नेपालको प्रगति र समृद्धिप्रति अमेरिकाले नजिकबाट सहयोग गर्ने – निशा देशाई विश्वाल


प्रकाशित मिति : भाद्र १९, २०७३ आईतबार

आफूले अघि सारेका राष्ट्रिय प्राथमिकताप्रति संयुक्त राज्य अमेरिकाले सकारात्मक सहयोग र सद्भाव राखेकामा प्रचण्डबाट आभार प्रकट

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रियाको पूर्णता, संविधानको कार्यान्वयन, पुनःनिर्माण तथा स्थानीय निकायको निर्वाचनसहितका आफूले अघि सारेका राष्ट्रिय प्राथमिकताप्रति संयुक्त राज्य अमेरिकाले सकारात्मक सहयोग र सद्भाव राखेकामा आभार प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा  दक्षिण तथा मध्यएसियाका लागि अमेरिकी सहायक विदेशमन्त्री निशा देशाई विश्वालसँगको भेटमा उहाँले नेपालको शान्ति प्रक्रिया, संविधानसभाको चुनाव, नयाँ संविधान, भूकम्पपछिको पुनःनिर्माण, भूकम्प पीडितलाई राहत एवम् विकास निर्माणमा अमेरिकी सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा गर्नुभएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले संविधानको कार्यान्वयन, स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन एवम् पुनःनिर्माणसहित विकास निर्माणका एजेन्डामा अमेरिकाको सहयोग एवम् सद्भाव रहने विश्वास व्यक्त गर्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्रीले अघि सारेका राष्ट्रिय एजेन्डाप्रति समर्थन जनाउँदै सहायक विदेशमन्त्री विश्वासले नेपालको प्रगति र समृद्धिप्रति अमेरिकाले नजिकबाट सहयोग गर्ने बताउनुभएको थियो । सो अवसरमा नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिज्को पनि उपस्थिति रहेको थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com