रोजगारमा आधारित ग्रिनकार्ड पाउने अवधि पनि बढ्यो डिसेम्बरमा, पहिलो श्रेणी भने करेन्ट


प्रकाशित मिति : कार्तिक २४, २०८० शुक्रबार

डिसेम्बरमा पनि युएससीआईएसले फाइलिङ मितिका आधारमा रोजगारमा आधारित ग्रिनकार्ड प्रकृयामा लैजाने भएको छ । अप्रिलदेखि युएससीआईएसले रोजगारमा आधारित ग्रिनकार्ड फाइल गर्ने मितिका लागि भिसा बुलेटिनको फाइनल एक्सन डेटलाई आधार मान्दै आएकोमा अक्टोबरदेखि यसमा परिवर्तन गरेको हो । नोभेम्बरमा जस्तै डिसेम्बरमा पनि युएससीआईएसले अमेरिकी विदेश मन्त्रालयको भिसा बुलेटिनको फाइलिङ मितिलाई प्रयोग गर्ने भएको छ । जसका कारण रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड डिसेम्बरमा पनि करेन्ट हुने भएको छ ।

अगस्तदेखि सेप्टेम्बरसम्म रोजगारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड करेन्ट थिएन । तर अक्टोबरमा जस्तै नोभेम्बर र डिसेम्बरमा भने रोजगारमा आधारित पहिलो श्रेणीको आवेदन आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाइने भएको छ । त्यस्तै युएससीआईएसले भिसा बुलेटिनको फाइलिङ मितिलाई नै प्रयोग गर्दा रोजगारमा आधारित अन्य श्रेणीका लागि पनि केही राहत भएको छ । यद्यपी अक्टोबरको तुलनामा यसमा टसमस भने भएको छैन ।

रोजगारमा आधारित दोश्रो श्रेणी ईबी टुका लागि सन् २०२३ को जनवरी १ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले नोभेम्बरमा ग्रिनकार्ड फाइल गर्न पाउनेछन् वा विदेशमा हुनेहरुका सन्दर्भमा त्यही अनुशार नेशनल भिसा सेन्टरले प्रकृया अगाडि बढाउँछ । तर विदेशमा हुनेहरुका सन्दर्भमा दूतावासमा अन्तरवार्ताको मिति पाउन भने फाइनल एक्सन डेटमा भएको मिति ८ जुलाई २०२२ भन्दा अगाडिको प्राथमिकता मिति भएको हुनुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तेश्रो श्रेणीको स्कील्डका लागि १ फरबरी २०२३ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र डिसेम्बरमा ग्रिनकार्ड फाइल गर्न पाउनेछन् । विदेशमा हुनेहरुका सन्दर्भमा दूतावासमा अन्तरवार्ताको मिति पाउन भने फाइनल एक्सन डेटमा भएको मिति १ डिसेम्बर २०२१ भन्दा अगाडिको प्राथमिकता मिति भएको हुनुपर्छ ।

यद्यपी तेश्रो श्रेणीको अनस्कील्ड अन्य कामदारका सन्दर्भमा १५ डिसेम्बर २०२० भन्दा अगाडि प्राथमिकता मिति हुनेहरुलेमात्र डिसेम्बरमा ग्रिनकार्ड फाइल गर्न पाउनेछन् । तर विदेशमा हुनेहरुका सन्दर्भमा दूतावासमा अन्तरवार्ताको मिति पाउन भने फाइनल एक्सन डेटमा भएको मिति १ अगस्त २०२० भन्दा अगाडिको प्राथमिकता मिति भएको हुनुपर्छ ।

चौथो श्रेणीका सन्दर्भमा र धार्मिक कामदारका सन्दर्भमा सन् २०१९ को मार्च १ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र डिसेम्बरमा ग्रिनकार्ड आवेदन आई ४८५ युएससीआईएसमा पेश गर्न सक्नेछन् ।

आई १४० विचाराधिन रहेको अवस्थामा आवेदकले आई ४८५ फाइल गरिसकेपछि आवेदन विचाराधिन रहँदासम्म वर्क परमिट प्राप्त गर्न, सोसल सेक्युरिटी नम्बर प्राप्त गर्न र एड्भान्स परोलमा अमेरिकाबाहिर यात्रा गर्न समेत सकिन्छ । तर यसबारे निर्णय गर्नु अगाडि आफ्नो केसको प्रकृतिबारे लाइसेन्सप्राप्त कानुन व्यवसायीसँग सल्लाह लिनुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com