अमेरिकाको लगभग आधा पिउने पानीमा हानिकारक विषाक्त रसायन!


प्रकाशित मिति : असार २२, २०८० शुक्रबार

person holding clear drinking glass

अमेरिकाको धाराको पानीका नमूनाहरूमध्ये झण्डै आधामा विषाक्त रसायनहरू पाइएको नयाँ अध्ययनले देखाएको छ । पिज्जा बक्सहरू सफा गर्नेदेखि सयौं घरायसी वस्तुहरूमा प्रयोग गरिने पानीले गम्भीर स्वास्थ्य जोखिमहरू निम्त्याउन सक्ने अध्ययनले देखाएको हो ।

अमेरिकी भूगर्भ सर्वेक्षण अध्ययनले पीएफएएस भनेर चिनिने परफ्लुरोअल्काइल वा पोलिफ्लुरोआल्काइल रसायन जाँच्नका लागि देशभरका ७०० भन्दा बढी घर, व्यवसाय र खानेपानी प्रशोधन केन्द्रहरूबाट धाराको पानीको नमूनाहरू परीक्षण गरेको थियो । यस्तो सिंथेटिक रसायन ४५ प्रतिशत नमूनाहरूमा अमेरिकी प्रस्तावित नियमहरू भन्दा बढी स्तरमा पत्ता लगाइएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

पीएफएएस पानी प्रतिरोधी हो, जसको मतलब तिनीहरू वातावरणमा टुट्दैनन् र मानव शरीरमा वर्षौंसम्म रहन्छन्। १९४० मा टेफलोनको निर्माणसँग विकसित एक ननस्टिक कुकवेयर कोटिंग हाल कपडा देखि प्लास्टिक उत्पादनहरुसम्म सबै कुरामा प्रयोग गरिन्छ।

अघिल्लो अध्ययनहरूले भूमिगत पानी, जलाशयहरू र जल उपचार प्लान्टहरूमा पीएफएएस मापन गरेको थियो । तर ट्यापको पानीको विश्लेषणले मानिसहरूले के पिइरहेका छन् भन्ने अझ सही मूल्याङ्कन गर्न अनुमति दिने अनुसन्धानको नेतृत्व गर्ने यूएसजीएस हाइड्रोलोजिस्ट केली स्मलिङले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पीएफएएसको उच्च स्तरको एक्सपोजरले हर्मोनलाई बाधा पुर्‍याउन सक्ने, कलेजोको कार्यमा बाधा पुर्‍याउन सक्ने, मृगौला वा अण्डकोषको क्यान्सरको जोखिम बढाउन सक्ने,  शिशुहरूमा जन्मको तौल घटाउन सक्ने र गर्भवती महिलाहरूको स्वास्थ्यमा समस्या निम्त्याउने रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्र सीडीसीले जनाएको छ ।

person holding stainless steel faucet
Photo by Bluewater Sweden

१२ हजार प्रकारको पीएफएएसको एक अंशको लागि परीक्षणहरू गरिएको थियो । २०१६ र २०२१ को बीचमा सार्वजनिक आपूर्ति र निजी इनारहरूबाट आएका अध्ययन नमूनाहरूमा ३२ प्रकारका लागि परीक्षण गरिएको थियो। निजी कुवाहरू र सार्वजनिक आपूर्तिबाट प्राप्त नमूनाहरू बीच पीएफएएस एक्सपोजरमा कुनै भिन्नता नभएको र जुन धेरै अचम्मको रहेको स्मालिंगले बताएका छन् ।

सार्वजनिक पानी आपूर्ति वातावरण संरक्षण एजेन्सीद्वारा विनियमित छन् जबकि निजी इनारहरू छैनन्। ग्रामीण क्षेत्रका मानिसहरूको तुलनामा शहरी क्षेत्रका मानिसहरू पिउने पानीमा पीएफएएसको उच्च जोखिममा रहेको अध्ययनले पत्ता लगाएको छ ।

कम्तिमा ३ दशमलव २ मिलियन न्यूयोर्कवासीहरूलाई सेवा दिने पिउने पानीमा उक्त पानीलाई सफा बनाउन उपचार गर्नु अगाडि पीएफएएस रसायनहरूको असुरक्षित स्तर पाइने गरेको राज्य र संघीय तथ्यांकमा उल्लेख छ । सर्वसाधारणलाई उपलब्ध गराउनु अगाडि भने उक्त पानीको उपचार गर्ने गरिएको छ । न्युयोर्क भरि प्रभावित सयौं पिउने पानी प्रणालीहरू मध्ये केहीमा मात्रै पीएफएएसको जोखिमपूर्ण स्तर रहेको र रसायनहरु कम गर्न आवश्यक कदम चाल्नुपर्ने अमेरिकी वातावरण संरक्षण एजेन्सीले बताएको छ ।

वातावरणीय समूहहरूले न्युयोर्कलाई पिउने पानीको लागि प्रस्तावित संघीय मापदण्ड अंगाल्न आग्रह गरिरहेका छन्। न्युयोर्कमा पहिले नै अमेरिकामा पिउने पानीका सन्दर्भमा सबैभन्दा कडा मापदण्डहरू छन्। यो रसायन प्रति ट्रिलियनमा १० भागहरू भन्दा बढी हुन सक्दैन। त्यो ओलम्पिक आकारको स्विमिङ पूलमा पानीको १० थोपा जत्ति हो। तर वातावरण संरक्षण एजेन्सीले प्रति ट्रिलियन मात्र ४ भागको मानक प्रस्ताव गरेको छ।

आफू बस्ने स्थानको पानीको गुणस्तर थाहा पाउन यहाँ क्लीक गर्नुहोला । उदाहरणका लागि यदि तपाई न्युयोर्क सिटीमा बस्नुहुन्छ भने वाटर सिस्टमको नाम न्युयोर्क सिटी सिस्टम हो । तपाईले उक्त नाम टाइप गरेर सर्च गरेपछि रिपोर्ट प्राप्त गर्न सक्नुहुनेछ ।

न्युयोर्क सिटीको रिपोर्ट हेर्न यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com