बाइडेन प्रशासन अन्तरगत २०२३ मा १ लाख ४२ हजार कागजपत्रविहिनको देशनिकाला


प्रकाशित मिति : पुस १४, २०८० शनिबार

अमेरिको अध्यागमन र भन्सार प्रवर्तन एजेन्सी आइसले आर्थिक बर्ष २०२३ मा १ लाख ४२ हजार भन्दा बढी आप्रवासीहरूलाई अमेरिकाबाट देश निकाला गरेको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर हो । बाइडेन प्रशासनले अवैध सीमा पार गर्नेहरूलाई रोक्नको लागि आइसको गतिविधि तीव्र पारेको थियो । एजेन्सीको वार्षिक प्रतिवेदन शुक्रबार प्रकाशित भएको छ।

देश निकाला गरिएका मध्ये झण्डै १८,००० परिवारका रूपमा यात्रा गरिरहेका अभिभावक र बालबालिका थिए । आर्थिक २०२० मा ट्रम्प प्रशासनले देशनिकाला गरेका १४ हजार ४०० भन्दा यो संख्या बढी हो । यद्यपी गत वर्ष देशनिकालामा परेका १८ हजार परिवार एकाइहरू सोही अवधिमा सीमामा हिरासतमा लिइएका ६ लाख २१ हजार अभिभावक र बालबालिकाको तुलनामा धेरै कम हो । अधिकांशलाई अदालतको मिति पर्खन रिहा गरिएको थियो ।

संघीय अधिकारीहरूले देशनिकाला सम्बन्धि बाइडेन प्रशासनको प्रवर्तन रणनीतिको पालना भएको बताएका छन् । गैरकानूनी रूपमा सीमा पार गर्ने आप्रवासीहरू र हिंसात्मक अपराधहरू गर्ने वा अन्यथा सुरक्षा खतरा उत्पन्न गर्नेहरू देशनिकालाको प्राथमिकतामा रहेका छन् । आइसको रिपोर्टले अक्टोबर १, २०२२ देखि सेप्टेम्बर ३०, २०२३ सम्मको अवधिलाई समेटेको छ।

देशनिकालामा भएको बृद्धि आन्तरिक कारवाही भन्दा विनाभिसा सीमाक्षेत्रबाट अमेरिका आउन खोज्ने आप्रवासीहरूको उच्च संख्याको प्रतिबिम्ब हो, जसलाई बाइडेनले धेरै जसो केसहरूमा निरुत्साहित गरेका छन्। आइसले अन्तरदेशीय आपराधिक संगठनविरुद्ध र राष्ट्रिय सुरक्षा तथा सार्वजनिक सुरक्षाका खताराहरु हटाउन काम गरिरहेको आइसका अधिकारीले बताएका छन् । अमेरिकी अध्यागमन कानूनको अखण्डतालाई समर्थन गर्ने र अमेरिकी समुदायहरूलाई सुरक्षित राख्नको लागि सरकार र कानून प्रवर्तनका सहकर्मीहरूसँग सहकार्य जारी राखेको आइसको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक वर्ष २०२३ मा संयुक्त राज्य अमेरिकाबाट देशनिकाला गरिएका ७२,००० गैर अपराधीहरू मध्ये २,५०० मात्र देशको भित्री भागमा थिए । जहाँ दर्जनौं सिटीहरुले आप्रवासीहरूलाई आइसको हिरासतमा राख्नबाट सीमित गर्न कानुनहरु पारित गरेका छन्। कसैलाई देशबाट हटाउनको लागि कागजात नभएको मात्र आधार हुन नहुने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेहान्द्रो मेयोर्कासले २०२१ मा बताएका थिए ।

राष्ट्रपति बाइडेनले अधिक मानवीय अध्यागमन प्रणाली सिर्जना गर्ने वाचा गर्दै पदभार ग्रहण गरेका थिए । उनले अमेरिकामा अनुमानित ११ मिलियन कागजपत्र नभएका आप्रवासीहरूको लागि संसदले नागरिकताको लागि मार्ग सिर्जना गर्ने आशामा अस्थायी रूपमा देशनिकाला रोक्ने प्रयास गरेका थिए । तर सिमाक्षेत्रमा पक्राउको संख्या बृद्धिसँगै त्यो आशा रिपब्लिकनहरूको भयंकर प्रतिरोध र सार्वजनिक अस्वीकृतिको बीचमा मेटिएको थियो । सिमाक्षेत्रमा पक्राउको संख्या जुन २०२२ मा पहिलो पटक २० लाख नाघेको थियो र आर्थिक बर्ष २०२३ मा त्यही दोहोरियो ।

बाइडेन प्रशासनले अमेरिकाभित्र कागजपत्रविहिनमाथि आन्तरिक कारवाहीलाई भने तीव्र रूपमा घटाएको छ । कार्यस्थलमा अध्यागमन छापाहरू रोकेको छ भने अधिकांश कागजात नभएका आप्रवासीहरूलाई देशनिकालाबाट बचाएको छ। अधिकारीहरूले पनि आइस सञ्चालित हिराशतहरुमा परिवारहरूलाई राख्न बन्द गरेका छन् । तर अधिकारीहरूले आप्रवासीहरूलाई अमेरिका प्रवेशका लागि तस्करहरूको सहायता नलिन चेतावनी दिदै आएका छन् ।

आइसको कार्यभार बाइडेन प्रशासन अन्तर्गत निकै बढेको छ। निर्वासन डकेटमा आप्रवासीको संख्या आर्थिक बर्ष २०१८ मा २ दशमलव ६ मिलियन रहेकोमा गत आर्थिक बर्षमा ६ दशमलव २ मिलियन पुगेको थियो । एजेन्सीमा करिब ६ हजार अध्यागमन अधिकारी छन् ।

अधिकारीहरूले गत आर्थिक वर्ष लगभग १८० देशहरूमा १ लाख ४२ हजार ५ सय ८० आप्रवासीहरूलाई देशनिकाला गरेका थिए, जसमा ४४ हजार पहिले नै अमेरिका आएका र ९८ हजार सीमाना पक्राउ परेकाहरु थिए । अरु ६०,००० मानिसलाई मेमा समाप्त ट्रम्पकालिन नीति अन्तर्गत निष्कासन गरिएको थियो । अघिल्लो आर्थिक वर्षमा अधिकारीहरूले ७२,००० भन्दा बढी आप्रवासीलाई देश निकाला गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com