प्रेस स्वतन्त्रतामा प्रतिबद्ध रहन नेपाल सरकारलाई अमेरिकी पत्रकारको संस्था एसपीजेको आग्रह


प्रकाशित मिति : जेष्ठ ९, २०८१ बुधबार

अमेरिकी पेशागत पत्रकारहरूको संगठन सोसाइटी अफ् प्रोफेसनल जर्नालिस्ट्स (एसपीजे)ले कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई रिहा गरेर छिट्टै र निष्पक्ष छानबिन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । अमेरिकामा पत्रकारको सबैभन्दा बृहत र ११५ बर्ष पुरानो संस्था एसपीजले आज एक वक्तव्य जारी गर्दै स्वतन्त्र र निर्बाध प्रेसप्रतिको आफ्नो प्रतिबद्धतालाई पुन पुष्टि गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

एसपीजेकी अध्यक्ष असान्टी ब्लेज हप्किन्सले वक्तव्य जारी गर्दै भनेकी छिन् – ‘हामीले भर्खरै सुनेका छौं कि नेपालको प्रमुख पत्रिका कान्तिपुर दैनिकका प्रकाशक कैलाश सिरोहियालाई देशको गृहमन्त्रीको अनुरोधमा पक्राउ गरिएको थियो। स्पष्ट रूपमा गृहमन्त्री अनुसन्धानका श्रृंखलाको विषय थिए। सिरोहियाको नागरिकतामा भएको विसंगतिलाई लिएर आधिकारिक अभियोगहरू रिपोर्ट गरिएपनि हामी गिरफ्तारीको वास्तविक उद्देश्यबारे नेपाल पत्रकार महासंघसँगै हाम्रो पनि प्रश्न रहेको छ ।’

वक्तव्यमा अगाडि भनिएको छ – ‘गिरफ्तारीले सम्पूर्ण समाचार सङ्कलन क्षेत्रमा आशंका पैदा गरेको र सिरोहियाको गिरफ्तारीको प्रकृतिमा प्रतिशोध देखिएको महासंघले बताएको छ । हामी आशा गर्दछौं कि नेपाल सरकारले छिट्टै र निष्पक्ष छानबिन गर्नेछ। यसैबीच हामी यो अनुसन्धान भइरहेको बेला कैलाश सिरोहियालाई रिहा गर्न मात्र नभई स्वतन्त्र र निर्बाध प्रेसप्रतिको आफ्नो प्रतिबद्धतालाई पुन पुष्टि गर्न सरकारलाई आग्रह गर्दछौं।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोसाइटी अफ् प्रोफेसनल जर्नालिस्ट्स (एसपीजे) अमेरिकी पेशागत पत्रकारहरुको सबैभन्दा पूरानो संस्था हो । यो संस्था विश्वभरका पत्रकारको समेत आवाज बन्दै आएको छ । यो संस्थामा अमेरिकाको मुलधारका पेशागत पत्रकारहरुको संलग्नता रहदै आएको छ । यो संस्थाको उद्देश्य अभिव्यक्ति स्वतन्त्रता र प्रेसको स्वतन्त्रताको ग्यारेन्टीलाई बढावा दिनु र रक्षा गर्नु रहेको छ भने यसले पत्रकारिताको अभ्यासमा उच्च स्तर र नैतिक व्यवहारलाई प्रोत्साहन गर्दै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com