एसाइलमलाई गाह्रो बनाउने र बोर्डर बन्द गर्ने अधिकारसहितको बिलमा दुबै दलका सिनेटरबीच सम्झौता
प्रकाशित मिति : माघ २१, २०८० आईतबार
WASHINGTON, DC – NOVEMBER 29: U.S. Senate Majority Leader Chuck Schumer (D-NY) gives a thumbs up after speaking on the phone with his daughter Alison, and Alisons wife from his office after the Senate voted on the Marriage Equality Act at the Capitol Building on November 29, 2022 in Washington, DC. The Senate voted 61-36 in favor of the measure providing federal recognition and protection for same-sex and interracial marriages. Anna Moneymaker/Getty Images/AFP (Photo by Anna Moneymaker / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)
महिनौंको वार्ता पछि सिनेटका वार्ताकारहरूले आइतवार एक व्यापक द्विपक्षीय सीमा सुरक्षा सम्झौता सार्वजनिक गरेका छन् । यो सम्झौताको उद्देश्य आप्रवासीहरूलाई विनाभिसा अमेरिका मेक्सिको सीमा पार गर्न निरुत्साहित गर्नु रहेको छ । रिपब्लिकन र डेमाक्रेटिक सिनेटहरुबीच भएको यो सम्झौतामा बुधवार पहिलो प्रक्रियात्मक मतदान हुने जनाइएको छ ।
यो सम्झौताले अमेरिकालाई दक्षिणी सिमानामा विनाभिसा आप्रवासी क्रसिङलाई उल्लेखनीय रूपमा प्रतिबन्ध लगाउन सशक्त बनाउने लक्ष्य राखेको छ। यदि यो पारित भयो भने यसले दशकहरूमा पहिलो पटक अध्यागमन कानूनलाई नाटकीय रूपमा परिवर्तन गर्नेछ। यसले एसाइलमका प्रक्रियामा कमीकमजोरीहरू बन्द गर्ने प्रयास गर्नेछ भने सीमामा आप्रवासीहरूका लागि प्यारोलको प्रयोगलाई सीमित गर्नेछ । यो बिलले विनाभिसा सीमा पार गर्ने प्रयासहरू बढी भएमा सिमा नाका बन्द गर्ने अधिकार राष्ट्रपतिलाई दिनेछ ।
यो प्याकेज ११८ दशमलव २ बिलियन डलरको छ । बिलमा युक्रेनलाई रुस विरुद्धको युद्धमा सहयोग गर्न ६० बिलियन डलर, इजरायलको सुरक्षा सहयोगमा १४ दशमलव १ बिलियन डलर, नयाँ सीमा नीतिका लागि स्रोत उपलब्ध गराउने लगायत सीमामा परिचालन आवश्यकता र क्षमताका लागि २० दशमलव २३ बिलियन डलर समावेश गरिएको छ । यो रकम राष्ट्रपति जो बाइडेनले सुरुमा सीमा सुरक्षाका लागि अनुरोध गरेको रकम १४ बिलियन डलरभन्दा बढी हो ।
एक हप्ताको अवधिमा दैनिक औसत ४ हजार आप्रवासीहरू विनाभिसा प्रवेश गर्न खोजेको रेकर्ड कायम भएमा यो सम्झौताले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीलाई नयाँ संकटकालिन अधिकार दिनेछ। एकहप्ताको अवधिमा विनाभिसा प्रवेश गर्न खोज्ने आप्रवासीको थ्रेसहोल्ड नाघेपछि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरीले आप्रवासीहरूलाई गैरकानूनी रूपमा सीमा पार गरेको खण्डमा शरण खोज्नबाट ठूलो मात्रामा प्रतिबन्ध लगाउने निर्णय गर्न सक्छन् ।

यदि आप्रवासी क्रसिङहरू दिइएको हप्तामा प्रति दिन औसतमा ५ हजारभन्दा माथि बढ्यो भने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई नयाँ अधिकार प्रयोग गर्न आवश्यक हुनेछ। यो नयाँ अधिकार तीन वर्षका लागिमात्र हो । आप्रवासीहरूले अझै पनि पोर्ट अफ इन्ट्रीमा शरण खोज्न सक्छन्। यो बिलले सरकारले पोर्ट अफ इन्ट्रीमा १,४०० एसाइलम आवेदनहरू प्रशोधन गर्न आवश्यक हुने प्रकृयालाई संहितावद्ध गर्नेछ, साथै एसाइलमको मापदण्डलाई बढाउनुका साथै प्रक्रियालाई छिटो बनाउनेछ ।
शरणको लागि योग्य नभएकाहरूलाई तुरुन्तै देशनिकाला गरिनेछ। सम्झौताले एसाइलमका लागि १० वर्षसम्म लाग्न सक्ने वर्तमान प्रणालीको तुलनामा छ महिना भित्र मुद्दाहरू विचार गर्नेगरी एसाइलम प्रकृयालाई गति दिने लक्ष्य राखेको छ। यसले आप्रवासीहरूलाई उनीहरू शरणका लागि योग्य छन् भनी प्रमाणित गर्न अझ गाह्रो बनाउनेछ। यो सम्झौता बिलका रुपमा पारित भए पनि कार्यान्वयन हुनभने केहीसमय लाग्नसक्छ । यो कार्यान्वयनका लागि धेरै स्रोतहरू चाहिनुका साथै अतिरिक्त कर्मचारीहरूको भर्ना आवश्यक हुनेछ । जसमा प्रायः महिनौं लाग्नसक्छ ।
सिनेट वार्ताकारहरूले उनीहरूले सम्झौताको गलत व्याख्या भएको बताएका छन्। किनभने सिनेटको प्याकेजले प्रत्येक दिन हजारौं आप्रवासीहरूलाई अमेरिका प्रवेश गर्न अनुमति दिने रुढीवादीहको तर्क छ । यदि संसद बिल पारित गर्न असफल भएमा सांसदहरूले सीमा र अध्यागमन उपायहरूबाट अलग युक्रेन, इजरायल र ताइवानलाई सहायता गर्ने कि नगर्ने भन्नेबारे निर्णय गर्नुपर्नेछ।





