यस्ता एजेन्डा लिएर दिल्ली जाँदैछन् प्रचण्ड


प्रकाशित मिति : भाद्र २२, २०७३ बुधबार

प्रधानमन्त्री पुष्पकमल दाहालको भदौ ३० गतेदेखि हुने ३ दिने भारत भ्रमणका क्रममा कुनै पनि नयाँ सम्झौता नहुने भएको छ । प्रधानमन्त्री दाहालको भ्रमणमा सरकारले नयाँ विषयलाई प्राथामिकता नदिने र यसअघि निष्कर्ष पुग्न नसकेका विषय टुंग्याउने जनाएको छ । यसअघि भइसकेका सहमती–सम्झौताका मुद्दाहरुको कार्यन्वयन गराउनेमा उनको भ्रमण केन्द्रित हुने बताइएको छ । भदौ ३० गतेबाट हुने दिल्ली भ्रमणमा प्रधानमन्त्री प्रचण्डले कुनै पनि विवादित विषयमा सहमती नगर्ने यसअघि नै बताइसकेका छन् ।

भारतसँग दाहालले सबैभन्दा अपेक्षा गरेको विषय भनेको भूकम्प पीडितलाई राहत दिन थप सहयोग जुटाउने प्रयास हुनेछ । पुनर्निर्माणका लागि एक खर्ब रुपियाँ सहयोग दिने प्रतिबद्धता दाता सम्मेलनमा गरेको र थप अरु सहयोग बढाउँदै बेलैमा सहयोग उपलब्ध गराउन दाहालले जोड दिनेछन् ।

नेपालका निर्माणाधीन विमानस्थल सञ्चालनका लागि अनिवार्य मानिएको खुला आकाश सम्झौता गर्न अन्ततः भारत तयार देखिएको छ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा यो सम्झौता गर्ने तयारी भइरहेको छ । भैरवाह विमानस्थल निर्माणले गति लिइरहे पनि यो सम्झौता नहुँदा यसको भविश्य नै अन्योलमा परेको थियो । सम्झौता गर्न भारतले आलटाल गर्दै आए पनि पछिल्लो समय सकारातमक देखिएपछि पर्यटन मन्त्रालयले परराष्ट्रमार्फत गत साता भारतलाई पत्र पठाएको छ ।

यस्तै पूर्व–पश्चिम राजमार्गकै समानान्तर हुने गरी भारतीय सीमा नजिकैबाट १ हजार ७ सय ९२ किलोमीटर लामो हुलाकी राजमार्ग बनाउन ०४७ सालमा भारतीय प्रधानमन्त्री चन्द्रेशखर आउँदा नै भारतले प्रतिबद्धता जनाएको थियो । २५ वर्ष बित्दा पनि अझै सो परियोजना कार्यन्वयनमा आउन सकेको छैन। यसलाई कार्यन्वयन गर्ने विषय पनि दाहालले भ्रमणका अवसरमा उठाउनेछन् । साथै गौतम बुद्धको जन्मस्थल लुम्बिनी, उनले ज्ञान प्राप्त गरेको भारतको बोधगया र मृत्यु भएको कुसीनगरलाई जोड्ने गरी बौद्ध सर्किट र हिन्दुहरुको मुख्य धामहरु जोड्ने सर्किटका बारेमा दाहालले भारतीय नेताहरुसँग छलफल गर्ने छन् । प्रहरी एकेडेमी निर्माणका बारेमा समेत दाहालले कुरा गर्नेछन् । सो सम्झौता १० मंसिर ०७१ मा भारतीय प्रधानमन्त्री मोदी नेपाल आएको बेला भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारत जानु अघि दाहालले भारतीय सहयोगमा निर्मित आयोजनाको अवस्था र भारतसँगको वार्ताकालागि नेपालको प्रस्तावित अडानबारे मन्त्री तथा सचिवसँग परामर्श समेत गरेका छन् । प्रधानमन्त्रीले लामोसमदेखि अड्किएको पञ्चेश्वर परियोजनाको डिपिआरमा सहमति गर्नुपर्ने विषय,नेपाल–भारत दुई देशीय प्रशारण लाइन निर्माणको अवस्था, पूर्व–पश्चिम हुलाकी राजमार्गको अवस्थाका विषयमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग छलफल गर्ने बताइएको छ ।

दाहालले यस पटकको भारत भ्रमणमा हाईडा«पावरदेखि विगतमा सम्झौता भएका अन्य महत्वपूर्ण परियोजनाहरु जस्तै माथिल्लो कर्णाली, अरुण तेस्रोसहित जलविद्युत् आयोजनाको अवस्था, यसमा नेपालको धारणा स्पष्ट गर्ने पूर्व–पश्चिम विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययनसम्बन्धी विषयको कार्यान्वयनबारे भारतीय पक्षसँग छलफल गर्ने छन् । प्रधानमन्त्री दाहालले विगतमा भएका द्धिपक्षीय सन्धिसम्झौताको पूनरोवलोकन गर्ने र निश्कर्षमा पुग्ने तयारी गरेका छन् । भ्रमणको बेला राजनीतिक विषयमा त्यति धेरै छलफल नगर्ने बुझिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com