‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा


प्रकाशित मिति : जेष्ठ २६, २०८० शुक्रबार

 

शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ ।

अघिल्लो हप्ता जेठ १९ मा कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएका थिएनन् । यो साता एकैसाथ दुई चलचित्र प्रदर्शन भइरहेका छन् ।

फूलमान वलले निर्देशन गर्नुभएको चलचित्र ‘नीरफूल’ मौलिक स्वादमा बनेको निर्देशक वलले बताउनुभयो । उहाँका अनुसार फरक समुदायको सांस्कृतिक स्वाद पाइने चलचित्रमा भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्न देखाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“भत्किएका मन र सम्बन्धको पुनःनिर्माणको कथा समेटेर चलचित्र तयार गरेको छु । यो हाम्रो कथा र व्यथा बोकेको मौलिक स्वादको चलचित्र हो”, निर्देशक वलले भन्नुभयो ।

चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय रहेको छ । निर्देशक वल र सचिन घिमिरेको पटकथा लेखन रहेको चलचित्रमा प्रमोद कार्कीको छायाङ्कन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको सङ्गीत रहेको छ ।

आज प्रदर्शन भएको अर्को चलचित्र हो, ‘वेलकम टु हेम्जाकोट’ । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको उक्त चलचित्रमा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदीप ढकाल, सन्दीप सिग्देल, अम्बिका तामाङलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

समसामयिक कथामा हास्य नाटक ९कमेडी० शैली मिश्रण गरेर प्रस्तुत गरिएको चलचित्रमा वैदेशिक रोजगारी, बेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातीय प्रेममा आउने उतारचढावलगायत विषयवस्तु समेटिएको अभिनेता विनोद न्यौपानेले बताउनुभयो । “फरक प्रस्तुतीकरणमा सामाजिक कथालाई लिएर आएका छौँ । यो हाम्रै समाजको कथा हो”, उहाँले भन्नुभयो ।  क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा मिलन श्रेष्ठको द्वन्द्व, मित्र डी गुरुङको सम्पादन, दीर्घ गुरुङको छायाङ्कन रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com