भारतद्धारा पहिलो मानव अन्तरिक्ष उडान गगनयानका यात्रीको नाम घोषणा


प्रकाशित मिति : फाल्गुन १५, २०८० मंगलबार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२४–२५ मा प्रक्षेपण हुने भारतको पहिलो मानव अन्तरिक्ष उडान गगनयान कार्यक्रम योजनाको हिस्सा हुने चार अन्तरिक्ष यात्रीको नाम घोषणा गर्नुभएको छ ।

तिनीहरूमा भारतीय वायुसेनाबाट छानिएका चार पाइलट समूह क्याप्टेन प्रशान्त नायर, समूह क्याप्टेन अजीत कृष्णन, समूह क्याप्टेन अङ्गद प्रताप र विङ कमान्डर शुभांशु शुक्ला हुनुहुन्छ । चारै अन्तरिक्ष यात्रीलाई रुसको युरी गागारिन कस्मोनट ट्रेनिङ सेन्टरमा प्रशिक्षित गरिएको थियो ।

मङ्गलबार सन् २०३५ सम्म मुलुकसँग आफ्नो अन्तरिक्ष स्टेसन हुने र यसले त्यहाँको अज्ञात विस्तारको अध्ययनमा सहयोग गर्ने बताउनुभएको छ । तिरुवनन्तपुरममा विक्रम साराभाई अन्तरिक्ष केन्द्र भिएसएससी मा सम्बोधन गर्दै उहाँले भारतीय अन्तरिक्ष यात्री आफ्नै रकेटबाट चन्द्रमाको सतहमा अवतरण हुने बताउनुभयो ।

“सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नै अन्तरिक्ष स्टेसन हुनेछ, उहाँले भन्नुभयो । प्रधानमन्त्री मोदीले २१औँ शताब्दीमा भारत एउटा गतिशील वैश्विक खेलाडीका रूपमा उदाइरहेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले गगनयान मिसनमा प्रयोग गरिएका उपकरण अधिकांश भारतमा बनेकामा खुशी प्रकट गर्नुभयो । “गगनयानमा प्रयोग गरिएका अधिकांश उपकरण भारतमा बनेको थाहा पाउँदा मलाई अत्यन्त खुशी लागेको छ, यो कस्तो ठूलो संयोग हो कि भारत विश्वको शीर्ष तीन अर्थतन्त्र बन्नका लागि अगाडि बढिरहेको छ, यही समयमा भारतको गगनयान पनि छ जसले हाम्रो अन्तरिक्ष क्षेत्रलाई नयाँ उचाइमा लैजाँदैछ”, उहाँले भन्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com