स्टेज ४ स्तन क्यान्सर विरुद्ध अमेरिकाको टेक्सासमा आईसीयुमा मनिषा श्रेष्ठ, सहयोगको अपिल


प्रकाशित मिति : फाल्गुन २२, २०८० मंगलबार

अमेरिकाको टेक्सासमा ३५ बर्षीया मनिषा श्रेष्ठ डंगोल स्टेज ४ स्तन क्यान्सरविरुद्ध आईसीयुमा संघर्ष गरिरहेकी छिन् । क्यान्सर उनको फोक्सो र मस्तिष्कमा फैलिएको छ भने फेब्रुअरी २६ देखि उनी डलासमा रहेको युनिभर्सिटी अफ टेक्सास साउथवेस्टर्न मेडिकल सेन्टरमा आईसीयुमा उपचाररत रहेकी छिन् । मस्तिष्कको ट्युमरलाई लक्षित गर्ने प्रारम्भिक तीन विकिरण थेरापी सफल साबित भएका छन् भने थप दुई सेसन बाँकी रहेका छन्।

जुन २०२३ मा उनलाई मेटास्टेटिक ट्रिपल नेगेटिभ स्तन क्यान्सर भएको पत्ता लागेको थियो । त्यसबेलादेखि यो चरण ४ मा बढेको छ । क्यान्सर अन्य अंगहरूमा फैलिइसकेको छ । डाक्टरहरूको निर्देशन अनुशार जुन २०२३ मा किमोथेरापी सुरु गरिएको थियो । किमोथेरापीका १४ राउन्ड र धेरै सीटी स्क्यानहरू पार गरिसकेपछि डिसेम्बर २०२३ मा मुखबाट औषधि दिन थालिएको थियो ।

फेब्रुअरी १२ देखि फेब्रुअरी १५ सम्म युनिभर्सिटी अफ टेक्सास साउथवेस्टर्न मेडिकल सेन्टरमा इमर्जेन्सीमा गएर सीटी स्क्यान गर्दा मस्तिष्कलाई असर गर्ने बायाँ स्तनको मेटास्टेटिक क्यान्सर पत्ता लागेको थियो । जसले उनको हिड्ने र सुत्ने लगायतका दैनिक गतिविधिहरूमा प्रभाव पारेको थियो । चुनौतीहरूको बावजुद आफ्नो यात्रालाई अरूको लागि सचेतना र प्रेरणाको ज्योतिको रूपमा सेवा गर्ने कामना गर्दै मनिषाले सहयोगको अपिल गरेकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१ लाख ५० हजार डलरको लक्ष्य सहित सुरु गरिएको अभियानमा यो समाचार तयार पार्दासम्म ९ हजार ६ सय ६९ डलर संकलन भएको छ । यदि तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

आर्थिक सहयोगबाट औषध र विशेष उपचारहरू सहित अतिरिक्त चिकित्सा खर्चहरू कभर गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । यस केन्द्रमा प्रदान गरिएको विशेष हेरचाह, यसको अग्रगामी उपचारका लागि प्रख्यात रहेको र आफूलाई दृढ रहन बल र यस शक्तिशाली क्यान्सरमाथि विजयको आशा प्रदान गर्ने उनले बताएकी छिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com