जङ्गली हात्तीको आक्रमणबाट दुई घाइते


प्रकाशित मिति : चैत्र ५, २०८० सोमबार

two elephants near trees

मोरङको सुन्दरहरैँचा नगरपालिका(६ मा जङ्गली हात्तीको आक्रमणमा परी दुई जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिनु भयो ।

घाँस काट्न शिवम् साझेदारी वनमा गएका बेला उनीहरूलाई हात्तीले आक्रमण गरेको उहाँको भनाइ छ । जङ्गलमा घाँस काट्ने क्रममा हात्तीसँग जम्काभेट हुँदा श्रेष्ठ र रायलाई आइतबार साँझ ५ बजेतिर हात्तीले आक्रमण गरेको थियो ।

हात्तीले श्रेष्ठको खुट्टामा कुल्चिएको र रायलाई सुँडले हानेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र रायको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सुन्दरहरैँचा क्षेत्रमा १५र२० वटाको संख्यामा हात्ती रहेको स्थानीयले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com