विमान चाटर्ड गरेर विना भिसा अमेरिका आउन लागेको आंशकामा ३ सय भारतीय फ्रान्समा नियन्त्रणमा


प्रकाशित मिति : पुस ७, २०८० शनिबार

मध्य अमेरिका जान लागेका करिब ३ सय भारतीय नागरिकहरूलाई शनिबार तेस्रो दिनपनि फ्रान्सेली एयरपोर्टमा रोकिएका छन् । उनीहरु मानव बेचबिखनको शिकार हुनसक्ने संकेत पाएपछि प्रहरीले एक नाटकीय अपरेसनमा उनीहरुलाई नियन्त्रणमा लिएको अधिकारीहरूले बताएका छन् । उनीहरु निकारागुवाका लागि उडेका थिए ।

विमानमा बालबालिका र परिवार पनि थिए। स्थानीय नागरिक सुरक्षा एजेन्सीका अनुशार विमानमा सबैभन्दा कान्छो यात्रु २१ महिनाको बच्चा रहेका छन् भने १३ बच्चाहरु अभिभावक विनाका नाबालिग छन्। विमान दुबईबाट उडेको थियो भने प्राविधिक रोकावटका कारण बिहीबार उत्तरपूर्वी फ्रान्सको चालोन भेट्री एयरपोर्टमा अवतरण गरेको थियो । उनीहरु पहिले मध्य अमेरिका गएर त्यहाँबाट अवैध रूपमा अमेरिका वा क्यानडा प्रवेश गर्ने योजना बनाएको हुनसक्ने आशंका गरिएको छ ।

फ्रान्सले न्यायिक छानबिन गर्न निकारागुआ जाँदै गरेको चार्टर उडानलाई ग्राउन्डेड गरेको जनाएको छ। रोमानियाली चार्टर कम्पनी लिजेन्ड एयरलाइन्सको एयरबस ए ३४० मार्फत उनीहरु निकारागुवा जाँदै थिए । एयरपोर्ट पेरिसबाट १५० किलोमिटर टाढा रहेको छ भने प्रायः सस्तो एयरलाइन्सद्वारा प्रयोग गरिन्छ।

संगठित अपराध विज्ञ एकाइले दुई जनालाई पक्राउ गरी सोधपुछ गरिरहेको छ । लेजेन्ड एयरलाइन्सका वकिलले भने कम्पनीले कुनै गलत काम नगरेको दावी गरेका छन् । तर सरकारी अभियोजनकर्ताले आरोप लगाएमा एयरलाइन्सले कानुनी कारबाही अगाडि बढाउने उनको चेतावनी रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतले उडानमा सवार सबैलाई कन्सुलर पहुँच प्रदान गरेको छ । अधिकारीहरू घटनास्थलमा पुगेर यात्रुको स्वास्थ्य अवस्थाबारे छानबिन गरिरहेका छन् । फ्रान्समा भारतीय दूतावासले सामाजिक सञ्जालमा पोष्ट गर्दै दूतावासको टोली पुगेर कन्सुलर पहुँच दिएको तथा स्थितिको अनुसन्धान गरिरहेको बताएको छ । दूतावासले यात्रुहरूको भलाइ पनि सुनिश्चित गर्ने जनाएको छ ।

फ्रान्समा अवतरण पछि तिनीहरूलाई पहिले विमानमा राखिएको थियो । तर पछि बाहिर टर्मिनल भवनमा व्यक्तिगत ओछ्यान दिइएको छ । भट्री एयरपोर्टको रिसेप्शन हललाई यात्रुहरूलाई उत्तम रिसेप्शन अवस्थाहरू प्रदान गर्न व्यक्तिगत ओछ्यानहरू सहितको प्रतीक्षालयमा परिणत गरिएको थियो ।

गन्तव्यमा यात्रा गर्नबाट रोकिएको अवस्थामा सीमा प्रहरीले विदेशी नागरिकलाई फ्रान्समा अवतरण गरेमा चार दिनसम्म हिरासतमा राख्न सक्छ । न्यायाधीशले अनुमोदन गरेको अवस्थामा भने फ्रान्सेली कानूनले त्यो अवधिलाई आठ दिनसम्म बढाउन अनुमति दिन्छ । त्यसपछि असाधारण परिस्थितिमा अरु आठ दिन थप्न सकिन्छ । तर यो अवधि अधिकतम २६ दिनसम्ममात्र हुन्छ ।

कभर तस्वीर एआर्एबाट बनाइएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com