बाँकी भुटानी शरणार्थीलाई नेपालमा नै राख्न अमेरिकी आग्रह


प्रकाशित मिति : भाद्र १९, २०७३ आईतबार

अमेरिकी विदेश सहायकमन्त्री निशा देसाई विश्वालले तेस्रो मुलुकमा पुर्नस्थापनापछि बाँकी रहेका भुटानी शराणार्थीलाई नेपालमा राख्न आग्रह गरेको इकान्तिपुरमा प्रकाशित समाचारमा जनाइएको छ ।

अमेरिकी विदेशमन्त्री जोन केरीसँगै भारत आएकी विश्वाल शनिबार नेपाल आइपुगेकी हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेलगत्तै परराष्ट्र मन्त्री प्रकाशशरण महतसँगको भेटमा यस्तो धारणा व्यक्त गरेको चन्द्रशेखर अधिकारीले लेखेको समाचारमा उल्लेख छ। संयुक्त राष्ट्रसंघको ७१ औं बैठकमा अमेरिकाले शरणार्थी सम्बन्धि विश्व सम्मेलन गर्न लागेको अवस्थामा यो विषयबारे जानकारी लिन अमेरिकी विदेश सहायक मन्त्री विश्वाल नेपाल आएकी हुन् ।

अमेरिकालगायत विभिन्न देशमा पुनस्र्थानापछि नेपालमा बाँकी रहेका करिब १० हजार भुटानी शरणार्थीलाई नेपालले नै राख्ने प्रतिवद्धता गर्छ कि भन्ने प्रश्न उनले गरेको परराष्ट्र अधिकारीले बताए । भुटान सरकारलाई अन्तर्राष्ट्रिय दबाब दिदै बाँकी रहेको आफ्ना नागरिकलाई घर फर्काउन दबाब दिनुपर्नेमा विश्वालले नेपालले नै राख्नु पर्ने धारणा व्यक्त गरेकी हुन् ।

परराष्ट्रमन्त्री डा। महतले नेपालले मानवीय आधारमा भुटानी शरणार्थीहरुलाई शरण दिएको र उनीहरुको हक अधिकारको सम्मान गर्दै आएको दोहार्‍याउँदै उनीहरु विना सर्त र ससम्मान आफ्नो देशमा जान पाउनुपर्ने नेपालको अडानमा अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग हुनुपर्ने बताएको उनका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

Lotshampa_refugees_in_Beldangi_Camp

भुटानले आफ्ना नागरिकलाई विना सर्त स्वदेश फर्किने वातावरण मिलाउनुपर्ने नेपालको पुरानै अडान रहेको भन्दै मन्त्री महतले नेपालमै राख्नुपर्ने विश्वासको भनाईप्रति असन्तुष्टि समेत प्रकट गरेका थिए । अमेरिकाजस्तो शक्ति मुलुकले कुनै एक मुलुकले अन्यायमा परेर शरण लिएर बसेका नागरिकलाई त्यही मुलुकमा राख्नु भन्नु आफैमा अमिल्दो रहेको भन्दै यो विषयमा सम्मेलनमा थप कुरा हुने जवाफ महतले दिएको परराष्ट्र अधिकारीले बताए ।

नेपालमा रहेका १ लाखभन्दा बढी भुटानी शरणार्थी तेस्रो मुलुक पुर्नस्थापना भइसकेका छन् । केही जाने क्रममा नै छन् भने बाँकी १० हजार आफ्नै भूमि फर्किन पाउनु पर्ने माग गर्दै नेपालमा बसिरहेका छन् ।

यसअघि प्रधानमन्त्री दाहालसँगको भेटमा विश्वालले नेपालको राजनीतिक स्थायीत्व र प्रगतिमा अमेरिकी साथ र सहयोग लगातार रहने बताएकी थिइन् । शान्ति प्रक्रियाको पूर्णता, संविधान कार्यावन्यन, सबै निर्वाचन लागयतमा सहयोग आवश्यक ठानेमा सहयोग गर्न अमेरिका तयार रहेको उनले बताएकी थिइन् ।

भेटमा नेपालको शान्ति प्रक्रियाको पूर्णता, संविधानको कार्यान्वयन, पुर्ननिर्माण तथा निर्वाचन सहितका आफूले अघि सारेका राष्ट्रिय प्राथमिकताप्रति अमेरिकाले सकारात्मक सहयोग र सदभाव राखेको भन्दै प्रधानमन्त्री दाहालले उनलाई धन्यवाद समेत दिएका थिए ।

अमेरिकी विदेश मन्त्री जोन केरी नेपाल भ्रमणमा आउने भनिए पनि विश्वालमात्रै आएकी हुन् । नेपालमा भएको राजनीतिक परिवर्तनको अवस्थाकै कारण उनको भ्रमण तय हुन नसकेको परराष्ट्र स्रोतले बतायो । पूर्व परराष्ट्रमन्त्री कमल थापाले गत बैशाख महिनामा अमेरिकाको भ्रमण गर्दा केरीले भदौमा नेपाल भ्रमण गर्ने जानकारी दिएका थिए । तर केरी नयाँ दिल्लीबाटै फर्के ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com