हावाहुरीले छानो भत्किँदा दुई मजदुर घाइते


प्रकाशित मिति : जेष्ठ १०, २०८० बुधबार

कञ्चनपुरमा मङ्गलबार राति आएको हावाहुरीबाट दुई मजदुर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१८ सालघारीमा रहेको जस्तापाताले छाएको अस्थायी टहरा हावाहुरीले भत्किँदा टहरामा आश्रय लिइरहेका बर्दिया घर भएका गणेश चौधरी र हेलो चौधरी घाइते भएका छन् ।

“बजार क्षेत्रमा काम गरिरहेको लामा निर्माण सेवाका मजदुर घाइते भएका हुन्”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले भन्नुभयो, “गम्भीर घाइते गणेशलाई उपचारका लागि कैलालीको धनगढी लगिएको छ ।”

गए रातिको हावाहुरीबाट कञ्चनपुरका अधिकांश ठाउँमा कच्ची टहरा र स्कुलका छाना भत्काएको छ । “मानवीय क्षति भएको छैन, संरचना भत्काएको विवरण सङ्कलन भइरहेको छ”, प्रवक्ता डाँगीले भन्नुभयो, “कतिपय स्थानमा बिजुलीका पोल ढल्दा विद्युत् सेवा अवरुद्ध छ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com