एसाइलीको परिवार अमेरिका छिटो ल्याउने लगायतका मानवीय सेवाका लागि युएससीआईएसको नयाँ केन्द्र


प्रकाशित मिति : चैत्र १६, २०७९ बिहीबार

एसाइलीको परिवार अमेरिका छिटो ल्याउने लगायतका मानवीय सेवाका लागि युएससीआईएसको नयाँ केन्द्र स्थापना गरिएको छ । मानवीय, एड्जस्टमेन्ट, शर्त हटाउने र ट्राभल डकुमेन्ट लगायतका आवेदनहरुमा छिटो निर्णयका लागि खोलिएको यो सर्भिस सेन्टरले अहिले एसाइलीको परिवार अमेरिका ल्याउनका लागि फाइल गरिने आई ७३० आवेदन, यु भिसा आवेदन, गैर कानूनी उपस्थीतिको वेभरका लागि आवेदन र भावामा आधारित आवेदनमा ध्यान केन्द्रीत गर्नेछ ।

त्यपछि विस्तारै अन्य प्रकारका आवेदनहरु पनि प्रकृयामा लगिनेछ । हार्ट सर्भिस सेन्टर नाम दिइएको सर्भिस सेन्टर युएससीआईएसको छैठौं सर्भिस सेन्टर हो भने मानवीय आधारमा आवेदनहरुलाई केन्द्रीत गरेर बनाइएको पहिलो सर्भिस सेन्टर हो ।

यो सर्भिस सेन्टरले एकजुट र सुसंगत न्यायिक कार्यहरूलाई बढावा दिने र यसको समर्पित कार्यबलले मानवीय केसलोड प्रशोधनको गुणस्तर र दक्षतामा सुधार गर्ने युएससीआईएसले जनाएको छ । यो कार्यबलले मानवी आधारका आवेदनहरु प्रशोधन गर्ने कर्मचारीहरूलाई हाल प्रदान गरिएको बलियो, विशेष प्रशिक्षण प्राप्त गर्न जारी राख्ने जनाइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो सर्भिस सेन्टरको सुरुवातले युएससीआईएसको मानवीय प्रशोधन क्षमताहरूको गुणस्तर, समयबद्धता र मापनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

हार्ट सर्भिस सेन्टर प्रारम्भमा एक हाइब्रिड सेवा केन्द्रको रूपमा अवस्थित हुनेछ । तर पछि पूर्णरुपमा कुनै भौगोलिक भौतिक स्थान नभएको भर्चुअल सेवा केन्द्रमा रुपान्तरण हुनेछ। यस केन्द्रको पहिचान यसको भौतिक स्थानका आधारमा नभई यसका कर्मचारीहरूद्वारा निर्धारण गरिएको विशेष कामद्वारा गरिने युएससीआईएसले जनाएको छ ।

यो सर्भिस सेन्टरले डिजिटल र पेपरमा आधारित आवेदनहरुलाई प्रशोधन गर्नेछ र फाइल आदानप्रदान र प्रशासनिक सहयोग जस्ता भौतिक अनसाइट आवश्यकताहरूलाई सहयोग गर्न अवस्थित सेवा केन्द्रहरूसँग साझेदारी गर्नेछ।

यो सर्भिस सेन्टरको स्थापना पाँच भर्ना चरणहरूसँग सम्बन्धित छ। २९ जनवरी मा १५० कर्मचारीसहित सर्भिस सेन्टर स्थापनाको पहिलो दुई चरणहरू पूरा गरेको युएससीआईएसले फेबुअ्ररी २८ मा ३० प्रतिशत कर्मचारी राखेको थियो । अब ४८० कर्मचारी बनाइनेछ भने कर्मचारी भर्ना र प्रशीक्षण जारी राखिएको छ । आर्थिक बर्ष २०२३ को अन्तिमसम्म ८५ प्रतिशतसम्म र आर्थिक बर्ष २०२४ को अन्तिमसम्म ९८ प्रतिशत कर्मचारी आपूर्तिको योजना छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com