‘जलाशय भरिएर पानी बाहिरिन थाल्यो ‘


प्रकाशित मिति : भाद्र १४, २०७४ बुधबार

संयुक्त राज्य अमेरिकामा हार्भी नामक आंधीबाट सबैभन्दा नराम्ररी प्रभावित क्षेत्रहरुलाई थप डुबानमा पार्ने गरी ह्युस्टन शहर बाहिर रहेको एउटा ठूलो बांधको जलाशय भरिएर पानी बाहिरिन थालेको छ।

उद्धार

स्थानीयवासीहरु चिन्तित र त्रसित रहेको बताइएको छ

एकजना बाढी नियन्त्रण अधिकारीले त्यस्तो अवस्था पहिले कहिल्यै नआएकाले जलाशयबाट पानी बाहिर निस्कंदा हुने सम्भावित परिणामका बारे केही आँकलन गर्न नसकिने बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर उनले स्थानीयवासीहरु चिन्तित र त्रसित रहेका पनि जनाए।

शुक्रबार अमेरिकाको टेक्सस राज्यमा हार्भी नामक समुद्री आंधीले गरेको विनाशको अवलोकन गर्न मंगलबार राष्ट्रपति ट्रम्प त्यहां पुगेका छन्।

उनले उद्धारमा संलग्न आपत्कालिन कर्मचारीहरुलाई धन्यवाद दिएका छन्।

क्षमता

टेक्सस राज्यका अधिकारीहरुले हार्भी नामक समुद्री आंधीपछि आएको बाढीले ह्युस्टन शहर बाहिर रहेको एउटा ठूलो बांधमा त्यसको जलाशयको क्षमताभन्दा बढी पानी पुर्याएपछि त्यसबाट पानी बाहिरिन थालेको जनाएका छन्।

इन्जीनियरहरुले जलाशयबाट केही पानी छोडेर त्यस वरपरका वासिन्दाहरुलाई डुबानमा पर्नबाट जोगाउने प्रयास गरिरहेका छन्।

तर एकजना बाढी नियन्त्रण अधिकारीले पानीको तह उक्त जलाशयको डिल भन्दापनि माथि पुगेको बताए।

उक्त एडीक्स बांधको जालशयबाट पानी बाहिरिए पनि त्यसबाट उक्त बांधलाई कुनै असर नपर्ने बताइएको छ, तर त्यस वरपरको स्थान भने थप डुबानमा पर्नेछन्।

असर

हार्भी समुद्री आंधी पछि आएको बाढीले टेक्ससपछि लुइजीआना राज्यलाई पनि असर पार्न थालेको छ।

अभूतपूर्व रुपमा परेको ठूलो पानीका कारण हजारौं मानिसहरु आआफ्नो घर छाडेर भाग्न वाध्य भएका छन् भने उद्धारकर्ताहरुले अलपत्र परेकाहरु सम्म पुग्ने प्रयास गरिरहेका छन्।

ह्युस्टन क्षेत्रमा मात्र कम्तीमा नौजनाको ज्यान गएको बताइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com