न्युयोर्कमा आएर शरण खोज्नेहरू भन्छन् -‘सोचें झै रैनछ अमेरिका, अराजकतामात्रै रैछ’
प्रकाशित मिति : भाद्र २, २०८० शनिबार
Border Patrol agents escort migrants onto a bus to be taken to a processing facility to begin their asylum-seeking process in Eagle Pass, Texas on June 25, 2023. Texas Governor Greg Abbott signed six bills aimed towards enhancing border security along the southern border. Of the six bills, one aims to install floating barriers in the middle of the Rio Grande in an attempt to deter migrants from illegally crossing into the United States. The initiative will begin in Eagle Pass and is projected to be fully installed by July, 2023. (Photo by SUZANNE CORDEIRO / AFP)
न्युयोर्कमा आएर शरण खोज्नेहरूले अमेरिका सोंचेजस्तो केहीपनि नरहेको बरु अराजकतामात्रै रहेको भन्दै गुनासो गरेका छन् । शरण खोज्नेहरुको चाप न्युयोर्कमा बढेपछि न्युयोर्क सिटीले उनीहरुलाई आवासको व्यवस्था गर्न हम्मे हम्मे परेको बेलामा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।
एक २९ वर्षीया भेनेजुएलाकी महिलाले ६ महिना अगाडि दुई छोराछोरी र श्रीमानलाई आफ्नो देशमा छोडेर न्युयोर्क सिटी आएकी थिइन् । उनलाई न्युयोर्कमा सुरक्षा र जीवनयापन गर्ने अवसर पाउने ठूलो आशा थियो । तर अमेरिका आएको चार महिनापछि उनले सोचे जस्तो केही नभएको बताएकी छिन् । भाषा नजानेको ठाउँमा बस्न निकै गाह्रो भएको उनको अनुभव छ ।
रुजवेल्ट होटलसँग जोडिएको हालैका दिनमा आप्रवासी भोजन केन्द्रमा परिणत मिडटाउन म्यानहट्टन रेस्टुरेन्टमा भेटिएकी ती महिलाको जस्तै अरुको पनि गुनासो मिल्दोजुल्दो छ । हालका वर्षहरूमा अमेरिका आएका धेरै भेनेजुएलाका नागरिक जस्तै ती महिलाले भेनेजुएलाको भ्रष्ट र दमनकारी सरकारले उनलाई आफ्नो देशमा बस्नका लागि कम विकल्पहरू छोडेको बताइन्।
उनले कोलम्बियादेखि पानामा जोड्ने ड्यारियन ग्याप हुँदै निकारागुआ र होन्डुरस लगायतका धेरै देशहरूमा पैदल र सार्वजनिक यातायातमा यात्रा गर्दै आफैंले अमेरिकाको खतरनाक यात्रा सुरु गरेकी थिइन् । न्युयोर्कमा आइपुगेदेखि उनले न्युयोर्क सिटीको आश्रय प्रणाली खोज्दा पैसा कमाउन र आधारभूत आवश्यकताहरू प्राप्त गर्न संघर्ष गरिरहेकी छिन्। आफ्नो परिवारलाई अमेरिका ल्याउने आशामा रहेकी उनलाई यो कसरी गर्ने भन्ने कुनै आइडिया छैन । उनले काम खोजिरहेको बताइन् ।

ती महिला हाल न्युयोर्क सिटीमा आश्रय लिइरहेका अनुमानित ५७,३०० आप्रवासीमध्ये एक हुन्। तिनीहरूमध्ये अधिकांशलाई टेक्सासबाट बसमा चढाइएको थियो । रिपब्लिकन टेक्सासका गभर्नर ग्रेग एबोटले संघीय सरकारलाई सीमा सुरक्षा कडा बनाउन बाध्य पार्ने राजनीतिक कदम स्वरुप उनीहरुलाई बसमा चढाएर न्युयोर्क पठाइएको थियो । उनीहरुले अमेरिकामा आप्रवासीहरूको लागि उचित काम र सुरक्षाको सम्भावनाको आशा राखेर खतरनाक यात्रा गरेर आएपनि अमेरिका तिनीहरूले कल्पना गरेको जस्तो नभएको बताएका हुन् ।
आफूले पहिलो न्युयोर्कको बारेमा फरक सोचेंको तर न्युयोर्कमा भने अराजकतामा रहेको रुजवेल्टमा बस्ने ४८ वर्षीया इक्वेडरकी महिलाले बताइन् । उनका अनुशार उनका श्रीमान् र उनीहरूको २ वर्षको बच्चा इक्वेडरको हिंसाबाट भागेका थिए । दुई महिनासम्म यात्रा गरेर अन्ततः उनीहरु न्युयोर्क आएका थिए । आफ्नो देशमा चोरी भइरहेको र मान्छे मारिरहेको बताउदै त्यहाँ केबल निराशामात्र रहेकाले आफूहरु अमेरिका आएको उनीहरुले बताए ।
अगस्टको पहिलो हप्तामा मात्रै झण्डै ३ हजार आप्रवासी न्युायोर्क सहरको आश्रय प्रणालीमा प्रवेश गरेका थिए। प्रत्येक दिन अनुमानित १ हजार आप्रवासीहरू आइपुगेको अधिकारीहरूले बताएका छन् । तिनीहरू सबैको हेरचाह गर्न एक दिनमा १० मिलियन डलर खर्च हुने गरेको छ ।
न्युयोर्क सिटीका मेयर एरिक आडम्सले राज्य र संघीय सरकारबाट महत्त्वपूर्ण आर्थिक सहायता बिना सिटीको आप्रवासी मुद्दा चाँडै नै विपत्तिमा परिणत हुने बताएका छन् । यस महिनाको सुरुमा उनले शरण खोज्नेहरुको हेरचाह गर्न शहरलाई तीन आर्थिक वर्षहरूमा १२ बिलियन डलर भन्दा बढी खर्च हुनसक्ने बताए । आप्रवासी परिवारहरूको हेरचाह गर्न न्युयोर्क सहरमा पैसा, उपयुक्त ठाउँ र कर्मचारीहरू सकिदै गरेको मेयरले बताए । सन् २०२२ यता न्युयोर्क सिटीमा १ लाखभन्दा धेरै शरण खोज्नेहरु आइसकेका छन् ।






