आफ्ना नागरिकहरुलाई २१ वटा देशको यात्रा नगर्न अमेरिकाको चेतावनी


प्रकाशित मिति : पुस १८, २०८० बुधबार

letter

Photo: Global Residence Index

आफ्ना नागरिकहरुलाई विभिन्न २१ वटा देशको यात्रा नगर्न अमेरिकाको विदेश मन्त्रालयले चेतावनी दिएको छ । ती देशहरुका सन्दर्भमा विदेश मन्त्रालयले चौथो लेभलको यात्रा सुझाव जारी गरको हो । यात्रा गर्न नहुने कारणहरु भने विभिन्न प्रकारका छन् ।

यात्रा नगर्न चेतावनी दिएका देशहरुमा अफगानिस्तान, बेलारुस, बुर्किना फासो, बर्मा, मध्य अफ्रिकी गणतन्त्र, हाइटी, इरान, इराक, लेबनान, लिबिया, माली, नाइजर, उत्तर कोरिया, रसिया, सोमालिया, दक्षिण सुडान, सुडान, सिरिया, युक्रेन, भेनेजुएला र यमन रहेका छन् ।

अमेरिकाले आफ्ना नागरिकहरुका लागि विभिन्न स्तरका ट्राभल एड्भाइजरीहरु जारी गर्दै आएको छ । पहिलो स्तरको ट्राभल एड्भाइजरी जारी भएको मुलुकमा यात्रा गर्दा सामान्य सावधानीहरु अपनाउन सुझाव दिइन्छ भने दोश्रो स्तरको ट्राभल एड्भाइजरी जारी भएको मुलुकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन सुझाव दिइन्छ ।

a passport sitting on top of a table next to a cup of coffee

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै तेश्रो स्तरको ट्राभल एड्भाइजरी जारी भएको मुलुकमा यात्रा गर्दा यात्राबारे पुनर्विचार गर्न सुझाव दिइन्छ भने चौथो स्तरको ट्राभल एड्भाइजरी जारी भएको मुलुकमा यात्रा गर्दा यात्रा नगर्न सुझाव दिइन्छ ।

डिसेम्बरमा अमेरिकी विदेश मन्त्रालयले नेपालका लागि पनि ट्राभल एडभाइजरी अपडेट गरेको थियो । नेपाल यात्रा थर्दा बढ्दो सावधानी अपनाउनुपर्ने लेभल २ मा रहेको छ । जोखिमका सूचकहरूको आवधिक समीक्षा पछि ट्राभल एडभाइजरी पुन जारी गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

पृथक राजनीतिक हिंसाको सम्भाव्यताका कारण नेपालमा यात्रा गर्दा सावधानी बढाइएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । शान्तिपूर्ण हुन खोजेका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीं हिंसामा परिणत हुन सक्छन् र नेपाली अधिकारीहरूले बल प्रयोग गर्न सक्ने ट्राभल एडभाइजरीमा उल्लेख छ ।

यदि नेपाल भ्रमण गर्ने निर्णय गरेमा प्रदर्शन र भीडबाट बच्न अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकहरुलाई सुझाव दिएको छ । त्यस्तै एक्लै पदयात्रा वा आरोहण नगर्न सुझाव दिइएको छ । नेपालको आधिकारिक राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रहरूमा पदयात्रा गर्दा एकल वा विदेशी स्वतन्त्र ट्रेकर्सलाई स्थानीय गाइड वा भरिया प्रयोग गर्नुपर्ने नेपालको सरकारी आवश्यकता पूरा गर्न सुझाव दिइएको छ ।

सन् २०२३ को जुन २३ पछि अमेरिकी विदेश मन्त्रालयले झण्डै ६ महिनापछि सोमबार नेपालका लागि ट्राभल एडभाइजरी अपडेट गरेको हो । अघिल्लो सुझावमा एक्लै पदयात्रामा नजानमात्र भनिएकोमा यसपटकमा त्यसमा विस्तार गरिएको छ । यस अगाडिको सुझावमा नेपालका पूर्वाधार, सरकारी सेवाहरू र चिकित्सा सहायता अमेरिकी मापदण्डहरू अनुरूप नहुनसक्ने उल्लेख गरिएकोमा अहिले त्यो हटाइएको छ । पहिले ट्राभल एडभाइजरी ई श्रेणीमा जारी गरिएकोमा अहिले यु श्रेणीमा जारी गरिएको छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com