जनकपुरमा व्यापार : सयभन्दा बढी पसल बन्द, लिलाम सकार्नेहरु पनि भेटिँदैनन्


प्रकाशित मिति : भाद्र २०, २०८० बुधबार

जनकपुरका पवन ठाकुरले विगत ४० वर्षदेखि सुनचाँदीको व्यापार गर्दै आउनुभएको छ । कुनै बेला उहाँको न्यू महालक्ष्मी ज्वेलर्समा ग्राहक भीड थामी नसक्नु हुन्थ्यो । दैनिक रु १०/१२ लाखसम्मको व्यापार गर्न कुनै पर्व वा विवाहोत्सव पर्खिनु पर्दैनथ्यो । अहिले ग्राहक पाउनै मुस्किल भएको ठाकुरले बताउनुभयो । रु डेढ दुई लाखको व्यापार गर्न पनि ‘विशेष समय कहिले आउला’ भनेर पर्खिनुपर्ने अवस्था आएको उहाँको भनाइ थियो ।

जनकपुरमा ४५ वर्षदेखि कपडा व्यापार गर्दै आउनुभएका रामबाबु गुप्ताले पहिले पाँच–सात जनालाई रोजगारी दिनुभएको थियो । केही वर्षयता व्यापार खस्किँदो अवस्थामा रहेकाले आधा कर्मचारी कटौती गरेर व्यापार चलिरहेको गुप्ताले बताउनुभयो । पहिलेको जस्तो व्यापार नहुने, सजिलै ऋण नपाइनेलगायत कारणले व्यापारीहरु मर्कामा परेको उहाँले बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित रामपरी स्टोरका सञ्चालक शेखर साहको पनि यस्तै गुनासो छ । विगत १८ वर्षदेखि खाद्यान्न व्यापार गर्दै आउनुभएका उहाँले दैनिक उपभोग्य वस्तुको व्यापारमा समस्या होला भनेर सोच्नुभएको थिएन । अहिले व्यापारमा ७५ प्रतिशतले कमि आएको साहको भनाइ थियो । “पहिले सामान लिन पालो पर्खिनुपथ्र्यो तर अहिले ग्राहक नै आउँदैनन्”, उहाँले भन्नुभयो, “पछिल्लो समय २५ प्रतिशतमा व्यापार झरेको छ । खै केको मन्दी भएर हो वा अरूको व्यापार बढेर हो रु बुझ्नै सकिरहेको छैन ।”

“ठाकुर, गुप्ता र साहको मात्रै होइन जनकपुरका अधिकांश व्यवसायीको समस्या यस्तै छ”, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले भन्नुभयो । विलासिताका वस्तुको व्यापार गर्नेहरु मात्र नभई दैनिक उपभोग्य सामान बेच्ने पनि समस्यामा पर्नु गम्भीर चिन्ताको विषय भएको उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महासेठका अनुसार जनकपुर बजार क्षेत्रमा व्यापार व्यवसाय निरन्तर ओरालो लागेपछि हालसम्म एक सयभन्दा बढी व्यापारीले सटर बन्द गरिसकेका छन् भने यो सङ्ख्या निरन्तर बढ्दो क्रममा छ । आधा दर्जनभन्दा बढी ठूला व्यापारी बैंक तथा साहुको ब्याज तिर्न नसकेर जायजेथा छाडेर भागिसकेका उहाँले जानकारी दिनुभयो ।

“जनकपुरधाममा कुनै बेला व्यापार गर्नका लागि सटर नै पाउँदैनथे । अहिले मुख्य बजारमै एक सयभन्दा बढी सटर बन्द अवस्थामा छन् । सटर खोल्नेहरुको व्यापार पनि निराशाजनक छ”, महासेठले भन्नुभयो, “यसको कारण र परिणामका विषयमा न राज्यका निकाय न त राजनीतिक नेतृत्व गम्भीर छन् । अर्थतन्त्र झन्झन् जटिल अवस्थातर्फ धकेलिँदैछ ।”

‘लिलाम गर्दा पनि सकार्ने भेटिँदैनन्’

व्यापारमा सुधार नहुँदा पसलहरु बन्द हुने मात्रै होइन यहाँ बैंकको ऋण तिर्न नसक्दा असुल उपरका लागि बैंकले लिलामको सूचना गर्दा लिलाम सकार्ने ९बोलकबोल गर्ने० मान्छेसमेत भेटिँदैनन् । आफ्नो पसल अगाडि वर्षौंदेखि फार्मेसी सञ्चालन गर्दै आएका व्यापारीको घर लिलाम हुने अवस्था आएपछि वाणिज्य सङ्घको नेतृत्वमा रहेका पदाधिकारीले सस्तो मूल्यमा घर खरिद गरिदिएको चेम्बर अफ कमर्स मधेस प्रदेशका अध्यक्षसमेत रहेका सुनचाँदी व्यवसायी ठाकुरले जानकारी दिनुभयो । “वर्षौंदेखि फार्मेसी पसल सञ्चालन गर्दै आएका व्यवसायी रातारात पलायन भएका छन् । बैंकको ब्याज तथा अन्य साहुमहाजनबाट लिएको ऋण तिर्न नसकेपछि उहाँ तनावमा हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “सङ्घका एक पदाधिकारीले आफूलाई तिनुपर्ने ऋण कटाएर बाँकी केही रकम थपेर घर लिएको सुन्नमा आयो । त्यसैगरी अरू धेरै व्यापारी पलायन हुँदैछन् ।”

