‘स्कोर रद्दपछि अमेरिकामा रेसिडेन्सी गरिरहेका दर्जनौं नेपाली डाक्टर समस्यामा’: डा. विनोद शाह


प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार

युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एग्जामिनेशन युएसएमएलईले अनियमितता भन्दै नेपालका कैयन परीक्षार्थीहरूले प्राप्त गरेको स्कोर रद्द गरेपछि त्यसले अमेरिकामा रेसिडेन्सी गरिरहेका र गर्न आउने डाक्टरहरुलाई मानसिक, आर्थिक र शैक्षिक क्षति पुगेको एसोसिएसन अफ नेपाली फिजिसियन इन अमेरिकाका अध्यक्ष डा. विनोद शाहले बताएका छन् । परीक्षार्थीमध्ये धेरैले असामान्य रूपमा एकै ढाँचामा उत्कृष्ट नतिजा ल्याएपछि युएसएमएलईले नतिजालाई रद्द गरेका कारण अमेरिका आइसकेका दर्जनौं नेपाली डाक्टरहरु समस्यामा परेको डा. विनोद शाहले खसोखासलाई जानकारी दिए ।

डा. शाहले भने – ‘विद्यार्थीहरुले तीन चरणका परीक्षाहरु दिएकोमा अनियमितताको आशंका गर्दै कसैको पहिलो चरणको, कसैको दोश्रो चरणको, कसैको तेश्रो चरणको परीक्षाको नतिजा रद्द गरिएको छ । कसैको दुईवटा चरणको त कसैको एउटामात्र चरणको रद्द गरिएको छ । कतिपयको तीनवटै चरणको रद्द गरिएको जानकारी आएको छ । जसका कारण अमेरिका आएर रेसिडेन्सी गरिरहेकाहरुको भिसामा समेत समस्या हुने देखिएकाले हामीले यसबारे कानुन व्यवसायीसँग पनि परामर्श सुरु गरेका छौं ।’

अमेरिकामा म्याचिङ कार्यक्रममा समावेश भएर रेसिडेन्सी गरिरहेकाहरुको पहिलो वा दोश्रो चरणको मध्ये कुनै वा दुबै नतिजा रद्द हुँदा उनीहरुको रेसिडेन्सी नै खारेज हुने भएकाले उनीहरु थप समस्यामा परेको डा. शाहले जानकारी दिए । तर तेश्रो चरणको मात्र नतिजा रद्द भएका र रेसिडेन्सी गरिरहेकाहरुको रेसिडेन्सी तत्काल खारेज नहुन सक्ने भएतापनि उनीहरुले तेश्रो चरणको अर्को परीक्षा दिएर उत्तिर्ण नगरेसम्म अमेरिकामा अभ्यास गर्नका लागि लाइसेन्स भने प्राप्त गर्न नसक्ने डा. शाहले जानकारी दिए ।

नेपालमा डाक्टर भइसकेपछि उच्च शिक्षाका लागि वा अमेरिकामा अभ्यासका लागि आउन चाहनेहरुले युएसएमएलई परीक्षा उत्तिर्ण गर्नुपर्छ । युनिभर्सिटी सम्बद्ध अस्पतालमा रेसिडेन्सी गरिसकेपछि तीनवटै चरणका युएसएमएलई परीक्षा उत्तिर्ण गरेकाहरुले अमेरिकामा अभ्यासको लागि लाइसेन्स प्राप्त गर्न सक्छन् । तर न्यूनतम २ वटा चरणका युएसएमएलई परीक्षा उत्तिर्ण गरेपछि अमेरिकामा म्याचिङ कार्यक्रममा समावेश हुन पाउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसरी म्याचिङ कार्यक्रममा समावेश भएकाहरुको रेसिडेन्सी खारेज हुँदा ग्रिनकार्डवाहक वा अमेरिकी नागरिकता प्राप्त गरिसकेका व्यक्तिहरु भएको खण्डमा अध्यागमन स्थीतिबारे झन्झट नहुने भएतापनि जे वा एच भिसामा भएकाहरुलाई भने अध्यागमन स्थीतिका सन्दर्भमा समेत समस्या हुने देखिएको छ । उनीहरुले या त स्टाटस परिवर्तन गर्नुपर्ने वा अमेरिका छाड्नुपर्ने अवस्था आउनसक्ने कानुन व्यवसायीहरुको भनाई छ । यस्तो अवस्थामा रहेकाहरुलाई तत्काल लाइसेन्सप्राप्त कानुन व्यवसायीसँग परामर्श गर्न समेत सुझाव दिइएको छ ।

नतिजा रद्द भएका एकजना नेपाली डाक्टरले भने – ‘हामीलाई अन्याय भएको छ । हामीले मिहिनेत गरेर उत्तिर्ण गरेका थियौं । अमेरिकामा नै पढेर जाँच दिएको पनि रद्द भयो । त्यसबाट हामीलाई ठूलो मर्का परेको छ ।’

युएसएमएलईले नजिता रद्द गर्दा म्याचिङ भइसकेकाहरुमात्र नभई प्रि म्याच साइन गरेका डाक्टरहरु पनि प्रभावित भएको डा. विनोद शाहले जानकारी दिए । अब नयाँ आउनेहरुलाई पनि गाह्रो भएको तथा नतिजा रद्द भएकाहरु म्याचबाट आउट भएको उनले बताए । युएसएमएलईले नेपाललाईमात्र औल्याएकाले नेपालीहरुको बदनाम भएको र भविश्यमा मेडिकल शिक्षण संस्थाहरु नेपाली डाक्टरहरुलाई म्याच गराउन हिचकिचाउने सम्भावना बढेको शाहले बताए ।

अमेरिकामा झण्डै १ हजार नेपाली डाक्टरहरु रहेका छन् भने रेसिडेन्सी र फेलोसिपमा झण्डै ३ सय डाक्टरहरु रहेको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com