कैयन राज्यमा बैध भएपनि गाँजा सेवन गर्दा अमेरिकी भिसा र नागरिकताका लागि अयोग्य हुन सकिने


प्रकाशित मिति : मंसिर ११, २०८० सोमबार

green cannabis on clear glass jar

अमेरिकाका कैयन राज्यमा मनोरञ्जनका लागि गाँजा सेवन गर्न र निश्चित मात्रामा बोकेर हिड्न समेत बैध बनाइएको छ । तर याद गर्नुहोस् अमेरिकाको संघीय कानून अनुशार भने गाँजा अझै पनि अमेरिकामा अबैध नै छ ।

गाँजा सेवन गरेको पाइएको खण्डमा अमेरिकाले भिसा समेत अस्वीकृत गर्न सक्छ । अमेरिकाको भिसा आवेदन दिंदा सामाजिक सञ्जालहरुको विवरण समेत बुझाउनुपर्ने भएकाले कुनै तरिकाले आवेदकले गाँजा सेवन गरेको वा बोकेको फेला परेमा अमेरिकी अधिकारीहरुले प्रश्न उठाउन सक्छन् । अन अराइभल भिसा दिइने मुलुकका नागरिकलाई समेत विमानस्थलबाट वा सिमानाकाबाट प्रवेशमा रोक लाग्नसक्छ ।

त्यस्तै अमेरिकामा रहेका तर अमेरिकी नागरिकता नलिएकाहरुले गाँजा सेवन गरेको पाइएमा उनीहरु अमेरिकी नागरिकताका लागि अयोग्य समेत हुनसक्छन् । अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज युएससीआईएसले गाँजा सेवन लगायत यससँग सम्बन्धित गतिविधि गरेको पाइएमा अमेरिकी नागरिकता लिनमा रोक्न सकिने स्पष्ट पारेको छ ।

अमेरिकी नागरिकता लिनका लागि चाहिने असल नैतिक चरित्रबारे स्पष्ट पार्दै गाँजाको सेवनको राज्यको कानुनमा अपराधका रुपमा नलिइएपनि अमेरिकी नागरिकता लिनका लागिभने सशर्त प्रतिबन्धका रुपमा रहने युएससीआईएसले स्पष्ट पारेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् १९९६ देखि वासिंटन डिसी लगायतका कैयन राज्यहरुले गाँजाको खेती, वितरण, सेवन र बोकेर हिड्ने मेडिकल वा गैर गैरमेडिकल कृयाकलापलाई अपराधका रुपमा नलिने गरी कानुनको निर्माण गरेका छन् । न्युयोर्कमा पनि गाँजा सेवन बैध छ । तर अमेरिकाको संघीय कानुनले भने गाँजाको खेती, वितरण, सेवन र बोकेर हिड्ने कृयाकलापलाई गैरकानुनी ठहर गर्दै यस्तो गरेका कारण आप्रवासीले अपराध र अध्यागमन अवस्थाको सामना गर्नुपर्ने स्पष्ट पारेको छ ।

गाँजाबारेको गतिविधि कुनै राज्यको वा विदेशको कुनै देशको कानुन अन्तरगत गैरकानुनी नठहरिएको अवस्थामा समेत त्यस्तो गतिविधि गरेको पाइएमा त्यस्ता आप्रवासीलाई असल नैतिक चरित्र नभएको ठहर गरेर अमेरिकी नागरिकता लिनमा रोक लगाउने युएसससीआईएसले जनाएको छ । यद्यपी एकपटकमात्र ३० ग्राम वा त्यो भन्दा कम गाँजा सेवन, वितरण वा बोकेर हिडेको पाइएमा भने छुट दिन सकिने जनाइएको छ ।

गाँजा उद्योगमा काम गरेका कारण ग्रिनकार्डबाहकलाई नागरिकता प्रदान गर्नमा अस्वीकार गरिएको समाचार बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । युएससीआईएसले संघीय कानुन अनुशार काम गर्नुपर्ने भएकाले र संघीय कानुन अनुशार अमेरिकामा गाँजा अवैध भएकाले गाँजालाई असल नैतिक चरित्रको मापदण्डमा राखिएको युएससीआईएसका प्रवक्ताले जनाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com