अमेरिकामा १८ सय डलरको चेक दावी गर्ने अन्तिम मिति मे १७ सम्ममात्र


प्रकाशित मिति : जेष्ठ २, २०८१ बुधबार

person holding fan of us dollar bill

कोरोना महामारीको समयमा सन् २०२० मा तपाईले कम्तीमा १८ सय डलरको राहत चेक पाउन छुटाउनुभएको थियो ? यदि छुटाउनुभएको थियो भने उक्त रकम दावी गर्ने अन्तिम मिति मे १७ सम्ममात्र रहेको आईआरएसले जानकारी दिएको छ । आईआरएसले  सन् २०२० मा कोरोना महामारीको राहत चेक पाउन छुटाएकाहरु रिकभरी रिबेट क्रेडिटको हकदार हुन सक्नेभन्दै उनीहरुलाई ट्याक्स फाइल गर्न स्मरण गराउनुका साथै रकम दाबी गर्न समय सकिन लागेको जानकारी दिएको छ ।

२०२० मा ट्याक्स रिटर्न फाइल नगरेका कारण उक्त क्रेडिट नपाएकाहरुका लागि कानूनी समय सीमा मे १७, २०२४ हो। रिकभरी रिबेट क्रेडिट भनेको २०२० र २०२१ मा वितरित एक वा बढी राहत चेक प्राप्त नगर्ने व्यक्तिहरूको लागि रिफण्ड हुने क्रेडिट हो । योग्य करदाताहरूले रिकभरी रिबेट क्रेडिट दाबी गर्न पहिले कर रिटर्न फाइल गर्नुपर्छ। २०२० को राहत चेकका लागि दावी गर्ने अवधि मे १७ सम्म भएपनि २०२१ को राहत चेकका लागि दावी गर्ने अवधि भने सन् २०२५ को अप्रिल १५ सम्म रहेको छ ।

२०२० को रिकभरी रिबेट क्रेडिटको रकम तपाईंको फाइलिङ स्थिति र २०२० मा तपाईंले योग्य आश्रितहरूको संख्यामा निर्भर गर्दछ। पहिलो चरणको राहत चेकमा एकल फाइल गर्नेहरुले १२ सय डलरसम्म, संयुक्त फाइल गर्ने विवाहित जोडीहरूले २४ सय डलरसम्म र हरेक योग्य आश्रितका लागि ५ सय डलरसम्म पाएका थिए । सन् २०२० कै दोश्रो चरणको राहच चेकमा एकल फाइल गर्नेहरुले ६ सय डलरसम्म, संयुक्त फाइल गर्ने विवाहित जोडीहरूले १२ सय डलरसम्म र हरेक योग्य आश्रितका लागि ६ सय डलरसम्म पाएका थिए । यही रकम दावी गर्नका लागि आईआरएसले स्मरण गराएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रिफण्ड लिन बाँकी रहेका करदाताहरूले तीनबर्षभित्र ट्याक्स फाइल गरेको खण्डमा मात्र रिफण्ड रकम पाउन सक्छन् । २०२० ट्याक्स फाइलका लागि उक्त तीनबर्षको अवधि आगामी मे १७ मा समाप्त हुन्छ । किनभने उक्त करबर्षका लागि ट्याक्स फाइल गर्ने डेडलाइन सन् २०२१ को मे १७ सम्म थियो । कोरोना महामारीका कारण त्यतीबेला डेडलाइन नियमितको तुलनामा एकमहिना थप गरिएको थियो ।

आईआरएसले २०२० को लागि ट्याक्स रिटर्न फाइल नगरेका अन्य व्यक्तिहरूलाई उनीहरूको रेकर्ड जाँच गर्न स्मरण गराएको छ । किनभने तिनीहरूले सम्भावित रिफण्ड रकमलाई बेवास्ता गरिरहेका हुन सक्छन् जुन मे १७ पछि उपलब्ध हुनेछैन। तर आईआरएसले सकभर मे १५ अगाडि फाइल गर्न सुझाव दिएको छ ।

२०२० र २०२१ को रिकभरी रिबेट क्रेडिटको लागि योग्य हुन सामान्यतया सम्बन्धित वर्षमा अमेरिकी नागरिक वा अमेरिकी निवासी व्यक्ति हुनु आवश्यक छ । अर्को करदाताको आश्रित हुनु हुँदैन भने ट्याक्स फाइल गर्ने अन्तिम मिति अघि नै जारी गरिएको सोसल सेक्युरिटी नम्बर हुनु आवश्यक छ। थप रूपमा २०२० को रिकभरी रिबेट क्रेडिट २०२० वा पछि मृत्यु भएको व्यक्तिको लागि समेत दाबी गर्न सकिन्छ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com