सिमाना आयोगमा २१ जिल्लाको प्रतिवेदन


प्रकाशित मिति : भाद्र २३, २०७३ बिहीबार

गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगमा २१ जिल्लाका प्रतिवेदन प्राप्त भएका छन् । आयोगले जिल्लामा स्थानीय विकास अधिकारीको संयोजकत्वमा गठित प्राविधिक समितिलाई गाउँपालिका तथा नगरपालिकाको सीमा निर्धारण गरी साउन मसान्तभित्र पेस गर्ने समय तोकेको थियो ।

साउन मसान्तसम्म अधिकांश जिल्लाको प्रतिवेदन नआएपछि आयोगले यही भदौ १५ सम्मको समय बढाएकामा २१ जिल्लाले मात्र प्रतिवेदन बुझाएका हुन् । आयोगले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष बालानन्द पौडेलले बाँकी जिल्लालाई छिटो प्रतिवेदन बुझाउन निर्देशन दिइएको जानकारी गराए।

‘भोजपुर, तेह्रथुम, काठमाडौँ, भक्तपुर, सिन्धुली, चितवन, प्युठान, अर्घाखाँची, जाजरकोट, दैलेख, बैतडी र कैलाली गरी १२ जिल्लाले यही भदौ २७ गतेसम्म प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएका छन्, ताप्लेजुङ, इलाम, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, धनुषा, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, दोलखा, रामेछाप, मकवानपुर, मनाङ, मुस्ताङ, लम्जुङ, पर्वत, नवलपरासी, गुल्मी, हुम्ला र कालीकोट गरी २० जिल्लाले भदौ मसान्तसम्म प्रतिवेदन बुझाउनेछन्’–उनले भने ।

झापा, मोरङ, सुनसरी, सङ्खुवासभा, उदयपुर, सप्तरी, रौतहट, पर्सा, धादिङ, रुपन्देही, कपिलवस्तु, पाल्पा, बाँके, रुकुम, बर्दिया, डोटी र अछाममा प्रारम्भिक छलफल भएको आयोगले जनाएको छ । प्रदेश नं २ का सिरहा, सर्लाही, महोत्तरी र बारा जिल्लामा प्रारम्भिक परामर्श समेत हुन सकेको छैन । सरकारले दिएको कार्यसर्त र मापदण्डका आधारमा असोज मसान्तभित्र गाउँपालिका तथा नगरपालिकाको सङ्ख्या एवम् सीमा निर्धारण गरी पेस गरिने अध्यक्ष पौडेलले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संविधानको धारा २९५ (३) अनुसार मन्त्रिपरिषद्को गत वर्ष चैत १ गतेको निर्णयानुसार आयोग गठन गरिएको थियो । आयोगले सांसद, पूर्वउपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री, मन्त्रालयका पूर्वसचिव लगायत विभिन्न क्षेत्रका एक हजार ३०० जनाभन्दा बढीसँग छलफल गरी मापदण्ड तय गरिएको जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com