लस एन्जलसमा १५ लाख डलरको बुद्धको मूर्ति चोरी


प्रकाशित मिति : आश्विन ८, २०८० सोमबार

लस एन्जलसको बराकत ग्यालेरीबाट १५ लाख डलरको ठूलो कांस्य बुद्धको मूर्ति चोरी भएको छ। यो मूर्ति २ सय देखि ४ सय बर्ष पुरानो भएको जनाइएको छ । चोरले ग्यालरीको ड्राइभवेमा भाडाको भ्यानलाई राखेपछि चार फिट अग्लो, २५० पाउण्डको मूर्ति बिहान पौने ४ बजे चोरी भएको सुरक्षा फुटेजले देखाएको छ।

लस एन्जलस बाहेक बराकतको लन्डन, हङकङ र सियोलमा ग्यालरीहरू छन्। लस एन्जलसमा यसको भण्डारण यार्डमा अफ्रिकी काठको नक्काशी, जापानी टेराकोटा छतका टाइलहरू र अन्य ढुङ्गाका मूर्तिहरू छन्। यद्यपि चोरले विशेष गरी बुद्धलाई लक्षित गरेको थियो ।

ग्यालरी मालिक फयेज बराकतले यो मूर्ति पहिले आफ्नो घरको पछाडिको भागमा रहेको र पछि यसलाई ग्यालरीको पछाडिको भागमा सबैको प्रशंसा र आनन्द लिनको लागि राखेको बताए । उनले आफूले ५५ वर्षअघि मूर्ति खरिद गरेको र यो जस्तो संसारमा अर्को कुनै टुक्रा नभएको बताएका छन् । मूर्तिको प्रमुख स्थान र अन्य सामान चोरी नभएकाले पूर्वनियोजित रूपमा चोरी भएको उनले बताएका छन् ।

ग्यालरीका निर्देशक पॉल हेन्डरसनका अनुशार उनको १२ बर्षे सेवामा ग्यालरीमा चोरीको यो पहिलो घटना हो। बजारमा यो जस्तो मूर्ति अर्को कतै नभएको उनको भनाई छ । यो चार फिट अग्लो एक आश्चर्यजनक टुक्रा भएको तथा यो यो हराएको देख्दा स्तब्ध भएको उनले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com