न्युयोर्कमा कम आम्दानी हुनेको भाडाको हिस्सा सरकारले तिर्ने आवेदनको अन्तिम म्याद आज


प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार

aerial view of city buildings during daytime

न्युयोर्क सिटीमा ५४ हजार ३५० डलर भन्दा कम आम्दानी हुनेको घरभाडाको हिस्सा सरकारले तिर्ने कार्यक्रमका लागि आवेदन खुला भएको छ । न्यूयोर्क सिटी हाउजिङ अथोरिटीले व्यवस्थापन गर्ने हाउजिङ .च्वाइस भौचर कार्यक्रम अन्तरगत १५ बर्षपछि पहिलोपटक आवेदन खुलाएको हो ।

सेक्शन ८ पनि भनिने यो कार्यक्रम अन्तरगत योग्य कम आय भएका परिवारहरूलाई भाडातिर्नका लागि सरकारले अनुदान उपलब्ध गराउँछ । उनीहरूले निजी बजारमा सभ्य, सुरक्षित र सेनेटरी आवास भाडामा लिन सकुन् भन्ने उद्देश्यले यो सहायता उपलब्ध गराइन्छ । योग्य परिवारहरूले आफ्नो रोजाइको छिमेकमा आवास खोज्न र सहभागी घरधनीबाट अपार्टमेन्टहरु भाडामा लिन भौचर प्राप्त गर्छन्।

यो कार्यक्रमका लागि छानिने परिवारहरूले आफ्नो आम्दानीको ३० प्रतिशत हिस्सा भाडामा तिर्छन् भने बाँकी रकम तिर्न सरकारले अनुदान प्रदान गर्छ । यो कार्यक्रमको लागि आवेदन गर्ने सबैभन्दा छिटो र प्रभावकारी तरिका अनलाइन आवेदन जुन ३ सोमबार मध्यरात १२ बजेदेखि खुलिसकेको छ । जुन ९ आइतबार राती ११ बजेर ५९ मिनेटसम्म आवेदन दिनसकिनेछ । यो अवधिमा जतिबेला आवेदन दिएको भएतापनि त्यसको प्रवाह नगरी आवेदन समान अवशरका साथ प्रतीक्षा सूचीमा राखिने जनाइएको छ ।

प्राथमिकता प्रणाली अनुशार प्रत्येक आवेदकलाई आवेदनमा दिइएको जानकारी प्रयोग गरेर पूर्वनिर्धारित प्राथमिकता कोटिहरूको आधारमा श्रेणी निर्धारण गरिन्छ । गतिशीलता कमजोर र दुर्गम आवासमा बसोबास गर्नेलाई पहिलो प्राथमिकता दिइन्छ भने ६२ बर्षमाथिका र अपाङ्गता भएका व्यक्तिहरूलाई दोश्रो प्राथमिकता दिइन्छ । अन्य सबै आवेदकहरू तेश्रो प्राथमिकतामा पर्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि तपाईको एकजनामात्र हुनुहुन्छ र आम्दानी बार्षिक ५४ हजार ३ सय ५० डलरभन्दा कम छ भने कार्यक्रमका लागि आवेदन दिन योग्य हुनुहुनेछ । ६२ हजार १ सय ५० डलरभन्दा कम आम्दानी हुने २ जनाको परिवार, ६९ हजार ९ सयभन्दा कम आम्दानी हुने ३ जनाको परिवार, ७७ हजार ६ सय ५० भन्दा कम आम्दानी हुने ४ जनाको परिवार, ८३ हजार ८ सय ५० भन्दा कम आम्दानी हुने ५ जनाको परिवार, ९० हजार ५० भन्दा कम आम्दानी हुने ६ जनाको परिवार, ९६ हजार ३ सय भन्दा कम आम्दानी हुने ७ जनाको परिवार, १ लाख २ हजार ५ सय डलरभन्दा कम आम्दानी हुने ८ जनाको परिवार छ भने पनि कार्यक्रमका लागि आवेदन दिन योग्य भइनेछ ।

प्राप्त आवेदनमा लोटरी प्रणाली गरेर २ लाख आवेदनहरु छनौट गरिनेछ । प्रतिक्षा सूची आगामी अगस्त १ सम्म स्थापित हुने अपेक्षा गरिएको छ। प्रतिक्षा सूची स्थापना भएपछि, आवेदकहरूलाई सूचित गरिनेछ । आवेदकले अनलाइनमार्फत आफ्नो आवेदनको स्थिति जाँच गर्न सक्नेछन्। त्यसपछि प्रतीक्षा सूचीबाट आवेदकहरूलाई फोन गर्न सुरु गरिनेछ ।

आवेदन दिनका लागि परिवारको प्रमुख व्यक्ति १८ वर्ष वा सोभन्दा माथिको हुनुपर्छ भने परिवारको कम्तीमा एक सदस्य अमेरिकी नागरिक वा योग्य आप्रवासी स्थिति भएको गैर नागरिक हुनुपर्छ भने उल्लेखित आम्दानीको मापदण्ड पूरा गरेको हुनुपर्छ ।

एक पटक आवेदन अवधि बन्द भएपछि २ लाख आवेदनहरू लोटरी प्रणालीबाट प्रतिक्षा सूचीमा राखिनेछ । आवेदन पेस गर्दा आवेदन प्रतीक्षासूचीमा पर्ने ग्यारेन्टी भने हुँदैन। यदि तपाइँको आवेदन प्रतिक्षासूचीमा राख्न छनोट गरिएको छ र तपाइँ प्रतिक्षा सूचीबाट चयन हुनुभएमा तपाइँलाई आवेदन प्रक्रिया पूरा गर्न थप जानकारी प्रदान गर्न सम्पर्क गरिनेछ । त्यसपछि आम्दानी, सम्पत्ति, र खर्चका कागजात जस्ता थप जानकारी उपलब्ध गराउनुपर्छ ।

१६ वर्ष वा सोभन्दा माथिका परिवारका सबै सदस्यहरूको आपराधिक पृष्ठभूमि जाँच पनि गरिनेछ । त्यसपछि एक योग्यता अन्तर्वार्ताको लागि तालिका बनाइनेछ । यदि मापदण्ड पूरा गरेमा हाउसिङ च्वाइस भौचर जारी गरिनेछ र कार्यक्रमको बारेमा जानकारी दिइनेछ।

भौचर जारी गरिएपछि आवेदकले आफ्नो भौचरमा हस्ताक्षर गर्नुपर्छ र अपार्टमेन्ट खोज्न सुरु गर्नुपर्छ। यो भौचर १८० दिनपछि मान्य हुन्छ। यसमा १२० दिनको प्रारम्भिक अवधि र ६० दिनको विस्तार समावेश छ। प्रतिक्षा सूचीको आवदेन सन् २००९ को डिसेम्बर १० देखि बन्द गरिएकोमा त्यसपछि पहिलोपटक खोल्न लागिएको हो ।

आवेदन दिनका लागि यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com