टेक्सासका गभर्नरले अकस्मात विमानमा समेत कागजपत्रविहिन पठाउन थालेपछि न्युयोर्कमा नयाँ नियम


प्रकाशित मिति : पुस १२, २०८० बिहीबार

buildings near body of water landscape photography

न्युयोर्क सिटीका मेयर एरिक एडम्सले बुधबार एक कार्यकारी आदेश घोषणा गर्दै आप्रवासीहरू बोक्ने चार्टर बस कम्पनीहरूले न्युयोर्क सिटीमा आइपुग्नु भन्दा ३२ घण्टा अगाडि सिटीलाई जानकारी दिनुपर्ने नियम लागु गरेका छन् । मंगलबार राती टेक्सासका गभर्नरले फैलाएको अराजकता पछि न्युयोर्क सिटीका मेयरको यो आदेश आएको हो ।

त्यस्ता बसहरु अब बिहान साढे ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म सोमबारदेखि शुक्रबारसम्म मात्र न्युयोर्क सिटी आउन सक्नेछन् । न्युयोर्क सिटीले अन्य निर्देशन नदिंदासम्म यात्रुहरूलाई एउटा स्थानमा मात्र छोड्न सक्नेछन् । त्यसो गर्न असफल भएमा बस बम्पनीहरुलाई बी श्रेणीको दुराचार, सम्भावित जरिवाना, मुद्दा लगाइनुका साथै बसहरू पनि जफत गरिनेछ।

बस अपरेटरहरू र कम्पनीहरूलाई टेक्सासको गभर्नरको कार्यमा भाग नलिन एरिक आडम्सले चेतावनी दिएका छन् ।  समयमै जानकारी पाएमा एसाइलम खोज्दै न्युयोर्क आउनेहरुका लागि उचित व्ष्वस्था गर्न सक्ने मेयर आडम्सको भनाई छ । बसमा आउने आप्रवासीहरुलाई भने कुनै पनि हिसाबले जरिवाना नगरिने तथा नयाँ कार्यकारी आदेशले बसहरूमा आउने यात्रुहरूलाई असर नगर्ने उनले प्रष्ट पारेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मंगलबार राति टेक्सासका गभर्नर ग्रेग एबटले अराजकता फैलाएका थिए । उनले एल पासोबाट केनेडी एयरपोर्टका लागि अघोषित र असंयोजित उडान बुक गरेर झण्डै १८० जना कागजपत्रविहिनहरुलाई न्युयोर्क पठाएका थिए । तर उडान मौषमका कारण फिलाडेल्फिया डाइभर्ट भएको थियो । त्यसपछि आप्रवासीहरुलाई न्युयोर्क सिटीले बस पठाएर विहान साढे १२ बजे न्युयोर्कमा ल्याएको थियो । यो घटनापछि मेयर एरिक आडम्सको कार्यकारी आदेश आएको हो ।

न्युयोर्क सिटीका अधिकारीहरूका अनुशार टेक्सासका गभर्नरले शरण खोज्नेहरूलाई प्रमुख शहरहरूमा पठाउन उडान बुक गर्ने नयाँ रणनीति लिएका छन् । गत हप्ता पनि टेक्सास राज्यबाट आप्रवासी बोकेका १४ वटा बसहरू विना सुचना एकै रातमा आइपुगेका थिए । यो अहिलेसम्मकै उच्चतम संख्या हो । आप्रवासीहरु ठाउँमा लैजाने प्रतिक्षामा पोर्ट अथोरिटी बाहिर छुट्टै लाइनमा पर्खिरहेका थिए। कतिपय आप्रवासीहरु आठौं एभिन्यू तर्फ हिंडिरहेको देखिएको थियो ।

तर न्युयोर्क सिटीमा मात्र अघोषित रुपमा आप्रवासीहरुमा बसमा हालेर पठाइने नभई अन्य सिटीमा पनि टेक्सासका गभर्नरले यसरी आप्रवासीहरु पठाउने गरेका छन् । गत हप्ता १२० आप्रवासीहरुलाई उडान बुक गरेर शिकागो पठाइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com