बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिष्ट पार्क सञ्चालन


प्रकाशित मिति : बैशाख ३, २०८१ सोमबार

पर्यटन पूर्वाधारयुक्त केवलकार परियोजना (बन्दीपुरहिल) अन्तर्गत बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक रेष्टुरेन्ट ‘ड्राइभ इन’ सञ्चालनमा आएको छ । बन्दीपुर–४ स्थित केबलकारको बटम स्टेसनमा निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिस्ट पार्क एकैसाथ सञ्चालनमा आएको हो ।

यही वैशाख १ गते बैद्धिक पूजाविधिअनुसार वास्तुपूजा गरी पञ्चकन्याले रेष्टुरेन्ट ‘ड्राइभ इन’ र बन्दीपुरहिल बटम स्टेसनस्थित टुरिष्ट पार्कको उद्घाटन गरेका हुन् ।

उद्घाटनका अवसरमा केबलकारकोसमेत विधिवत्रुपमा पूजा गरी शुभारम्भ गरिएको कम्पनीका इञ्जिनियर सुप्रियो मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच वर्षअघिदेखि ५६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्क र रेष्टुरेन्ट व्यावसायिकरुपमा सञ्चालनमा आएका छन् ।

केबलकार केही समय आन्तरिक प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी सञ्चालन ल्याइएको मण्डलले बताउनुभयो । सर्वसाधरणका लागि भने चाँडै मिति तोकेर खुला गरिने परियोजना कार्यालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बन्दीपुरहिलअन्तर्गतका टुरिष्ट पार्क र रेष्टुरेन्ट भने सर्वसाधारणका लागि पूर्णरुपमा खुला गरिएका छन् । यहाँ आउने पर्यटकले बिना कुनै अवरोध मनोरञ्जन लिनसक्ने कम्पनीका उपाध्यक्ष किरण पोख्रेलले बताउनुभयो । उहाँका अनुसार मनमोहक टुरिष्ट पार्कमा आकर्षक संरचनासँगै चट्टानमा बनेका शिव मन्दिर, गणेश स्वरुप छन् भने फुटपाथमाथि ३३ देवीदेवताका मूर्ति निर्माण गरिएका छन् ।

चट्टानमा उल्लुको मूर्ति भगवान् बुद्धको प्रतिमा, सूर्यनारायण भगवान्को वायुयान, विशाल कैलाश पर्वत र भगवान् शिवको प्रकट रुप, भगवान् विश्वकर्माको मूर्तिका साथै जङ्गली जनावरको सङ्ग्रहालय, हात्ती, गैँडा, जिराफ, जेब्रा, जरायो, बाघलगायत जनावरका मूर्ति, स्थानीय घर र दैनिक प्रयोग हुने सामग्रीहरुसहितको सङ्ग्रहालयसमेत रहेका पोख्रेलले जानकारी दिनुभयो ।

निकै आकर्षक दाबी गरिएको उक्त टुरिष्ट पार्क रु ८६ करोडको लागतमा निर्माण सम्पन्न गरिएको वित्तीय निर्देशक शिवप्रसाद शर्माले जानकारी दिनुभयो । यस पार्कमा प्रवेश गर्नका लागि प्रतिव्यक्ति रु दुई सय, मोटरसाइकल रु तीन सय, ट्याक्सी रु पाँच सय, माईक्रो बस रु एक हजार तथा ठूला बसका लागि रु एक हजार पाँच सय टिकट मूल्य तोकिएको उहाँको भनाइ छ ।

कम्पनीले अफरका रुपमा जतिको टिकट छ त्यो बराबरको नै रेष्टुरेन्टमा सेवा लिन सक्नेगरी गिफ्ट भौचरको व्यवस्था गरेको रेष्टुरेन्टका प्रबन्धक प्रकाश श्रेष्ठले बताउनुभयो । बन्दीपुरहिलअन्तर्गत पाँचतारे होटल, नवीन टावर, स्काई डाइनिङ, फ्लाई डाइनिङ, स्काई वार, हेल्थ क्लब, ग्राउण्ड डाइनिङ, एक हजार क्षमताको बैङ्क्विट हल, सुभिनार सप, स्काई वाल्क, एज वाल्क, ग्लास वाक थुर, जिपलाइन, बन्दिपुर–सिद्धगुफा चियर लिफ्टलगायत साहसिक पर्यटकीय मनोरञ्जनका पूर्वाधार समेटर ‘बन्दीपुरहिल’ ब्राण्डमा परियोजना अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

उक्त परियोजनाको कूल लागत रु छ अर्ब २९ करोड पुग्ने जनाइएको छ । सबै पूर्वाधार आगामी दुई वर्षभित्र सम्पन्न भई सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com