सीमाक्षेत्रमा विना भिसा आएर शरण खोज्नेहरूका लागि बाइडेन प्रशासनको नयाँ नियममा अदालतको रोक


प्रकाशित मिति : श्रावण ९, २०८० मंगलबार

Migrants cross the Rio Grande towards the U.S.-Mexico border in Ciudad Juarez, Mexico, Tuesday, Dec. 20, 2022. The U.S. Supreme Court issued a temporary order to keep pandemic-era limits on asylum-seekers in place, though it could be brief, as conservative-leaning states push to maintain a measure that allows officials to expel many but not all asylum-seekers. (AP Photo/Christian Chavez)

अमेरिका मेक्सिको सीमा क्षेत्रमा विना भिसा आएर शरण खोज्नेहरुका लागि बाइडेन प्रशासनले ल्याएको नयाँ नियमहरूमा अदालतले रोक लगाएको छ । ओकल्यान्ड क्यालिफोर्नियाका न्यायाधीश जोन टिगरले नियमहरू गैरकानूनी रहेको ठहर गरेका छन् । बाइडेन प्रशासनले शरण खोज्नेहरुमाथि संसदले नचाहेको शर्तहरू थोपरेको संघीय अदालतका न्यायाधिसको निष्कर्ष रहेको छ ।

न्यायाधिसको नयाँ नियममा रोक लगाउने आदेश भने १४ दिनपछिमात्र कार्यान्वयन हुनेछ । उनले बाइडेन प्रशासनलाई अपील गर्ने मौका दिदै आफ्नो आदेश कार्यान्वयनका लागि १४ दिनको समय तोकेका छन् । गत मे महिनामा लागु भएका शरण नियमहरूले मेक्सिको वा अर्को देश हुँदै गैरकानुनी रूपमा सीमा पार गर्ने क्रममा ती देशमा सुरक्षा नखोजीकन अमेरिकामा शरण खोज्ने आप्रवासीहरूलाई शरण पाउन गाह्रो बनाउँदछ ।

woman in gold dress holding sword figurine

न्यायाधिसको आदेशमा पोर्ट अफ इन्ट्रीको बीचबाट विना भिसा अमेरिका प्रवेश गर्ने गैर नागरिकहरूलाई शरणमा पहुँचलाई असर गर्न नहुने उल्लेख गरेका छन् ।
न्यायाधीशको यो निर्णय अप्रत्याशित भने होइन । उनले ट्रम्प प्रशासनको समयमा पनि यस्तै नीति अवरुद्ध गरेका थिए । आप्रवासी अधिवक्ताहरूले अहिले पनि उनलाई बाइडेन प्रशासनको नीति रोक्न आग्रह गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आप्रवासी अधिवक्ताहरूले उक्त निर्णयलाई शरण खोज्नेहरुका लागि महत्त्वपूर्ण विजयको रूपमा स्वागत गरेका छन् । गत हप्ताको सुनुवाईमा बाइडेन प्रशासनका एक वकिलले बाइडेन प्रशासनको नीति ट्रम्पकालिन नीतिको संस्करण भन्दा फरक रहेको बताएका थिए । बाइडेन प्रशासनको नीतिले सुरक्षा खोज्ने आप्रवासीहरूको लागि नयाँ कानुनी मार्गहरू खोलेको उनको तर्क थियो ।

जस्टिस डिपार्टमेन्टले तुरुन्तै यो फैसलाविरुद्ध अपील गर्ने बताएको छ। जस्टिस डिपार्टमेन्टले अदालतको आजको निर्णयसँग असहमति जनाएको प्रवक्ताले एक विज्ञप्तिमा लेखेका छन् । प्रवक्ताले बाइडेन प्रशासनको नीतिलाई अध्यागमन कानूनद्वारा प्रदान गरिएको व्यापक अधिकारको वैध अभ्यास बताएका छन् ।

बाइडेन प्रशासनले नयाँ नियम लागू भएपछि मे र जुनमा अवैध रूपमा सीमा पार गर्ने आप्रवासीको संख्यामा ह्वात्तै कमी आएको छ। बाइडेन प्रशासनका अनुशार यो गिरावट नयाँ शरण नियमहरूको कारण हो । नयाँ नियम अनुशार विना भिसा आउने आप्रवासीहरुले सीबीपी वान एप्लिकेशन मार्फत पोर्ट अफ इन्ट्रीमा अन्तर्वार्ताका लागि अप्वाइन्टमेन्ट लिन सक्छन् ।

रिपब्लिकन नेतृत्वका राज्यहरूले पनि बाइडेन प्रशासनको सीमा नीतिहरूविरुछ अदालतमा चुनौती दिएका छन् । अध्यागमन अधिकारीहरूले शरण दावी गर्ने धेरै आप्रवासीहरुलाई अमेरिकामा रिहा गरेको उनीहरुको तर्क छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com