोर्क राज्यका ३० भन्दा बढी नेपाली संस्थाहरूसँगको समन्वयमा न्युयोर्कको राजधानीमा रहेको राज्यको संसद भवनमा आयोजना गरेको नेपाली कम्युनिटी डे न्युयोर्कको राजधानी अलबानीमा रहेको संसद भवनमा नेपाली समुदायको योगदानको सम्मान गर्दै सम्पन्न भएको छ ।

पहिलो पटक न्युयोर्कको राजधानीमा नेपाली समुदायले एकीकृत रूपमा भाग लिएको यो कार्यक्रममा नेपाली समुदायका सदस्यहरुको बाक्लो उपस्थीति रहेको थियो ।

सभामुखद्वारा प्रतिनिधि सभा र सिनेट फ्लोरको परिचय तथा त्यसपछिको सांस्कृतिक कार्यक्रमले नेपाली अमेरिकीहरूको समृद्ध सांस्कृतिक सम्पदा र योगदानको कदर गरेको थियो । नेपाली समुहलाई न्युयोर्क राज्यको प्रतिनिधिसभाको फ्लोरमा औपचारिक रूपमा परिचय गराएर कार्यक्रमको सुरुवात भएको थियो । सांसद स्टिभन रागाले सभामुखसँग नेपाली समूहको औपचारिक परिचय गराएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो ऐतिहासिक परिचयले न्युयोर्क राज्यको विधायकी प्रक्रियामा नेपाली समुदायको बढ्दो प्रभाव र उपस्थितिलाई जोड दिएको थियो । सभामुखलाई समुदायको परिचय गराउदा रागाले नेपाली समुदाय धेरै जीवन्त, ऊर्जावान र दयालु रहेको बताएका थिए । त्यसपछि उनले सभामुखलाई औपचारिक रुपमा नेपाली समुहलाई प्रतिनिधिसभाको फ्लोरमा परिचय गराउन आग्रह गरेका थिए ।

सिनेट फ्लोरमा नेपाली समूहलाई सिनेटर माइकल जियानारिसले परिचय गराएका थिए । उनले राज्य शासनमा नेपाली समुदायको योगदान र उनीहरूको उपस्थितिको महत्त्वबारे थप प्रकाश पारेका थिए ।

नेपाली कम्युनिटी डेको पछिल्लो खण्डमा आयोजित नेपाली साँस्कृतिक कार्यक्रममा सांसदहरु नादेर सायेघ, जर्ज अल्भारेज, ग्रेस ली, युडेल्का तापिया, जेक ब्लुमेन्क्रान्ज, म्यान्नी डे लस सान्तोस, महान्यायाधिवक्ताका कार्यालयका प्रतिनिधिहरूलगायत धेरै प्रख्यात सांसदहरू उपस्थित थिए।

न्युयोर्क राज्य कम्प्ट्रोलर, न्युयोर्क राज्य एएपीआई टास्क फोर्स कार्यकारी सदस्यहरु र धेरै अन्य निर्वाचित अधिकारीहरू कार्यक्रममा सहभागी थिए । उनीहरुले अल्बानीमा नेपाली समुदायको संलग्नताको महत्त्वलाई जोड दिदै राज्यका निर्णयहरूमा नेपाली समुदायको दृश्यता र प्रभाव बढाउनको लागि यो दिनलाई महत्त्वपूर्ण क्षणको रूपमा उल्लेख गरेका थिए ।

सांसद स्टिभन रागाले यो कार्यक्रम न्युयोर्क राज्यमा नेपाली समुदायको जीवन्त योगदानको प्रमाण भएको बताउँदे राजधानीमा नेपाली समुदायको उपस्थिति नेपाली समुदाउको सांस्कृतिक समृद्धिको प्रतीक मात्र नभई न्युयोर्क राज्यको भविष्यलाई आकार दिन नेपाली समुदायको बढ्दो भूमिका पनि भएको बताए ।

नेपाली मूलकी सांसद सरहाना श्रेष्ठले न्युयोर्क राज्यको विधायकी प्रक्रियामा नेपाली समुदायको सहभागिता गर्वको कुरा भएको बताइन् । यसले थप समावेशी र प्रतिनिधिमूलक शासनतर्फ चालेका कदमहरूलाई सङ्केत गर्ने उनले बताइन् ।

सांसद स्टिभन रागाको कार्यालयका सामुदायिक मामिला निर्देशक डोल्मा लामाले अल्बानीमा नेपाली कम्युनिटी डे नेपाली समुदायका ३३ संस्था तथा समुदायका सदस्यहरुको सहभागितामा मात्र सफल भएको बताउदै नेपाली समुदायका लागि वकालतलाई अझ प्रभावकारी बनाउन न्युयोर्कको राजधानीमा नेपाली कम्युनिटी डे मनाइने बताइन् ।

कार्यक्रममा परम्परागत नेपाली सङ्गीत, नृत्य र व्यञ्जनहले रौनक थपेको थियो । प्रस्तुतिहरूमा मिथिला नृत्य, शेर्पा नृत्य, अन्य धेरै नेपाली परम्परागत नृत्यहरू र परम्परागत वाद्ययन्त्रहरू सहितको नेपाली संगीत जस्ता परम्परागत नृत्यहरू समावेश थिए। अल्बानीमा मनाइएको नेपाली कम्युनिटी डेले समुदायको सांस्कृतिक विरासतलाई मात्र नभई राज्यको मामिलामा उनीहरूको बढ्दो संलग्नता र प्रतिनिधित्वलाई पनि प्रतिबिम्बित गरेको आयोजकको भनाई छ ।

यो महत्वपूर्ण अवसर न्युयोर्क राज्यको विधायकी प्रक्रियाहरूमा नेपाली समुदायको थप वकालत र सहभागिताको लागि एउटा कदम भएको तथा समुदायका सदस्यहरूलाई राज्यका सांसदहरूसँग जोडिन र नेपाली समुदायका लागि महत्त्वपूर्ण मुद्दाहरूको वकालत गर्न कार्यक्रमले नेटवर्किङ प्लेटफर्मको रूपमा पनि काम गरेको आयोजकले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com