वाशिङटन डिसीमा भब्य तीज महोत्सब


प्रकाशित मिति : भाद्र ८, २०७४ बिहीबार

अमेरिकाको वाशिङटन डिसीमा अमेरिकाकै सबैभन्दा ठुलो र भब्य कार्यक्रम तीज महोत्सब अमेरिका – २०७४ दुर्गा मन्दिर फेयरफ्याक्समा भब्य रुपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटी,  सोसाइटी अफ अमेरिकन नेपालीज नर्सेस, अमेरिका  र महिलाहरुको संस्था अमेरिका नेपाल महिला संघको संयुक्त आयोजनामा आयोजित तीज महोत्सब २०७४ मा करिब तीन हजार नेपालीहरु सहभागी भएका थिए । तीज महोत्सब कार्यक्रम आयोजक संस्थाहरुका अध्यक्षहरु र निर्णयकहरु नाचेर शुरु गरिएको थियो भने कार्यक्रममा उपस्थित हजुर बा, हजुर आमा, बा र आमाहरुलाई अतिथि बनाइएको थियो ।

तीज महोत्सबमा स्वागत भासण गर्दै आयोजक अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनालले तीजको सँस्कृती जगेर्ना गर्दै नेपालका बाढी पीडितहरुका लागि सहयोग सँकलनका लागि समेत कार्यक्रम आयोजना गरिएको बताउनुभयो । अमेरिकामा अन्तर्राष्ट्रिय कलाकार मँचले शुरु गरेको तीज महोत्सब आज अमेरिका र संसार भरी फैलिएको बताउँदै खनालले तीज महोत्सबमा सहभागी र सहयोगी सबैलाई धन्यवाद दिनुभयो ।

अनेसास महासचिब भुप नारायण घर्ति मगरको सँचालनमा सम्पन्न उक्त कार्यक्रमका लागि दुर्गा मन्दिरले निशुल्क हल उपलब्ध गराएको थियो । उपस्थित सहभागिहरुलाई आयोजक चारै संस्थाहरुले निशुल्क तीजको दर खुवाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तीज महोत्सबमा सभापतित्व गरिरहेकी सँयोजक एबमसोसाइटी अफ अमेरिकन नेपालीज नर्सेस अध्यक्ष मन्जु सँग्रौलाले तीज महोत्सब सम्पन्न गर्न सहयोग गर्ने सबै प्रती आभार प्रकट गर्दै तीज सम्बन्धी अाफ्ना मन्तब्य राख्नुभएको थियो भने अर्का आयोजक अमेरिका नेपाल महिला संघ  अध्यक्ष बिजया शाहको धन्यवाद ज्ञापनमा सम्पन्न भएको तीज महोत्सबमा भुप नारायण घर्ति मगर, रजनी श्रेष्ठ, पुस्कर पन्त, मन थापा मगर, प्रकाश नेपालले पालै पालो  ६  घण्टा लामो कार्यक्रम सँचालन गर्नुभएको थियो ।

नेपालका बाढी पीडितहरुका लागि कार्यक्रम स्थलमै पारदर्शी ढंगले सहयोग सँकलन गरी सहभागीहरु कै बिचमा पारदर्शी ढंगले नै पैसा गणना गरिएको थियो । उक्त कार्यक्रममा सहयोग गर्ने सबैको नाम रकम विवरण बाटइेको थियो । उक्त सहयोग सँकलनमा चार हजार नौ डलर अर्थात करिब चार लाख नेपाली रुपैयाँ सहयोग सँकलन भएको घोषणा गर्दै महोत्सबका सदस्य सचिब भुप नारायण घर्ति मगरले भरपर्दो माध्यम बाट आयोजकहरुको सल्लाह अनुसार नेपाल पठाइने घोषणा गर्नुभयो ।

कार्यक्रममा तीज मेला पनि आयोजना गरिएको थियो ।   अमेरिकामा अन्तर्राष्ट्रिय कलाकार मँचले सन २००८ देखी शुरु गरेको र त्यस पछि हरेक बर्ष यसै गरी तीज महोत्सब मनाउँदै अाइएको छ । शुरुमा अन्तर्राष्ट्रिय कलाकार मँच एक्लैले आयोजना गर्ने गरेको कार्यक्रम पछिल्लो समयमा मँचले अरु बिभिन्न संघ संस्थालाई पनि समाबेश गर्दै आएको छ ।

कार्यक्रममा नायिका सज्जा मैनाली, साहित्यकार तथा गीतकार अम्बिका गुरुङ र समाजसेबी रिता तिवारीलाई आयोजक चार संस्थाहरुकोतर्फ बाट सम्मान पनि गरिएको थियो भने सबै भन्दा राम्रो नाच्ने तीन समुह हरुलाई प्रथम। द्वितिय र त्रितीय, त्यसै गरी सबै भन्दा राम्रो आकर्शक नेपाली मौलिक पोशाक लगाएर कार्यक्रममा आएका ५ जना पुरुष र ५ जना महिलाहरुलाई पनि पुरस्कार / ट्रफी प्रदान गरिएको थियो ।

कार्यक्रमका मिडिया पार्टनर नेपालमदर डट कम र इनेपालीज डट कमले कार्यक्रम को प्रत्यक्ष प्रशारण गरेका थिए । सहभागी हरु भन्दै थिए तीज महोत्सब सधैं भब्य हुन्थ्यो तर यस पटक झनै भब्य भयो म त नेपाल नै पुगेको महशुश भयो । कार्यक्रममा निर्णायकहरुका तर्फ बाट अनुपमा प्रसाइले बिजयी टिमहरुको घोषणा, स्वयमसेबक सँयोजक पुस्कर पन्त र सुमन तिम्सिनाले सबै सहयोगीहरुलाइ धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com