यी हुन् अमेरिकाका सबैभन्दा राम्रा र खतरनाक चालकहरु भएका सिटीहरु


प्रकाशित मिति : श्रावण १, २०८० सोमबार

man driving a car wearing wrist watch

तपाईलाई सडकमा गाडी चलाइरहँदा कत्तिका खतरनाक चालकहरूसँग सडक साझा गरिरहेको छु भन्नेबारे चासो हुनसक्छ । कन्ज्युमर अफेयर्सले यसबारे थाहा पाउन अमेरिकी यातायात मन्त्रालयको दुर्घटना तथ्यांक र राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासनको मृत्यु विश्लेषण रिपोर्टिङ प्रणालीमा समावेश जानकारीको समीक्षा गरेको छ ।

चार कारकहरूको आधारमा शहरहरूको श्रेणी निर्धारण गरिएको छ जसमा प्रति १ लाख व्यक्तिमा दुर्घटना, खराब चालकका कारण भएका मृत्यु, चालकबाट मादक पदार्थको सेवन र तीव्र गतिका कारण मृत्युको संख्या रहेका छन् । खराब ड्राइभिङमा यताउता नहेी चलाउनुु, अनुचित मोड, आक्रामक र लापरवाह ड्राइभिङ, एकतर्फी ट्राफिकमा गलत बाटो चलाउनु लगायत समावेश छ ।

१ लाख वा सोभन्दा बढी जनसंख्या भएका शहरहरूलाई मात्र कन्जुमर अफेयर्सले समीक्षा गरेको छ । विश्लेषणका अनुसार सबैभन्दा खराब चालकहरू भएका शहरहरू तल्लो मध्यपश्चिम, दक्षिणपूर्व र दक्षिणपश्चिममा राज्यहरूमा रहेका छन् ।

person riding on vehicle

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२० वटा खराब चालक भएका सिटीको सुचीमा टेनेसी उच्च स्थानमा छ । टेनेसीका ४ वटा सिटीहरु उक्त सुचीमा परेका छन् । सन् २०२१ मा टेनेसीमा प्रति १ लाख जनसंख्यामा ३४ भयानक दुर्घटना भएका थिए । जुन राष्ट्रिय औषतभन्दा धेरै माथि छ । राष्ट्रिय रुपमा औषतमा हरेक १ लाख जनसंख्यामा बार्षिक १२ भयानक दुर्घटना हुँदै आएका छन् ।

सूचीको शीर्ष स्थानमा टेनेसीको मेम्फिस रहेको छ । मेम्फिसमा धेरैजसो घातक दुर्घटनाहरू खराब ड्राइभिङका कारण भएका छन् । जसले गर्दा २०२१ मा २०३ घातक दुर्घटनाहरू भए, जुन कुनै पनि अन्य शहरहरू भन्दा बढी हो । सूचीमा टेनेसीका अन्य तीन शहरहरू नक्सभिलमा १२ औं, क्लार्क्सभिलमा १७ औं, र चट्टानूगामा १९ औं नम्बरमा छन् ।

कन्ज्युमर अफेयर्सको विश्लेषणको आधारमा सबैभन्दा खराब चालक भएका १० अमेरिकी सहरहरूमा टेनेसीको मेम्फिस पहिलो, लुजियानाको ब्याटन रग दोश्रो, न्यु मेक्सिकोको अल्बुकर्क तेश्रो, जर्जियाको म्याकोन चौथो, मिजौरीको सेन्ट लुइस पाँचौं, ओहायोको क्लिभल्याण्ड छैठौं, मिशिगनको डेट्रोइट सातौं, क्यालिफोर्नियाको भिक्टरभिल पनि सातौंमा बराबर, क्यालिफोर्निया हेस्पेरिया नवौं र इलिनोयको रकफोर्ड दशौं नम्बरमा छन् ।

अनुसार सबैभन्दा सुरक्षित ड्राइभर भएका १० सहरहरूमा विसकन्सिनको ग्रीन बे पहिलो, नर्थ क्यारोलिनाको केरी दोश्रो, क्यालिफोर्नियाको अक्सनार्ड तेश्रो, वासिंटनको बेलभ्यु चौथो, टेक्सासको म्याककिने पाचौं, म्यासाचुसेट्सको लिन छैठौं, क्यालिफोर्नियाको ग्लेन्डेल सातौं, टेक्सासको पियरल्याण्ड आठौं, टेक्सासकै कलेज स्टेशन नवौं र नेभाडाको हेण्डरसन दशौं नम्बरमा छन् । अमेरिकी सुरक्षा नियामकहरूले नयाँ कारहरूमा स्वचालित ब्रेकिङ प्रणालीहरूको लागि उच्च मापदण्डहरू सेट गर्ने प्रस्ताव पेश गरेपछि यो अध्ययन आएको हो । अमेरिकी यातायात मन्त्रालयको राष्ट्रिय राजमार्ग ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन अनुसार यो प्रविधिले प्रति वर्ष ३६० सम्म जीवन बचाउन सक्छ।

सम्पूर्ण सुची हेर्न यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com