सुनाखरीको राजधानीमा ‘प्रथम पञ्चासे जैविक विविधता सम्मेलन’


प्रकाशित मिति : चैत्र २८, २०८० बुधबार

गण्डकी: सुनाखरीको राजधानीको उपमा पाएको पञ्चासेस्थित कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरे देउरालीमा आगामी वैशाख १ गतेदेखि ३ गतेसम्म प्रथम पञ्चासे जैविक विविधता सम्मेलन हुने भएको छ ।

‘पञ्चासेको सान जैविक विविधता र पर्यापर्यटन’ भन्ने मूल नाराका साथ पञ्चासे ईको टुरिजम प्रालिको आयोजनामा पञ्चासे पर्यापर्यटन महोत्सव तथा प्रथम पञ्चासे जैविक विविधता सम्मेलन गर्न लागिएको हो ।

शान्त पर्यापर्यटन र जङ्गल परिभ्रमणकसँगै ग्रामीण क्षेत्रको पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ शान्त पर्यावरणीय मेलाका रुपमा कार्यक्रमलाई अघि बढाइको पञ्चासे ईको टुरिजमका अध्यक्ष नवराज पौडेलले जानकारी दिनुुभयो । उहाँका अनुसार वैशाख १ गते विशेष पर्यावरणीय पदयात्रा गरी उद्घाटन गरिने छ भने वैशाख २ गते विशेष सत्रका रुपमा कार्यपत्र प्रस्तुति सँगसँगै सुनाखरी, चरा र जैविक विविधता अवलोकनको कार्यमूलक सत्र सञ्चालन गरिनेछ ।

तेस्रो दिन योगा, आध्यात्म शिविर र जङ्गल परिभ्रमण पदयात्रा गरी जङ्गलकै बीचमा सुनाखरी सत्र सञ्चालन गरी कार्यमूलक अवलोकन गरिनेछ । सम्मेलनमा जैविक विविधता विज्ञ डा हुम गुरुङ, सुनाखरी वैज्ञानिक भक्तबहादुर रस्कोटी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकीका सचिव डा रामचन्द्र कँडेल, अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप० गण्डकीका प्रमुख डा रवीन कडरिया, पर्यटन विज्ञ डा रामजी शर्मा, पर्यटन विज्ञ डम्बर पुन, चरा विज्ञ मनसान्त घिमिरे, वुद्धिजीवी डा अमर नागिलालगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थानीय सांस्कृतिक कार्यक्रम, ट्होटें र गुरुङ संस्कृतिमा आधारित रोधीसमेत सम्मेलनमा प्रस्तुत गरिने छ । सम्मेलनलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नका लागि आवधिक रुपमा सञ्चालन गर्दै लैजाने तयारी गरिएको छ ।

आगामी वर्षदेखि पञ्चासे ईको टुरिजम प्रालिले पञ्चासे सांस्कृतिक कार्यक्रम, पञ्चासे पर्यापर्यटन महोत्सव र पञ्चासे जैविक विविधता सम्मेलन गरी वार्षिक तीनवटा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com