अमेरिका: रक्सी खाएर गाडी चलाउने कागजपत्रविहिनलाई देशनिकाला गरेर प्रतिबन्ध लगाउने बिल पारित


प्रकाशित मिति : माघ १८, २०८० बिहीबार

The US Capitol in Washington, DC, on February 6, 2023, ahead of US President Joe Biden’s State of the Union address on February 7. (Photo by SAUL LOEB / AFP)

रक्सी खाएर गाडी चलाउने कागजपत्रविहिनलाई देशनिकाला गरेर अमेरिका प्रवेशमा सधैका लागि प्रतिबन्ध लगाउने बिल अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाका रक्सी खाएर गाडी चलाउँदा पक्राउ परेका कागजपत्रविहिन आप्रवासीहरूलाई देश निकाला गर्ने बिल पारित गर्न बिहिबार ५९ डेमोक्र्याटहरूले रिपब्लिकनहरुलाई साथ दिएका थिए । बिल २७४ भोटका साथ पारित भयो भने १५० डेमोक्र्याटहरूले विलबो विपक्षमा भोट हालेका थिए ।

संसदमा बिल ल्याउने रिपब्लिकन सांसद ब्यारी मुरले अमेरिकामा प्रत्येक ४५ मिनेटमा खराब चालकका कारण भएका दुर्घटनामा कसै न कसैको मृत्यु हुने गरेको र आफूले आफ्नो निर्वाचन क्षेत्रका दुई युवा नवविवाहितलाई मदिराको नशामा गाडी चलाउने कागजपत्रविहिन आप्रवासीले गराएको दुर्घटनामा गुमाएको बताए । यो बिलले मादक पदार्थ सेवन गरेर गाडी चलाएको अभियोग लगाइएका र गैरकानूनी रूपमा अमेरिकामा रहेका व्यक्तिहरूलाई स्वत देशनिकालाका लागि योग्य बनाउनुका साथै अमेरिका प्रवेशमा स्थायी रूपमा रोक लगाउँछ ।

मादक पदार्थ सेवन गरेर गाडी चलाउनु पहिले नै केही अवस्थाहरूमा देशनिकालाका लागि हो । यस्तो अवस्थामा तिनीहरूले ग्रिनकार्ड प्राप्त गर्ने प्रक्रियालाई बाधा पुऱ्याउन सक्छ । तर सदनले पारित गरेको बिलले राज्य र संघीय कानूनको बीचको द्वन्द्वलाई लक्षित गरेको जसले कहिलेकाँही विगतको मादक पदार्थ सेवन गरेर गाडी चलाएका कारण दिइएको सजायहरूलाई अध्यागमन मुद्दामा विचार गर्न अनुमति दिन्छ। यो बिल सिनेटबाट पनि पारित भएमा पहिले नै अमेरिकामा रहेर ग्रिनकार्ड आवेदन दिनेहरुलाई पनि सबैभन्दा ठूलो प्रभाव पार्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत महिना मात्रै चार पटक देशनिकाला गरिएका एल साल्भाडोरका एक कागजविहीन आप्रवासीले रक्सी खाएर गाडी चलाउदा भएको कार दुर्घटनामा आमा र छोराको मृत्यु भएको थियो । रिपब्लिकनहरूले लामो समयदेखि कडा अध्यागमन कानून र सीमा सुरक्षा उपायहरूका लागि जोड दिदै आएका छन् । तर मुद्दाहरूले यस वर्ष विशेष स्थान लिएका छन् । किनभने अध्यागमन कानून र सिमा सुरक्षाबारे मतदाताहरु चिन्तित रहेको सर्वेक्षणहरुले देखाएको छ ।

राष्ट्रपति जो बाइडेनले पनि सिनेट र ह्वाइट हाउसका वार्ताकारहरूबीच सहमतिको प्रयास भइरहेका बिलहरु टुंगो लागेमा अमेरिका मेक्सिको सीमा बन्दगर्ने वाचा गरेका छन् । यद्यपी ह्वाइट हाउस र यसका सहयोगीहरूले रिपब्लिकनहरूलाई सीमासँग राजनीतिक खेल खेलेको आरोप लगाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com