विना भिसा ३ सय भारतीयलाई अमेरिका छिराउन खोज्ने चार्टड विमान फ्रान्सबाट मुम्बई फिर्ता


प्रकाशित मिति : पुस ९, २०८० सोमबार

करिब ३ सय भारतीय नागरिकहरूलाई मध्य अमेरिका लैजाने क्रममा फ्रान्सेली एयरपोर्टमा रोकिएको चाटर्ड विमान मुम्बई प्रस्थान गरेको छ । मानव तस्करीको आशंकामा चार दिनअघि पेरिस नजिकै हिरासतमा विमान हिजो न्यायाधीशले अनुमति दिएपछि आज बिहान मुम्बई प्रस्थान गरेको छ । विमान झण्डै २५० यात्रुहरुसहित मुम्बई फर्केको जनाइएको छ ।

उनीहरु मानव बेचबिखनको शिकार हुनसक्ने संकेत पाएपछि प्रहरीले एक नाटकीय अपरेसनमा उनीहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरु निकारागुवाका लागि उडेका थिए ।

विमानमा बालबालिका र परिवार पनि थिए। स्थानीय नागरिक सुरक्षा एजेन्सीका अनुशार विमानमा सबैभन्दा कान्छो यात्रु २१ महिनाको बच्चा रहेका थिए भने १३ बच्चाहरु अभिभावक विनाका नाबालिग थिए । विमान दुबईबाट उडेको थियो भने प्राविधिक रोकावटका कारण बिहीबार उत्तरपूर्वी फ्रान्सको चालोन भेट्री एयरपोर्टमा अवतरण गरेको थियो । उनीहरु पहिले मध्य अमेरिका गएर त्यहाँबाट अवैध रूपमा अमेरिका वा क्यानडा प्रवेश गर्ने योजना बनाएको हुनसक्ने आशंका गर्दै फ्रान्समा रोकिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फ्रान्सले न्यायिक छानबिन गर्न निकारागुआ जाँदै गरेको चार्टर उडानलाई ग्राउन्डेड गरेको थियो । रोमानियाली चार्टर कम्पनी लिजेन्ड एयरलाइन्सको एयरबस ए ३४० मार्फत उनीहरु निकारागुवा जाँदै थिए । एयरपोर्ट पेरिसबाट १५० किलोमिटर टाढा रहेको छ भने प्रायः सस्तो एयरलाइन्सद्वारा प्रयोग गरिन्छ।

संगठित अपराध विज्ञ एकाइले दुई जनालाई पक्राउ गरेको थियो । भारतले उडानमा सवार सबैलाई कन्सुलर पहुँच प्रदान गरेको थियो । अधिकारीहरू घटनास्थलमा पुगेर यात्रुको स्वास्थ्य अवस्थाबारे छानबिन गरेका थिए । फ्रान्समा भारतीय दूतावासले सामाजिक सञ्जालमा पोष्ट गर्दै दूतावासको टोली पुगेर कन्सुलर पहुँच दिएको तथा स्थितिको अनुसन्धान गरिरहेको बताएको थियो ।

फ्रान्समा अवतरण पछि तिनीहरूलाई पहिले विमानमा राखिएको थियो । तर पछि बाहिर टर्मिनल भवनमा व्यक्तिगत ओछ्यान दिइएको थियो । भट्री एयरपोर्टको रिसेप्शन हललाई यात्रुहरूलाई उत्तम रिसेप्शन अवस्थाहरू प्रदान गर्न व्यक्तिगत ओछ्यानहरू सहितको प्रतीक्षालयमा परिणत गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com