विगत केही महिनामा १०/१२ लिलामी सूचना प्रकाशित भएको भन्दै लिलाम सकार्ने मान्छे नभेट्दा सङ्घको रोहवरमा समस्या समाधान गरिएको उद्योग वाणिज्य सङघका अध्यक्ष महासेठले जानकारी दिनुभयो । “व्यापारीले ऋण तिर्न नसक्ने र लिलाम गर्दा किन्ने मान्छे नभेटिने अवस्थाले यहाँको विकराल अवस्थालाई प्रष्ट्याउँछ”, उहाँले भन्नुभयो, “अब व्यापार/व्यवसाय सुरु गर्नुभन्दा पहिला सबैले सोच्ने बेला आएको छ ।”

सङ्घका वरिष्ठ उपाध्यक्ष मनिषरमण साहले यहाँको अर्थतन्त्र र व्यापार व्यवसाय ‘स्लिपिङ मोड’ मा रहेको धारणा राख्नुभयो । तत्काल समाधानको उचित उपाय ननिस्किए समस्या झन् भयावह हुँदै जाने उहाँको भनाइ थियो ।

यसरी निम्तियो सङ्कट

कोरोना महामारी, अन्तर्राष्ट्रिय प्रभाव, बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव, आर्थिक शिथिलता, कारोबारमा आएको मन्दीलगायत कारण सिङ्गो देशले समस्या भोगिरहेको छ ।

मधेस प्रदेश तथा राजधानी जनकपुरमा कोरोना महामारी, अन्तर्राष्ट्रिय प्रभाव, बैंकिङ क्षेत्रमा देखिएको तरलतालगायत अरू कारणले पनि अर्थतन्त्रमा समस्या थपिँदै गएको यहाँका व्यवसायीको बुझाइ छ । मधेस जनविद्रोह, भूकम्प, स्थानीय सरकार आएपछि बाटो विस्तारका क्रममा भएका अवरोध, कोरोना महामारीपछिको लकडाउनले पारेको नकारात्मक प्रभावलगायत कारणले यहाँको व्यवसाय थिलथिलो भएको व्यवसायी जीवनाथ चौधरीले बताउनुभयो । एकपछि अर्को समस्या थपिएपछि व्यवसायीले टाउको उठाउनै नसक्ने गरी समस्यामा परेका उहाँले गुनासो गर्नुभयो ।

“यहाँको मुख्य आधार भनेको धार्मिक पर्यटन हो । केही वर्षसम्म पर्यटकीय गतिविधि भएका छैनन्”, चौधरीले भन्नुभयो, “आन्दोलन, हडताल, बन्दाबन्दीले लामो समयसम्म सटर बन्द गर्नुप¥यो । खर्च गर्न सक्नेहरु यहाँबाट पलायनको अवस्थामा पुगे । आम्दानी नै नभएपछि खर्च कसरी हुन्छ रु सोही कारणले यहाँ व्यापारले गति लिन सकेन् ।”

सङ्घका अध्यक्ष महासेठले पछिल्लो आठ/दश वर्षको अवधिमा दुई/तीन वर्ष व्यापार बन्द गर्नुपरेकाले समस्या झन् बढेको बताउनुभयो । “मधेस आन्दोलन, भूकम्पको प्रभाव त छँदैथियो । विसं २०७४/७५ मा जनकपुरमा सडक विस्तारका साथै ढल निर्माणका बेला करिब छ/सात महिना व्यापार ठप्प भयो”, उहाँले भन्नुभयो, “लगत्तै कोरोना महामारीका समयमा भएको बन्दाबन्दीले व्यवसायलाई थप सङ्कटग्रस्त बनायो ।” पटकपटक व्यापार बन्द हुने, घरभाडा र बैंकको ब्याज निरन्तर बढ्ने भएकाले यस्तो अवस्था आएको उहाँको भनाइ थियो ।

समस्याबाटै सुधारको सुरुआत हुने हुँदा भएकाले राज्यले औद्योगिक क्रान्तिको जग बसाल्ने, आन्तरिक उत्पादन र उपभोक्ताको आम्दानी बढाउनेतर्फ ध्यान दिनुपर्नेमा व्यापारीले जोड दिएका छन् ।

“उत्पादनमूलक उद्योग छैनन् । घरजग्गामा लगानी गर्ने परिपाटी निरन्तर बढ्दो छ । यसले दीर्घकालमा अर्थतन्त्र धराशयी हुने देखिन्छ”, सङ्घका उपाध्यक्ष साहले भन्नुभयो, “राज्यले अनुत्पादक क्षेत्रमा लगानी गर्ने कर्र्जा नीतिलाई निरुत्साहित गर्दै उत्पादनमूलक उद्योगमा सहुलियतमा कर्जाको व्यवस्था गर्नुपर्छ ।” यहाँका व्यापारीको मनोबल उचो बनाउन र तत्काल समस्या समाधानका लागि रणनीतिक पहलकदमी लिनुपर्नेमा उहाँले जोड दिनुभयो । अहिलेकै अवस्थामा यहाँका व्यापारी व्यापार/व्यवसाय छोडेर पलायन हुनुपर्ने भन्दै समस्या समाधानका लागि राज्यका साथै सरोकारवाला निकायले रणनीतिक पहलकदमी लिनुपर्ने उनीहरुको भनाइ थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com