सेवा गर्ने मौका दिनुहोस्, समुदायको अपेक्षा पुरा गर्नेछु : अम्बिका लोहनी शर्मा,उपाध्यक्षको उम्मेद्धवार,नाशा


प्रकाशित मिति : भाद्र १३, २०७४ मंगलबार

 

जर्जीया, एटलान्टा ।
दक्षिणपुर्वी अमेरिकामा रहेका नेपालीहरुको संगठन (नाशा) को उपाध्यक्ष पदका उम्मेद्धवार अम्बिका लोहनी शर्माले अमेरिकामा रहेका सबै नेपाली संस्थाहरुविचको एकताका लागी आफुले उम्मेद्धवारि दिएको बताउनु भएको छ ।
गत एकदशकदेखि विभिन्न समाजीक संस्थामा रहि महत्वपुर्ण योगदान दिदै आउनु भएका जर्जीया निवासी शर्माले आठ बुँदे चुनावी घोषणपत्र सार्वजनिक गर्दे आफुले विगतमा नाशामा रहदा अधिसारेका कार्यक्रमहरुलाइ विशेषरुपमा अधि बढाउने बताउनु भयो । “यस क्षेत्रमा रहेका नेपाली संस्थाहरु विचमा समन्वय र एकताको माध्यमबाट नाशालाइ एक छाता संगठनको रुपमा मजबुत बनाउने छु ।” वहाँले भन्नुभयो । विभिन्न आर्थीक, समाजीक तथा पारिवारिक समस्यामा परेका अमेरिका निवासी नेपालीको सहयोगको लागी सामुदायीक सहयोग केन्द्र संचालन गर्ने कुरालाइ विशेष महत्व दिनुभएकी शर्माले, नेपाली संस्कृतीको प्रबर्धनका लागी सांस्कृतीक केन्द्र स्थापना गर्ने, महिला नेतृत्वको विकासको लागी कार्यक्रम संचालन गर्ने र नेपाली समुदायको अमेरिकी मुलधारसंग सहकार्यका लागी पहल गर्ने जस्ता एजेन्डाहरु अधि सार्नुभएको छ ।

नाशामा सहसचिव र कोषाध्यक्षको समेत कार्यभार सम्हाली सक्नुभएकी शर्मा एनआरएनए अमेरिकाको महिला समितिको सदस्य समेत रहिसक्नु भएको छ । सन् २००८मा अक्लोहामा विश्वविद्यालयको नेपाली विद्यार्थी संगठनको सास्कृतीक संयोजकबाट अमेरिकामा सामाजीक काममा होमिनु भएकी शर्माले नाशाअन्माको गत संयुक्त अबिधेशनमा महिला सहसंयोजकको जिम्मेवारि सम्हाल्नु भएको थियो । पेशाले सुचना प्रविधिविज्ञ रहनुभएका शर्माले एटलान्टामा नेपाली पाठशाला स्थापनाको लागी महत्वपुर्ण भुमीका खेल्नु भएको थियो । एटलान्टा नेपाली विद्यालयको अध्यक्ष समेत रहनु भएकी शर्माले यस्ता विद्यालय सबै राज्यहरुमा स्थापना गर्न पहल गर्ने आफ्नो योजना रहेको उल्लेख गर्नुभयो । “नेपाली बालबालीकहरुलाइ आफ्नो मातृसंस्कारसंग जोड्न यो एक प्रभावकारि कार्यक्रम हो ।” वहाँले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एकपटक सेवा गर्ने मौका दिनुहोस्

एक बौद्धिक महिला समाजसेवीको परिचय बनाउनु भएकी शर्मा अन्तराष्टिय नेपाली साहित्य समाज, जर्जीया शाखाको उपाध्यक्ष समेत हुनुहुन्छ । नाशामा महिला नेतृत्वको आवश्यकता महसुस गरि विभिन्न समाजीक अगुवा र नयाँपुस्ताको समर्थनमा आफ्नो उम्मेद्धवारि आएको बताउदै शर्माले भन्नुभयो, “समुदायको अपेक्षा पुरा गर्नेछु, एकपटक सेवा गर्ने मौका दिनुहोस् ।”

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com