के रातको समयमा पनि विमानमा चरा ठोक्किन सक्छ?


प्रकाशित मिति : बैशाख ११, २०८० सोमबार

कभर तस्वीरमा लन्डन हिथ्रोमा चराहरूको बथानको बीचमा चाइना इस्टर्नको एयरबस ।

फ्लाई दुबईको काठमाडौंबाट उडेको विमानमा रातीको समयमा चरा ठोक्किएर इन्जिनमा आगो लागेको घटनाबारे धेरैले यो प्रश्न उठाइरहेका छन् कि के रातको समयमा पनि विमानमा चरा ठोक्किन सक्छ? खासगरी फ्लाई दुबईले चरा ठोक्किएका कारण आगो लागेको बताएपछि यसबारे आशंकाहरु उब्जिएका हुन् ।

हो, रातीको समयमा पनि विमानमा चराहरु ठोक्किन सक्छन् । धेरै जसो चरा ठोक्किने घटना दिनको उज्यालो समयमा हुन्छ तर लगभग एक तिहाइ घटनाहरु भने रातको समयमा पनि हुने गरेका छन् । रातीमा विमानमा ठोक्किनेहरु अधिकांश निशाचर प्रजातिका हुन् ।

विमानमा चरा ठोक्किने घटना नौलो होइन । चरा ठोक्किएका कारण फिनिक्सका लागि उडेको एउटा अमेरिकन एयरलाइन्सको विमान आइतवार बिहान कोलम्बस ओहायोमा एयरपोर्टमा फर्किन बाध्य भयो । उक्त विमानको पनि इन्जिनमा आगो लागेको थियो ।

त्यस्तै आइतबार नै वुल्फ्सबर्गमा च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगको खेलपछि रिपब्लिक अफ आयरल्यान्डका कप्तान केटी म्याककेबसहित आर्सनलको महिला टोलीलाई लन्डन फर्काउने विमानको इन्जिनमा चरा ठोक्किदा आगलागी भएको थियो। जर्मनीको ब्राउनस्विग वल्फ्सबर्ग विमानस्थलको धावनमार्गमा जादै गर्दा चरा ठोक्किएपछि बोइङ ७३७ को इन्जिनबाट आगो निस्किएको थियो भने ठूलो आवाज आएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रातमा आफूलाई अझ बढी देखिने बनाउन र चराहरू ठोक्किने जोखिम कम गर्न केही विमान निर्माताहरूले तिनीहरूको मानक सञ्चालन प्रक्रियाको भागको रूपमा विमानमा बत्तीहरू प्रयोग गर्न सिफारिस गर्छन्। ग्रीष्म र शरद ऋतुमा जवान चराहरू गुँड उडाउने र मौसम चिसो भएपछि मौसमी बसाइँसराइको कारणले गर्दा चराहरूको सङ्ख्यामा पनि थोरै वृद्धि हुन्छ, जसले गर्दा उक्त समयमा चराहरु ठोक्किने जोखिम अझ बढी हुन्छ ।

अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रिेशनका अनुशार न्युयोर्क एयरपोर्टहरूमा जनवरी २०२१ देखि जनवरी २०२२ सम्ममात्र ४९३ पशुपंक्षीहरु विमानमा ठोक्किएका घटनाहरू रिपोर्ट गरिएका थिए। त्यो प्रति दिन एक भन्दा बढी हो । सन् २०१९ मामात्र अमेरिकामा ७५३ विमानस्थलहरुमा १७ हजारभन्दा धेरै विमानमा पशुपंक्षी ठोक्किएका घटना भएका थिए । अमेरिकामा सन् १९९० देखि सन् २०१९ सम्म २ लाख २७ हजार यस्ता घटनाहरु भएका छन् ।

चरासँग ठोक्किएको सैन्य हेलिकोप्टर ।

५३ प्रतिशत चरा ठोक्किने घटना जुलाईदेखि अक्टोबरको बीचमा हुने गरेका छन् । त्यस्तै ६३ प्रतिशत चरा ठोक्किने घटना दिनको समयमा हुने गरेका छन् भने २९ प्रतिशत चरा ठोक्किने घटना रातीको समयमा हुने गरेका छन् । ८ प्रतिशत घटना प्रभात वा सन्ध्याको समयमा हुने गरेका छन् । ६१ प्रतिशत घटना विमान अवतरणको बेलामा र ३६ प्रतिशत घटना उडानको बेलामा हुने गरेका छन् । जबकी ३ प्रतिशत घटना विमान उडिरहेको बेलामा हुने गरेका छन् ।

सन् १९८८ देखि १९९९ सम्म विश्वभर चरा ठोक्किएका कारण भएका दुर्घटनामा २९२ जनाको मृत्यु भएको छ भने अमेरिकामामात्र ३२७ जना घाइते भएका छन् । पशुपंक्षी ठोक्किएका कारण २०१९ सम्म २७१ विमानहरु क्षतिग्रस्त भएका छन् । पशुपंक्षी ठोक्किने घटनामा अमेरिकामा ९७ प्रतिशत चरा ठोक्किने घटना भएपनि ३ प्रतिशत रनवेमा अन्य जनावर ठोक्किने घटना पनि भएका छन् ।

विमानका प्रोपेलरहरू पहिले नै अभूतपूर्व गतिमा घुमिरहेका हुन्छन् । र तिनीहरू घुम्ने क्रममा संरचनात्मक झटकाहरू लिन डिजाइन गरिएका छैनन्। चरा ठोक्किदा इन्जिन लोड गर्न, पिस्टन रडहरू झुकाउन वा प्रोपेलरलाई पूर्ण रूपमा तोड्न सक्छ।

कभर तस्वीरमा लन्डन हिथ्रोमा चराहरूको बथानको बीचमा चाइना इस्टर्नको एयरबस ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com