अमेरिकाको ओहायोमा बेपत्ता चन्द्रमाया पौडेलको शव फेला, पति जेम्स रिमालविरुद्ध हत्या अभियोग


प्रकाशित मिति : फाल्गुन १५, २०८० मंगलबार

अमेरिकाको ओहायोको क्युयाहोगा फल्स निवासी बेपत्ता महिला चन्द्रमाया पौडेल रिमालको शव आज मंगलबार बिहान स्टो र केन्टको सिमानामा फेला परेको प्रहरीले जनाएको छ । उनका पति जेम्स रिमालविरुद्ध हत्याको अभियोग लगाइएको छ। उनीहरु दुबैजना नेपालीभाषी भुटानी भएको र शरणार्थीका रुपमा अमेरिका आएको जनाइएको छ ।

३३ वर्षीया चन्द्रमाया पौडेल–रिमालको शव आज बिहान ११ बजेतिर मिडलबरी रोडको समिट मेट्रो पार्क फ्रिडम ट्रेल नजिकैको जंगलमा फेला परेको प्रहरीले पुष्टि गरेको छ । समिट काउन्टी मेडिकल परीक्षक अधिकारीले तुरुन्तै मृत्युलाई शङ्कास्पद भनेर उल्लेख गरेका थिए ।

उनी गत बुधबार बिहान बेपत्ता भएको रिपोर्ट गरिएको थियो । उनका पति ३३ बर्षीय जेम्स रिमालले फेब्रुअरी २१ मा चन्द्रमाया आफ्नो कुयाहोगा फल्सको घरबाट बेपत्ता भएको अधिकारीलाई बताएका थिए । आफू बिहान ९ बजे उठ्दा पत्नी चन्द्रमाया हराएको उनले अधिकारीहरुलाई बताएपछि उनको खोजी सुरु गरिएको थियो । प्रहरीले उनीहरुको घर र वरपरको क्षेत्रमा खोजी गरी छिमेकीसँग सोधपुछ गरेको थियो ।

हत्या अभियोग लागेका पति जेम्स रिमाल

केन्ट प्रहरीले चन्द्रमायाको शव फेला पारेपछि जेम्स रिमाललाई पक्राउ गर्न वारेन्ट जारी गरिएको थियो । मंगलबार प्रहरीले जेम्स रिमाललाई पक्राउ गरिसकेको छ । उनी अस्पतालमा भर्ना भएको र सार्वजनिक सुरक्षाको लागि खतरा नभएको अधिकारीहरुले बताएका छन् । तर उनी के रोगका कारण अस्पतालमा भर्ना भएका हुन् भन्नेबारे केही बताइएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रिमालविरुद्ध हत्या, घाँटी थिचेको, प्रमाणसँग छेडछाड गरेको, घरेलु हिंसा गरेको, प्रहरीलाई झुठो विवरण दिएको र शवको दुरुपयोग गरेको लगायतका अभियोगहरु लगाइएको छ । शवको पोस्टमार्टम रिपोर्ट फागुन २८ गते बुधबार आउने जनाइएको छ ।

ओहायो ब्यूरो अफ क्रिमिनल इन्भेस्टिगेशनले अपराधबारे अनुसन्धान गरिरहेको छ । अधिकारीहरूले चन्द्रमायाको मृत्युको वरपरका परिस्थितिहरूमा गहिरो अनुसन्धान गरिरहेका छन्। चन्द्राको निधनमा शोक व्यक्त गर्दै उनको दुखद मृत्युको लागि न्याय खोज्दै समुदाय शोकमा डुबेको छ ।

फोटो : क्युयाहोगा फल्स प्रहरी विभाग

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com