नासाका १५ तस्विरमा हेर्नुहोस् अमेरिकाका सूर्यग्रहणको बाटो


प्रकाशित मिति : भाद्र ५, २०७४ सोमबार

अमेरिकाका १४ वटा राज्य र सम्पूर्ण अमेरिकामा आजको सूर्यग्रहणको बाटोबारे नासाले तस्विर सार्वजनिक गरेको छ । विभिन्न राज्यमा सूर्यग्रहणको बाटो कस्तो छ, तस्विरमा हेर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आजको सूर्यग्रहणका कारण अमेरिकाका १४ वटा राज्यहरुमा केहीबेर दिउसै अन्धकार हुनेछ । ओरेगन, मोन्टाना, आइदाहो, वायोमिंग, नेब्रास्का, आयोवा, कन्सास, मिजौरी, इलिनोय, केन्टकी, टेनिसी, जर्जिया, नर्थ क्यारोलिना र साउथ क्यारोलिना राज्यबाट खग्रास सूर्यग्रहण हेर्न सकिनेछ । तर पूर्णरुपमा भने १० राज्यहरु ओरेगन, आइदाहो, वायोमिंग, नेब्रास्का, मिजौरी, इलिनोय, केन्टकी, टेनिसी, जर्जिया र साउथ क्यारोलिनाबाट हेर्न सकिनेछ । यी राज्यहरु आज दिउसो केहीबेरका लागि अन्धकार हुनेछन् ।

अमेरिकाको केन्टकी हप्किन्सभिलबाट पूर्णरुपमा सूर्यग्रहण हेर्नसकिने छ । त्यहाँको स्थानीय समय अनुशार दिउसो १ बजेर २० मिनेटजाँदा चन्द्रमाको छायाले सूर्य पूर्णरुपमा छेकिने छ । सूर्य पूर्णरुपमा छोपिने क्रम २ मिनेट ४० सेकेण्डसम्म जारी रहनेछ । त्यो अवधिभर सूर्य छेकिने भएकाले अन्धकार हुने जनाइएको छ । सबैभन्दा लामो समय सूर्य छोपिएको दृश्य पनि केन्टकी हप्किन्सभिलबाट नै देखिनेछ । सूर्य छोपिने क्रम भने सेन्ट्रल डेलाइट टाइम अनुशार विहान ११ बजेर ५६ मिनेटमा सुरु हुनेछ ।

न्युयोर्क समय अनुशार आज विहान ११ बजेर ४६ मिनेट ५० सेकेण्ड जाँदा सूर्यग्रहण सुरु हुनेछ भने दिउसो ५ बजेर ४ मिनेट २१ सेकेण्डजाँदा समाप्त हुनेछ । ग्रहण एउटा स्थानबाट लाग्ने र अर्को स्थानमा सकिने भएकाले सबैस्थानबाट एकैपटक नभई फरक फरक समयमा देख्न सकिनेछ । तर विश्वब्यापी रुपमा भने सूर्यग्रहण देखिने पहिलो स्थानमा न्युयोर्क सयम अनुशार १२ बजेर ४८ मिनेट ३४ सेकेण्ड जाँदा पूर्णरुपमा सूर्य छोपिने क्रम सुरु हुनेछ । त्यसपछि पूर्णरुपमा ग्रहण भने न्युयोर्क समय अनुशार २ बजेर २५ मिनेट ३५ सेकेण्डमा लाग्नेछ । न्युयोर्क समय अनुशार ४ बजेर २ मिनेट ३३ सेकेण्डसम्म अन्तिम स्थानबाट खग्रास सूर्यग्रहण देखिनेछ ।

ओरेगनको सालेममा प्यासेफिक समय अनुशार विहान ९ बजेर ५ मिनेटमा सूर्यग्रहण सुरु हुनेछ भने १० बजेर १८ मिनेटमा सूर्य पूर्णरुपमा छोपिनेछ । त्यस्तै आइदाहोको आइदाहो फल्समा माउन्टेन डेलाइट टाइम अनुशार १० बजेर १५ मिनेटमा सुरु भई ११ बजेर ३३ मिनेटमा सूर्य पूर्णरुपमा छोपिने छ । वायोमिंग कास्परमा माउन्टेन डेलाइट टाइम अनुशार १० बजेर २२ मिनेटमा सूर्यग्रहण सुरु हुनेछ भने ११ बजेर ४३ मिनेटमा सूर्य पूर्णरुपमा छोपिनेछ । नेब्रास्कामा सेन्ट्रल टाइम अनुशार ११ बजेर ३७ मिनेटमा सूर्यग्रहण सुरु हुनेछ भने १ बजेर ३ मिनेट जाँदा सूर्य पूर्णरुपमा छोपिनेछ । कन्सासमा सेन्ट्रल टाइम अनुशार ११ बजेर ३८ मिनेटमा सूर्यग्रहण सुरु हुनेछ भने १ बजेर ५ मिनेटमा सूर्य पूर्णरुपमा छोपिनेछ । त्यस्तै मिजौरीमा सेन्ट्रल टाइम अनुशार बजेर ४६ मिनेटमा सुरु हुनेछ भने १ बजेर १४ मिनेटमा सूर्य पूर्णरुपमा छोपिनेछ । इलिनोयमा सेन्ट्रल टाइम अनुशार ११ बजेर ५२ मिनेटमा सुरु हुनेछ भने १ बजेर २१ मिनेटमा सूर्य पूर्णरुपमा छोपिनेछ । टेनिसीको नासभिलमा सेन्ट्रल समय अनुशार ११ बजेर ५८ मिनेटमा सूर्यग्रहण सुरु हुनेछ भने १ बजेर २८ मिनेटमा सूर्य पूर्णरुपमा छोपिनेछ ।

पूर्वीय समय अनुशार जर्जियामा १ बजेर ७ मिनेटमा साउथ क्यारोलिनाको कोलम्बियामा १ बजेर १३ मिनेटमा र साउन क्यारोलिनाको चाल्र्सटनमा १ बजेर १६ मिनेटमा सुरु भई क्रमश २ बजेर ३७ मिनेट, २ बजेर ४३ मिनेट र २ बजेर ४७ मिनेटमा सूर्य पूर्णरुपमा छोपिनेछ ।

आज उत्तर अमेरिकाबाटमात्र हेर्न सकिने खग्रास सूर्यग्रहण न्युयोर्कमा भने खण्डग्रास सूर्यग्रहणका रुपमा मात्र हेर्न सकिनेछ । अमेरिकाका विभिन्न स्थानमा सूर्य पूर्णरुपमा छोपिएको देखिने भएपनि न्युयोर्कमा भने सूर्य पूर्णरुपमा छोपिनेछैन ।

न्युयोर्कमा स्थानीय समय अनुशार १ बजेर २३ मिनेटमा सूर्यग्रहण सुरु हुनेछ । दिउसो २ बजेर ४४ मिनेटमा सूर्य सबैभन्दा धेरै छोपिनेछ भने ४ बजे सूर्य छोपिने क्रम समाप्त हुनेछ । यसरी न्युयोर्कबाट भने खण्डग्रास सूर्यग्रहण मात्र हेर्न सकिनेछ । तर नांगो आँखाले सूर्य र सूर्यग्रहण हेर्न भने बर्जित गरिएको छ ।

खग्रास सूर्यग्रहण उत्तर अमेरिकाबाटमात्र हेर्न सकिने भएपनि विश्वका केही भागमा खण्डग्रास सूर्यग्रहण देख्न सकिनेछ । अमेरिकामा ९९ बर्षपछि यस्तो सूर्यग्रहण लाग्ने भएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com