प्रेस स्वतन्त्रता सुनिश्चित गर्न नेपाल सरकार र जनताले सार्थक संवाद गर्ने अमेरिकी दूतावासको आशा


प्रकाशित मिति : जेष्ठ ९, २०८१ बुधबार

प्रेस स्वतन्त्रता सुनिश्चित गर्न नेपाल सरकार र जनताले सार्थ संवाद गर्ने अमेरिकाको आशा व्यक्त गरेको छ । अमेरिकी दूतावास काठमाडौंले सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेको छ कठिन सङ्घर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ ।

“अझ परिपूर्ण मुलुक” बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू रहेको दूतावासको भनाई छ । कान्तिपुरका प्रकाशक पक्राउ परे लगत्तै नेपालमा सुशासन, प्रेस स्वतन्त्रता, पारदर्शिता, जवाफदेहीता र जनताका मौलिक अधिकारबारे व्यापक बहस भइरहँदा अमेरिकी दूतावास काठमाडौंले यो भनाई सार्वजनिक गरेको हो ।

गतमहिनामात्र अमेरिकी विदेशमन्त्रालयले सार्वजनिक गरेको मानव अधिकारसम्बन्धी रिपोर्टमा पत्रकार, गैरसरकारी संस्था र राजनीतिक कार्यकर्ताहरूलाई उदृत गर्दै सरकारको आलोचना गर्ने पत्रकार र समाचार संस्थाहरूलाई धम्की दिएर सरकारले मिडिया स्वतन्त्रतामा प्रतिबन्ध लगाएको र सेल्फ सेन्सरशिपको अवस्था निम्त्याएको उल्लेख गरिएको थियो । संविधान र कानून दुवैले सरकारलाई अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई अस्पष्ट र दुर्व्यवहारको लागि खुला ठानेमा प्रतिबन्ध लगाउन सक्षम बनाएको तथा संविधानले अभिव्यक्ति र प्रेसको स्वतन्त्रतामा कटौती गर्ने कानूनहरू बनाउन सक्ने धेरै परिस्थितिहरू सूचीबद्ध गरेको केही मानव अधिकारकर्मी पत्रकारहरूले बताएको रिपोर्टमा उल्लेख थियो ।

अमेरिकी विदेश मन्त्रालयको रिपोर्टमा भनिएको छ – ‘भ्रष्टाचारको बारेमा रिपोर्ट गर्ने पत्रकारमाथि धम्की र आक्रमणलगायत धेरै प्रेस स्वतन्त्रता हनन भएका छन् । सरकारले मिडियाको सुरक्षा र स्वतन्त्रता जोगाउन पर्याप्त प्रयास गर्न सकेको छैन। नेपाल पत्रकार महासंघका अनुसार महासंघसँगको भेटमा सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले पत्रकार र महासंघ बिक्रिमा रहेको भएको भन्दै देशको सञ्चार क्षेत्रबारे आलोचना गरेका थिए । घिमिरेको टिप्पणीले सार्वजनिक आक्रोश निम्त्याएको थियो । पत्रकारहरूले आफूले भोग्नुपरेको दुर्व्यवहार र उत्पीडनको कथाहरू शेयर गरेका थिए ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एसिया डेमोक्रेसी क्रॉनिकल्सलाई उदृत गर्दै एबीसी टेलिभिजन पोखराकी पत्रकार तथा महासङ्घका कार्यसमिति सदस्य गीता रानालाई वृत्तचित्रको रेकर्डिङ गर्ने क्रममा स्याङ्जाको भीरकोट नगरपालिका प्रशासकीय अधिकृतको मौखिक दुर्व्यवहार गरी केही समयका लागि हिरासतमा राखिएको अमेरिकी विदेश मन्त्रालयको रिपोर्टमा उल्लेख छ । राणालाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र प्रहरीले मौखिक दुव्र्यवहार गर्नुका साथै उनको डिभाइसबाट सबै तस्विर र भिडियो मेटाएको महासंघले जनाएको तथा नगरपालिकाको कार्यालयमा एक घण्टा थुनेपछि राणा बाहिरिएको अमेरिकी रिपोर्टमा जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com